समाचार विदेश अपराध सुरक्षा

पश्चिम बंगालका मन्त्रीमाथि पट्रोल वम  आक्रमण

पश्चिम बंगालका मन्त्रीमाथि पट्रोल वम  आक्रमण

भारतको पश्चिम बंगालका एक जना मन्त्रीमाथि मुर्शीतावादमा वम आक्रमण भएको छ । पश्चिम बंगाल सरकारका मन्त्री जाकिस हुसेनलाई लक्षित गरी पेट्रोल बम आक्रमण भएको हो।

विधानसभाको चुनावका उम्मेद्वार समेत रहेका हुसैन आक्रमणमा परी गम्भीर घाइते भएका छन् । उनलार्य कोलकात्ताको एसएसकेएम अस्पतालमा भर्ना गरिएको छ । बुधबार साँझ भएको आक्रमणमा परि २० जना घाइते भएका छन् । जसमध्ये १२ जनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि कोलकात्ता पठाइएको छ ।

हुसेनलाई बंगालकी मुख्यमन्त्री ममता बनर्जीले उहाँसँग भेट गरेकी छिन् । आक्रमणको अनुसन्धान र घटनाको अनुसन्धान अब बंगालको सिआइडीले गर्ने भएको छ । 

पश्चिम बंगाल पट्रोल वम आक्रमण ममता बनर्जी