समाचार अन्तरवार्ता भिडियो यौन-शिक्षा

हाम्रो समुदाय धारासायी हुनु र परिवार विछृंखल हुनमा शिक्षाको दोस छ [भिडियो अन्तरवार्ता]

आधुनिक शिक्षाले हाम्रो समुदाय र परिवार विगार्यो

हाम्रो समुदाय धारासायी हुनु र परिवार विछृंखल हुनमा शिक्षाको दोस छ [भिडियो अन्तरवार्ता]

प्रोफेसर तथा नेपाल इङलीस ल्याङग्वेज टिचर्स एसोसिएसन (नेल्टा) का वरिष्ठ उपाध्यक्ष लक्ष्मण ज्ञवालीले अहिलेको आधुनिक शिक्षाले हाम्रो समुदाय धारासायी पारेको र परिवार पनि विछृंखल पारेको वताएका छन् ।

नेपाल आजको विशेष कार्यक्रम ‘रिबुट’ मा शिक्षाको वर्तमान अवस्था र यसका सकारात्मक तथा ओलोचनात्मक पक्षका विषयमा आफनो धारणा राख्दै उनले यस्तो वताएका हुन् । ‘अहिलेको शिक्षाले समुदाय गडवड गरिदियो र परिवार पनि विगार्यो’ उनले भने–‘समुदाय र परिवार विग्रिदाखेरी भाषा विग्रियो, संस्कार विग्रियो, सम्वन्ध विग्रीयो, खाना पनि विग्रियो। अहिले मान्छे एक्लो–एक्लो हुँदैछ । परिवार हेर्नोस । तीन पुस्ता/चार पुस्ता सँगै वस्ने परिवार अहिले छोरीछोरी हुर्किदा पनि अव चै नभईदिए हुन्थ्यो भन्ने वाउआमा भईसके । यस्को कारक तत्व नै अहिलेको शिक्षा हो ।’

अहिलको वसाई सराईको समस्याको मुख्य जड पनि शिक्षा नै भएको उनी वताउँछन् । ‘हामीले कस्तो शिक्षा दियौं ? जुन शिक्षा गाउँमा काम लाग्दैन÷विक्दैन । त्यस्तो शिक्षा दिएका छौं । अहिलको वसाई सराईको समस्याको जरो नै शिक्षा हो’ उनी भन्छन्–‘नेपालीहरु अमेरीका÷वेलायत किन गईरहेका छन् ? शिक्षाको पछि लागेर गएर अड्केका हुन तिनीहरु । तिनले त्यहाँ पुगेर जे पढे यहाँ आएर विक्दैन, अनि त्यहि वेच्नु परो, त्यहि वसे । आउनेहरुले पनि शहरमा वेच्नु परो, त्यहि वसे।’

शिक्षा भनेको पहिला आफु परिवर्तन हुने त्यसपछि समाज परिवर्तन गर्ने माद्यम भएको ज्ञवालीले वताए । ‘जिवन जगतमा जति प्राणिहरु छन्, अरु सवै चै फिक्स छन्। जिनले जे डिफाईन गर्छ त्यहि जिनले दिएको एक्टिभिटी गरेर वस्छन् उनीहरु’ उनले भने–‘मान्छे मात्रै एउटा त्यस्तो जनावर हो, जस्ले आफनो वातावरण वदल्न खोज्छ। आफनो जिवनलाई अलि सजिलो, अलि लामो र अलिकति पछिको लागि ग्यारेण्टी गर्न खोज्छ। त्यसको लागि गर्ने भनेको शिक्षा हो। शिक्षाको रुप के हो? शिक्षालाई कसरी डिफाईन गर्ने त्यो चै फरक कुरा हो । तर, शिक्षा÷ज्ञान लगायतका कुराले नै मान्छेलाई अरु जनावरवाट छुट्याउँछ।’

