समाचार यौन-शिक्षा अपराध सुरक्षा समाज

भागरथी भट्टको हत्या आरोपीलाई म्याद थपको तयारी

भागरथी भट्टको हत्या आरोपीलाई म्याद थपको तयारी

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले म्याद थपको तयारी गरेको छ ।

म्याद थपका लागि जिल्ला अदालतमा पेस गर्ने तयारी भइरहेको प्रहरीले प्रहरीले जनाएको छ । अनुसन्धानमा घटनामा संलग्नता पाईएपछि प्रहरीले स्थानीय दिनेश भट्टलाई हिजो पक्राउ गरेको थियो । उनी भागरथीका छिमेकी तथा एउटै विद्यालयमा पढ्ने साथी समेत रहेको खुलेको छ ।

अनुसन्धानका लागि उनलाई आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए ।

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी गएको माघ २१ गते साँझसम्म विद्यालयबाट घर फर्केकी थिइनन् । उनी २२ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । अनुन्धानका क्रममा घटनामा दिनेशको घट्नामा स्विकारेको पनि प्रहरीले जनाएको छ । 

भागरथी भट्ट हत्या प्रहरी अदालत वलात्कार

विशेष