समाचार प्रवास देश राजनीति प्रदेश १

वैद्यको साथमा बसेका प्रचण्ड डाक्टर र डाक्टरले पनि छोडेपछि झाँक्रीसँग पुगेः प्रम ओली

वैद्यको साथमा बसेका प्रचण्ड डाक्टर र डाक्टरले पनि छोडेपछि झाँक्रीसँग पुगेः प्रम ओली

प्रधानमन्त्री केपी ओलीले सुरुमा वैद्यको साथमा बसेका प्रचण्ड त्यसपछि डाक्टरको साथमा लागेको र डाक्टरले पनि छोडेपछि अहिले झाक्रीको साथमा पुगेको भन्दै उनी सिद्धिने बाटोमा हिँडेको वताए ।

शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले भने–‘पहिला प्रचण्ड वैद्यको साथमा हुनुहुन्थ्यो, त्यसपछि डाक्टरलाई साथमा लिनुभयो। वैद्य र डाक्टर छोड्नुभयो। अहिले झाक्रीलाई साथमा लिनुभयो। गलत बाटोमा हिँड्नुभयो उहाँलाई झाक्रीले पनि छोड्छन्।’ 

ओलीले दुई चार सिटमा सीमित प्रचण्डलाई सुरुमा ठूलो जुरो हालिदिएको त्यसपछि सिङ्ग हादिदिएपछि अहिले उहाँ आफूहरुलाई सिध्याउँछु भन्दै हिँडेको आरोप लगाए। 

अझैसम्म फर्किएर आउन र जनताको सागरमा मिसिन आग्रह गर्दै उनले सिद्धिने बाटोमा नहिँड्न सुझाव दिए। ‘अझै फर्किएर आउनुहोस्, नेपाली जनताको सागरमा मिसिनुहोस्। भीरबाट लड्नेलाई राम भन्न सकिन्छ काँध हाल्न सकिँदैन’, प्रचण्डको नाम लिँदै ओलीले भने, ‘उहाँ आउने र फर्किने बाटोमा हिँड्नु भएको होइन। सिधै गएर सिद्धिने बाटोमा हिँड्नु भएको हो। उहाँको हविगत सिद्धिने बाटोमा छ।’ 

प्रधानमन्त्री ओलीले संवैधानिक उपराष्ट्रपति र सभामुख सरकारविरुद्ध झगडियाको रुपमा हिड्न थालेकोमा आपत्ति जनाए।
सभामुखलाई किर्तेको संज्ञा दिदै सरकारविरुद्ध मुद्दा लिएर सभामभुख अदालत गएको बताए । ‘सभामुख भनेर छानियो तर झगडिया भएर निस्किए । सरकारविरोधी झगडिया हुन् सभामुख । उहाँले किर्ते सनाखत गर्नुभएको छ’ उनले भने–‘सभामुख जस्तो पदको मान्छेले किर्ते गर्छ भन्दा पनि लाज लाग्छ । साढे ३ बजे गएको प्रस्तावलाई १० बजे आएको भनेर सनाखत गरे ।’

ओलीले उपराष्ट्रपति नन्दवहादुर पुनको पनि आलोचना गरे । पुनले हालै संवैधानिक अंगका पदाधिकारी र प्रदेश प्रमुखको सपथग्रहण बहिस्कार गरेका थिए भने प्रतिनिधिसभा विघटनविरुद्ध भाषण गरेका थिए ।

‘उपराष्ट्रपतिजी सरकारविरुद्ध भाषणा गरेर हिडनुभएको छ । उहाँको पदले त्यसो गर्न दिन्छ ?’ उनले भने–‘हुन त उहाँ चुनाव नगर्ने पृष्ठभूमिबाट आउनुभएको तर अब त चुनावको पक्षमा बोल्न सिक्नुस ।’

प्रधानमन्त्री केपी ओली जुरो हालिदिएको सिद्धिने बाटोमा उपराष्ट्रपति र सभामुख