समाचार अपराध सुरक्षा

५ वर्षदेखि आयात नभएको कंपनीको स्विकृति देखाएर अनाधिकृत ग्याँस कारोवार, सञ्चालक पक्राउ

५ वर्षदेखि आयात नभएको कंपनीको स्विकृति देखाएर अनाधिकृत ग्याँस कारोवार, सञ्चालक पक्राउ

विराटनगरमा अनाधिकृत रूपमा ग्याँस सिलिण्डर बिक्री गरेको आरोपमा एक व्यापारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर – ९ भट्टीमोडचौकस्थित सिद्धार्थ ट्रेडर्सका संचालक महेन्द्र सेढियालाई प्रहरीले पक्राउ गरेको हो । सेढिया विराटनगरमा सबैभन्दा ठूलो ग्यास चुलोको होलसेल पसल संचालन गर्ने व्यापारी हुन् । प्रहरीले उनको पसलमा छापा मारेर सेढियाको विक्रिको लागि राखिएको ग्याँस सिलिण्डर वरामद गरेको हो । पसल र गोदाम राखिएको ग्यास सिलिण्ड बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ । 

विराटनगरमा ५ वर्षदेखि आउन छोडेको पर्साको मनोज ग्याँस उद्योग प्रालिको स्वीकृती देखाएर लामो समयदेखि अनाधिकृत रूपमा मोरङ र झापाका आधा दर्जन कम्पनीको ग्याँस विक्री वितरण गर्दै आएको उनीमाथि आरोप छ ।

सेढीयाले कोशी, मेची, सुविधा, रिजाल, प्रिम्प, भेरीलगायतको ग्यास सिलिण्डर बिक्री वितरण गरेको पाइएको हो ।