समाचार अपराध सुरक्षा

आयोगको इतिहासमै उत्कृष्ट काम गरेर जान्छुः अख्तियार प्रमुख राई

आयोगको इतिहासमै उत्कृष्ट काम गरेर जान्छुः अख्तियार प्रमुख राई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिक समाज र जनताको अपेक्षा अनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि अहिलेसम्म भएका भन्दा बढी प्रभावकारी ढङ्गले काम गर्ने वताएका छन् ।

घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयहरूलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानून सम्मत ढङ्गले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।,

प्रमुख आयुक्त राईले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्टाचारीलाई कारबाही गर्न पछि नहट्ने प्रतिबद्धता जनाए । 

विना पूर्वाग्रह कानून, विधि र प्रक्रियामा रहेर भ्रष्ट्राचार नियन्त्रणको कामकारबाहीलाई अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका राईले आयोगको इतिहासमै भ्रष्ट्राचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने प्रयास गर्ने पनि वताए ।