‘एउटा विद्यार्थी, शिक्षक र अभिभावक भएर हेर्दा शिक्षालाई कसरी वुझ्नु हुन्छ ?’ भन्ने प्रश्नमा उनी भन्छन्–‘शिक्षा यस्तो तत्व रहेछ, जसले उसलाई रुपान्तरण गर्न सघाउँछ। कोहि ब्यक्ति आफनो अवस्था परिवर्तन गर्न सक्छ भने शिक्षाले सक्छ। कसैले आफनो विचार ब्यक्त गर्न सक्छ भने शिक्षाले शक्ति दिन्छ। कुनै अन्यायमा फसिरहेको छ भने त्यसमा वाटो खोज्नका लागि पनि चेतनाको काम गर्छ । म विद्यार्थी थिए, संसार फराकीलो थियो। शिक्षक भएँ एउटा शिक्षालयवाट अर्कोमा सर्दै गए। ०५० सालमा काठमाण्डौं युनिभर्सिटीमा आए । यहाँ आएर चै पहिला अंग्रेजी पढाउने शिक्षकको रुपमा थिए। अहिले शिक्षक उत्पादनका लागि टिचर एजुकेसनमा लागेको छु । तर जहाँसुकै पुगेपनि जव मान्छेले शिक्षा पाउँछ नी, उसको चेतनाको लेवल÷उसको मगजको साईजै वढ्छ जस्तो लाग्छ मलाई ।’

‘विद्यालय शिक्षाले वास्तविक शिक्षा दिईरहेको छैन। झन विगारी रहेको छ भन्ने छ, मान्छेको क्रियटिभिटी मरेको छ भन्ने पनि सुनिन्छ नी’ भन्ने प्रश्नमा ‘कृष्ण र खुकुरी’ को कथा सुनाउँदै उनले भने–‘खुकुरी हो, तरकारी पनि काट्नुहुन्छ, फलफुल पनिका काट्नुहुन्छ। घर वनाउनका लागि रुख पनि काट्न सक्नुहुन्छ। त्यसले अरु नराम्रो काम पनि गर्न सक्नुहुन्छ। शिक्षा पनि त्यस्तै भईदियो। शिक्षा कस्तो भयो भने शिक्षाले जुन खालको एउटा मानव सभ्यतालाई अगाडि वढाउनु पर्ने, मानव मुल्य मान्यतालई आगाडि वढाउनु पर्ने। शिक्षाले चरित्रलाई र परिवार/समुदायलाई अगाडि राखेर काम गर्नुपर्नेमा यो चै फरक वाटोवाट सुरु भयो। यो आधुनिक शिक्षाको कुरा गर्दैछु म। शिक्षा आफै समस्या छैन । जव युरोपमा औद्योगिक क्रान्ति सुरु भयो, औद्योगिक क्रान्तिसँगै कोलोनी सुरु भयो। उनीहरु विश्वमा विजय गर्न हिडे। दुवैतिर पढेलेखेका मानिसहरु चाहियो। जिवन जगतलाई अगाडि वढाउने खालका मान्छे होईन, तकालिन ब्यवसायलाई अगाडि वढाउने। तालिम प्राप्त मान्छेहरु। आडिया भएको र आाज्ञाकारी। कंपनीमा र उद्योगमा काम गर्नका लागि त दोहो¥याएर एउटै काम गर्नुपर्छ नी त। त्यस्ता मान्छे उत्पादन गर्नका लागि स्कुलहरु खोलियो। जसलाई हामी आधुनिक शिक्षा भन्छौं ।’

‘यो शिक्षाले वस्तुगत कुरामा क्रियटिभिटी दिएको छ। तर, मान्छे हुँ भन्ने फरकपना छ, त्यो चै एउटै वनाईदियो। एकैखालको टेक्नोलोजी, एकै खालको खाना। यसले गर्दा हाम्रो संस्कृतिमा पनि प्रहार भयो । ’

ज्ञवली चारवटा पर्खाल भित्रको शिक्षा भन्दा पनि होम एजुकेशनलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिन्छन् । ‘शिक्षा भनेको के भन्ने कुरा पहिला डिफिनेशसन गरौं । वच्चा जव जन्मिन्छ। वावुआमाले हुर्काउँछन्, समुदायले सघाउँछ। उसले त्यहाँ शिक्षा पाउँदैन र ? आधुनिक शिक्षाले के गरिदियो भने विद्यालय जान झोला वोकेर हिडिसकेपछि वल्ल उसले शिक्षा पायो भनिन्छ। तर, तेत्रो भाषा उसले सिकिसक्यो, त्यो शिक्षा त उसले पाईसक्यो नी त । अर्कोमान्छेसँग कसरी ब्यवहार गर्ने भन्ने संस्कार, आफनो स्वास्थ्यको हेरचाह कसरी गर्ने भन्ने पनि पाईसक्यो। आफनो सामानको अनरसिप क्लेम गर्ने कुरा पनि घरवाटै पाईसक्यो ।’

