समाचार विदेश अपराध सुरक्षा

काबुलमा भएको तीन वटा वम विस्फोट पाँचको मृत्यु

काबुलमा भएको तीन वटा वम विस्फोट पाँचको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीन ओटा कारलाई लक्षित गरी भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ ।

दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारणको वम विस्फोटमा मृत्यु भएको जनाईएको छ । विस्फोटमा दुई जना घाइते भएका छन् ।

विस्फोटहरू बिहानको व्यस्त समय भएका थिए। पहिलो विस्फोट स्थानीय समयानुसार शनिबार बिहान ८ बजे, दोस्रो विस्फोट ८ः१५ वजे र तेस्रो विस्फोटन १०ः२० बजे भएको काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसले सिन्ह्वा सामाचार समितिलाई बताएका छन् ।

यस समाचारको विस्तृत विवरण प्राप्त नभएको र विस्तृत विवरणको लागि आपराधिक अनुसन्धान विभागसहित एक संयुक्त सुरक्षा टोली खटिएको समाचारमा जनाइएको छ ।
(रासस/सिन्ह्वा)