समाचार विचार यौन-शिक्षा

चमत्कार कि वलात्कार ?

चन्दा पराजुली

चमत्कार कि वलात्कार ?

बिपी कोइरालाको अ टेल (कथा) बेजोड सन्देश सहीतको छ । इन्द्रको आसन समेत डगमगाउने गरी जंगलमा एक ऋषि तपस्या गर्छन । आफुभन्दा बढी शक्तिशाली हुने हुन कि भन्ने भयले स्वर्गका राजा इन्द्रलाई पिरोल्छ । उनको तपस्या भगं गर्ने हेतुले इन्दले एक कामुक स्त्रीलाई ऋषिले तपस्या गरेको स्थानमा पठाउछन् । जब ति स्त्रीले ऋषिले तपस्या गरेको स्थान नजिकैको नदीमा पानी चलाँउछीन तब ऋषिका अाँखा खुल्छन् । जलपरीको अर्धनग्न शरीरबाट मोहीत ऋषि उनीसँग सम्भोग गर्छन र तपस्या छाडेर घरगृहस्थीमा लाग्छन् ।

यो कथा लगभग फरक जिवनमा दोहोरीएको छ । सुनसरीको चतरालाई आधार बनाई धर्मकर्ममा तल्लीन एक योगीको यौनलीला पछिल्लो बर्ष चर्चामा रहेको छ । कृष्णदास गिरीले सानै उमेरमा धार्मीक क्षेत्रमा अपार सफलता पाएका थिए । उनको चरण छुन हजारौँ लालयित हुन्थे । अरुको के कुरा नास्तीक प्रचण्डलाई समेत भैँसी पुजा गर्न लगाउने क्षमता राख्थे । कैयौ दिन बन्द बाकस भित्र माटोले पुरीएर साधना गरेको भनी चर्चा बटुलेका पनि थिए । यहि बिचमा अकल्पनीय समचार बाहिरीयो । सिद्धबाबाले गिद्ध झै महिलालाई झम्टीएको खबर सनसनी बन्यो । उनले आफुमाथी षडयन्त्र भएको जीकिर गरे । आगो र आइमाइ नछुने आफुलाई अनाहकमा आरोपित गरीएको बाबाको दाबी थियो ।

महिलाले आफुलाई बाबाले बलात्कार गरेको भनि प्रहरीमा जाहेरी दिइन । सोही जाहेरीको आधारमा दायर मुद्धामा अदालतले कृष्णदास र महीला दुबैलाई गलत साबीत गरेको छ । मंसिर २२ गते सुनसरी जिल्ला न्यायाधीस अर्जुन प्रसाद कोइरालाको इजलासले एक पक्षिय बहस पछी बलात्कार नठहर्ने फैसला गरेको थियो । अदालतले कृष्णदासले महिलासँग शारीरिक सम्बन्ध राखेको तर बलात्कार भने नगरेको ठहर गर्यो । महिलाले यौन प्रस्तावको आशय झल्कने गरी योगी लाई पठाएका अनेक म्यासेजलाई महिलाले शरीर सर्मपण गरेको अर्थमा ब्याख्या गरेको छ । प्रमाणित म्यासेज, जुन संचार माध्यममा पनि बाहिरीएका छन् । ति म्यासेजहरु हेर्दा महिलाले ति बाबा सँग यौन सम्बन्ध राख्न आफैले प्रस्ताव गरेको बुझ्न सकिन्छ । 


 
सिद्धबाबा वाला बलात्कार सम्बन्धी मुद्दामा अदालतको फैसला बाहिर आएपछि धेरैले सिद्धबाबालाई उन्मुक्ति दिन खोजिएको भनेर टिप्पणी गरे । महिलाले शरिर समर्पण गरेको हुँदा समझदारीमा महिला र बाबा बिच शारीरिक सम्बन्ध भएको न्यायाधीसको ठहर छ । अपवाद जस्तो लाग्ने टिप्पणी सामाजीक संजालमा सक्रिय भैरहने मिना ढकालले गरीन । उनले ठोकी दिइन ‘कुरा मिलुन्जेल चमत्कार बिग्रेपछि बलात्कार है’ । योगी ढोँगी रहेछन् । सिद्धप्राप्त रहेनछन् । धार्मिक र नैतिक हिसाबले उनी पतित रहेछन् । अधर्मी पनि रहेछन् । जे सोचीएको थियो त्यो रहेनछन । तर के महिलाले भने झै उनीमाथी बलात्कार भएकै हो त ? यो अहंम प्रश्न हो । बाबासँग अंकमाल गर्न पाए, ती ओठ चुम्न पाए कस्तो हुँदो हो भनेर चमत्कारको कल्पनासहीतको  सन्देश पठाउने अनि बलात्कार भनिदिने ? यसो भयो भने त हरेक सहबासमा बलात्कारको खतरामा रहने छ । यस्तै आरोपको कारण वास्तविक बलात्कारका घटना कमजोर हुने खतरा हुने छ ।

उमेर पुगेकी, अर्काकी श्रीमती भैसकेकी महिलाले परपुरुष लाई सहबासको लागि अनुनय गर्नुलाई मोहीत पारेर गरीएको सामान्य कर्ममात्र भन्न मिल्ला र ? घटनाको वास्तविकता अझ खुल्ला तर यस्मा दुबै दोषि रहेकोमा शंका रहेन । योगीले अधर्म गरे, महिलाले बाध्यताले रुप फेरीन वा मुड चेन्ज गरिन । यो बिषय ती महिलामाथी भएको भनिएको वलात्कार भन्दा पनि गुरुले धर्ममाथी गरेको बलात्कारका दृष्टिले बढी संवेदनशिल छ । 

यहि बिच निर्मला, भागरथी, छलीमाया जस्ता सयौ अबोधहरुको बलात्कार पछि ज्यान लिइयो । एकाधबाहेकका घटनामा राज्यले गम्भिरतापुर्वक छानविन समेत गरेको छैन । गृहमन्त्रीका कुरा अजीवका छन । उनी कहिले बलात्कार कहाँ हुन्न र ? भनेर सामान्यीकरण गर्छन भने कहिले पुँजीवादका कारणले बलात्कार भएको भनी राजनीतिकरण गर्छन । राज्य संयन्त्र नै बलात्कारलाई हल्काफुल्का बिषय बनाउँन उद्यत भैरहेको आभाष हुने प्रशस्त उदाहरण छन । यहि मेसोमा कतिपय यस्ता घटनाले समाजलाई तरंगित गर्ने गर्छन, जुन सारमा बलात्कार हुदैन । नक्कली बलात्कारका विषय जति उठ्ने गर्छन उतिनै वास्तविक बलात्कारका घटनालाई कमजोर बनाउने छ । 

सिद्धबाबा बलात्कार चमत्कार कि वलात्कार ? सहबासको अनुनय निर्मला, भागरथी