होम स्कुलिङ्गले वास्तवमा गर्न के खोजेको भन्दा खेरी घरमै वसेर आमाले कसरी घर धान्छिन भन्ने कुरा सिकाउने हो । हाम्रो करीकुलममा सामाजिक शिक्षा त राखिएको छ । तर समाजिक शिक्षा पढाउने कुरै होईन, यो त जिउने कुरा हो ।  ‘सामाजिक शिक्षा पढन त पाईन्छ। तर, ब्यवहारमा त्यो देखिदैन किन ?’ उनी भन्छन्– ‘आधुनिक शिक्षाको कारणले संसार एउटा सिङ्गो सुपर मार्केट भईसक्यो। कसैले किन्छन कसैले वेच्छन। किनवेच मात्रै भईराख्या छ अहिले ।’

विद्यालयहरुकै कारण पनि अहिले वालवालिकाले सामाजिक अध्ययन गर्न नपाएको उनको वुझाई छ । ‘अहिले केहि सफल भनिएका विद्यालयहरुले के गर्छन भने, वच्चा घरवाट ७ वजे निकाल्छन् । लन्च स्कुलमै दिईन्छ। साँझ ५/६ वजे वच्चा वुझाउँछन् । वच्चाले घर छोड्यो ७ वजे, आउँछ ६ वजे। ११ घण्टा वच्चा घरमा छैन । त्यति खेर परिवारमा को आए, के कार्यक्रम भयो। छिमेकमा के भयो ? घरमा कुनै माग्ने आयो की आएन। वरीपरी विवाह व्रतवन्ध जस्तो कार्यक्रम कति भयो उसलाई कुनै जानकारी हुँदैन’ उनी भन्छन्–‘छिटो आएको भए, वाहिर जान पाईन्थ्यो, वुझ्न पाउँथ्यो । तर, अहिले के गरिदियो भन्दा खेरी स्कुलले लगेर पढायो।’

‘यसको मतलव तपाई गर्नु सक्नु हुन्न, तर जान्नु हुन्छ। जस्तो सोफामा वसेर फुटवल हेरेजस्तो । हामीले नै सामाजिक शिक्षा हुन दिएनौ। समुदायमा खेल्न नदिने, खेल्न जाँदा पनि वर्ग छुट्याएर ति त नराम्रा केटाकेटी हुन नखेल भनेर त्यस्तो कुरा छुटाउने। स्कुलमा यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर निवन्ध लेखाउने।’ उनले थपे–‘घर स्कुल हो, घर पाठशाला हो। घर सिक्ने ठाउँ हो। हाम्रो अभिभावकहरु सिकाउने गुरुहरु हुन् । यसमा गहिरो मिनिङ्ग छ । परापुर्वकालमा पनि गुरुकुलमा पठाईन्थ्यो। घर छोडाइन्थ्यो। तर, गूरुकोमा वस्न जाँदा खाना वनाउने, सफा गर्ने, आफनो हेरचाहा गर्ने, संस्कार सिकाउने, प्रकृति भएको ठाउँमा पढाउने, मायाँ आदर्श सत्कार टुटदैनथ्यो। ठिक र वेठिक भन्ने कुरालाई एक दमै ध्यान दिन्थे। तर अहिले चै पहिलो जव पाईन्छ र दोश्रो चै प्रकृतिले दिएको श्रोत शोषण गर्न पाईन्छ–यो शिक्षाले हामीलाई यहि शिकायो।’

