समाचार यौन-शिक्षा

दिनमै १५ जना विद्यार्थी विरामी, एक साताका लागि विद्यालय वन्द

दिनमै १५ जना विद्यार्थी विरामी, एक साताका लागि विद्यालय वन्द

दिनमै १५ जना विद्यार्थी विरामी पर्न थालेपछि बझाङको साइपाल गाँउपालिका–४ को धुली निन्न माध्यमिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ ।

विद्यार्थीहरूमा रुघाखोकी, ज्वरो, घाँटी सुख्खा हुने जस्ता लक्षण देखा पर्न थालेपछि विद्यालय वन्द गर्ने निर्णय गरीएको हो । आगामी आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
 
एकै दिन १५–२० जना विद्यार्थी बिरामी पर्न थालेको र त्यस्तै लक्षण देखिएका मानिसहरू समुदायमा पनि देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको अध्यक्ष राजेन्द्रबहादुर धामीले जानकारी दिएन।

विद्यार्थी र शिक्षक मात्र नभएर समुदायका व्यक्तिमा पनि समस्या देखिए पछि विद्याय बन्द गरिएको अध्यक्ष धामीको भनाई छ ।

स्वास्थ्य समस्याको जानकारी पाएपछि साइपाल गाँउपालिकाले स्वास्थ्यकर्मीको टोली पठाइसकेको गाँउपालिकाका अध्यक्ष धामीले बताए।