‘वाल्यकालको शिक्षामा राम्रा कुरा के थिए, अहिले विग्रिदै गएका छन् ?’ भन्ने जिज्ञासामा ज्ञवाली भन्छन्–‘परम्परालाई स्कुलमा पनि ल्याउँथ्यौं। स्कुलमा भएको कुरालाई परम्परासँग जोड्थ्यौं । सरस्वती पुजालाई पर्वको रुपमा मनाइन्थ्यो। पुजाका लागि चाहिने हरेक कुरा वावु–आमाले वनाएर पठाउनु पथ्र्यो । समुदाय र विद्यालय जोडिएको थियो । विद्यालयलाई चै एउटा सेन्टर मानिन्थ्यो। गाउँको झगडा मिलाउन, त्यहिँ वैठक हुन्थ्यो । चुनावको केन्द्र वन्थ्यो। स्कुलको केहि कार्यक्रम हुँदा गाउँका ठुला मान्छे आउँथे। अहिले त प्राईभेट विद्यालय ब्यापार गरिरहेका छन् । फि दिने र झगडा नगर्ने अभिभावक भयो भने पुग्यो उसलाई । समाजको झन्झट चाहिएन उसलाई । जान्ने वुझनेले नीजि विद्यालयमा लगेर वुझाईदिने, कम वुझने र नभ्याउनेहरु आउँदै आउँदैनन। यसरी विद्यालय र समुदायको सम्वन्ध टुक्रिईराखेको छ ।’

यसलाई हटाउन केहि आईडियाहरु सुरु भएको तर एक्लो प्रयासले नपुग्ने उनले वताए । ‘अहिलेको शिक्षाको फ्रेममा ब्यक्तिवाट के आउन सक्छ भन्ने कुरा नै हरायो । अहिलेको शिक्षाको समस्या के हो भने यसलाई स्टक्चरिङ्ग गरिएको छ । त्यसैले आफनो पन र आफु भित्रको फरकपना चै वाहिर आउनै दिएन। स्कुलले क्रियटिभिटीलाई मारेको कुरामा म पनि सहमत छु’ ज्ञवालीले भने–‘एउटा फ्रेम वनाएको छ । त्यो फ्रेममा फिट भए पास नत्र फेल।’

आधुनिक शिक्षामा नराम्रा मात्रै नभई राम्रा पक्ष पनि रहेको उनले वताए । ‘शिक्षा सर्वसुलभ वनाईएको छ, सवैले पाउँछन् । मिनीमम लिट्रेसी ग्यारेण्टि गरिएको छ । जवरजस्ति भएपछि मानिसलाई शिक्षित वनाउन खोजीएको छ’ उनले थपे–‘सायद कोहि ब्यक्तिहरुले जस्लो आफनो जिवन सुधारे। त्यो चै मोर्डन एजुकेशन नभएको भए पुरानो जातजातीको संस्कारमा दविएर वस्थे होला। तिनीहरु आए। तर, यसको समस्या भने स्टक्चरिङ्ग गरियो क्या । १ कक्षा, ५ कक्षा, १० कक्षा, ब्याचलर्स, पिएचएडी  यो वाईयात कुरा हो। लेभलिङ्ग चै गलत कुरा हो ।’

ज्ञावलीले अहिलेको शिक्षालाई केहि सुधार गरेर अगाडि वढ्नु पर्ने वताए । मुल्य र माध्यतामा आधारीत शिक्षाको खाँचो रहेको उनको भनाई छ । ‘शिक्षामा कन्टेन्ट कम गर्ने, वर्ष कम गर्ने, प्रोग्राम छोटो पार्ने र लोड कम गर्ने’ उनले भने–‘अवको शिक्षा विद्यार्थीले समुदाय÷समाजसँग गएर अध्ययन गर्ने र त्यसमा चै सिक्ने मौका दिने डिजाईनको हुनुपर्छ । चार वर्षको ब्याचलर्स हुनु पर्छ भन्ने के छ। यो त वेलायती डिफीनेसन न हो । कसैले एक वर्षमा यो कुरा पढ्छु भन्छ भने त्यसलाई लागु गर्न सक्नुपर्छ ।’

प्रोफेसर तथा नेपाल इङलीस ल्याङग्वेज टिचर्स एसोसिएसन (नेल्टा) का वरिष्ठ उपाध्यक्ष लक्ष्मण ज्ञवालीसँग कार्यक्रम ‘रिबुट’ का प्रस्तोता कुमार थापाले गरेको विशेष कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्नुहोला। 

शिक्षा नेल्टा रिवुट होम एजुकेशन