समाचार फोटो कला साहित्य अर्थ पर्यटन

आन्तरिक कलह र वजार प्रतिस्पर्धा गर्न नसक्दा थलियो जनकपुर नारी विकास केन्द्र

वीरेन्द्र रमण

आन्तरिक कलह र वजार प्रतिस्पर्धा गर्न नसक्दा थलियो जनकपुर नारी विकास केन्द्र

जनकपुर– जनकपुर उपमहानगरपालिका–१२ की ४० वर्षिया राजकुमारी मण्डल शारीरिक रुपमा अशक्त छिन । जमिनको नाउमा घडेरी मात्रै रहेकी उनलाई दुई वटा सन्तान पाल्न हम्मे–हम्मे छ ।

महोत्तरीको पिपरा माइती भएकी उनले अपाङ्ग हुँदै विवाह गरिन। घर परिवार विपन्न भएकाले जिवन कसरी चलाउने भन्ने चिन्ता विवाहपछि नै उनलाई सुरु भयो । ठिक सोहि समयमा जनकपुर नारी विकास केन्द्र खुल्यो। ०५१ सालमा उनि सोहि संस्थामा आवद्ध भईन ।

केन्द्र मार्फत उनले एक महिनासम्म मिथिला चित्रकला तालिम लिईन । तालिमपछि उनले चित्र कलालाई नै आयश्रोतको माद्यम वनाउने निधो गरिन र अहिलेसम्म पनि चित्र वनाउने र वेच्ने गर्दै आएकी छिन् । उनको लगनशिलता र मेहनतले मिथिला चित्र कला घरघरमा पुग्यो। यति मात्र होईन, मिथिला चित्र कलाले राजकुमारीलाई पनि नाम र दाम दुवै दियो।

तर, आज उनी जस्ता हजारौं राजकुमारीलाई आत्मनिर्भर वनाउने सोहि संस्थाको अवस्था भने विस्तारै अभोगतिमा छ ? कुनै बेला ४० लाख रुपैया भन्दा बढिको अर्थिक कारोबार गर्ने केन्द्रले अहिले मुस्कीलले १० लाख रुपैयाँको कारोबार गरिरहेको छ ।

बिगत २ दशकदेखि मिथिला कलाको प्रबद्र्धन र बिकास गर्दै आएको नारी बिकास केन्द्रले राष्ट्रिय÷अन्तराष्ट्रिय स्तरमा नाम कमाए पनि आर्थिक रुपमा भने संकट ब्यहोर्न वाध्य छ । कुनै बेला ८५ जना भन्दा बढि महिला कला साधकहरु काम गर्ने यस संस्थामा अहिले झण्डै आधा संख्यामा  महिलाहरु सिमित छ । उत्पादित सामानले बजारमा प्रतिस्पर्धा गर्न नसक्दा जिविका चलाउनै समस्या भएपछि महिलाको आकर्षण संस्थाप्रति घटेको जानकारहरु वताउँछन् ।

मिथिला कला मधेशमा लोकप्रिय छ । मिथिला कलाको सुरुवात भएको ठ्याक्कै तिथि मिति नभएपनि राजा जनकले सीताको विवाहका बेला घर र बार्दलीका भित्तामा चित्र कोर्न लगाएको इतिहाँस छ । त्यसवेला माटोको घरको भित्तालाई सजाउन आफ्नै कलाकौशलले कोरिएको चित्रकला यसको प्रारम्भिक इतिहास हो भन्ने विज्ञहरूको भनाइ छ ।

९औं शताब्दीको सुरुवातमा मिथिला कलालाई कागजमा उतारिएको थियो । प्रारम्भमै ज्यादै लोकप्रिय बनेको मिथिला कलालाई १९औं शताब्दीको मध्यतिर क्यानभाषमा उतारियो । पौराणिक कथामा आधारित पात्र, विवाह, कोहबर, व्रतबन्ध लगायतका विधिको तस्बिर कुँदेर थालिएको मिथिला पेन्टिङको माग र आकर्षण विदेशमा लोभलाग्दो छ । मिथिलाञ्चलको लोककला रहेको पेन्टिङको व्यावसायिक उत्पादन जनकपुरको कुवारामपुरमा र भारत, विहारको मधुवनीमा भइरहेको छ । सन् १९९१ मा अमेरिकी नागरिक क्लेयर वरकट नेपाल भ्रमणमा आउँदा धनुषाको गाउँगाउँमा पुगिन। घरको भित्तामा कोरिएको मिथिला पेन्टिङले उनलाई लोभ्यायो । प्रकृति र कलाप्रेमी वरकटले मिथिला पेन्टिङको व्यावसायिक उत्पादनका लागि जनकपुर १२ स्थित कुवारामपुरमा नारी विकास केन्द्र स्थापना गरिन । बजारमा सस्तो र नक्कली समानहरु पाउन थालेपछि अहिले नारी विकास केन्द्रले उत्पादन गर्ने गरेको मिथिला कलासंग सबन्धीत सामग्रीहरु नपाएपछि केन्द्रको अवस्था धरासायी बनेको प्रबन्धक सतिष साहले जानकारी दिए ।

बजारमा सस्तो र गुणस्तरहिन समानहरुले ढाकेको कारणले केन्द्रले उत्पादन गर्ने समानहरु गुणस्तरयुक्त हुने र महंगो हुने भएको कारणले बिक्रीमा समस्या आएको उनको भनाई छ । तर, पनि यसप्रतिको आकर्षण सक्किएको छैन । प्राचिन मिथिलाको राजधानी जनकपुर आउने प्राय जसो पर्यटकहरु एक पटक यस केन्द्रमा जाने इच्छा राख्ने गरे पनि नीजि क्षेत्रबाट खुलेका सस्थाहरुले तयार पारेका सामग्रीहरु होटल र लाजबाट नै लाने गरेका कारण यस सस्थाको अबस्था दिनानुदिन खस्किदै गएको छ । अर्को तर्फ संस्थाका कर्मचारी र प्रबन्धक बिचमा देखिएको विवादका कारणले पनि समस्या आएको संस्थाका अध्यक्ष सुधिरा कर्णले जानकारी दिईन।

संस्थामा आवद्ध महिलाहरुले भने प्रबन्धकले अनियमितता गरेको र केन्द्रको अवस्था दयनिय वनेको वताउँछन् । 

दिनदिनै धारासायी वन्दै गएको यो संस्थालाई सरकारी स्तरवाट पनि सहयोग नपाएको पदाधिकारीहरु वताउँछन् । लामो समय केन्द्रीय सरकारको मुख ताकेको मिथिला पेन्टिङका कलाकारलाई स्थानीय सरकार र प्रदेश सरकारले झनै उपेक्षा गरेको उनीहरुको भनाई छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका बेला रंगभूमि मैदान र जानकी मन्दिरको पर्खालमा कुँदिएको मिथिला पेन्टिङका लागि बाहिरबाट कलाकार ल्याएको उदाहरण दिँदै एक पदाधिकारी भन्छन्–‘आफ्नै ठाउँमा अवसरबाट वञ्चित गराइयो ।’

निजि संस्थालाई १० लाख, केन्द्र चिल्लै
प्रदेश–२ सरकारले  स्वरोजगारी श्रृजना गर्न सहयोग गर्ने उदेश्य राखेको छ । तर, हालसम्म पनि यस्ता संस्थालाई सहयोग गर्ने र नीति कार्यक्रममा समावेश गर्ने कुरामा प्रदेश सरकार पछि परेको छ ।

प्रदेश सरकारले यस्तो संस्थालाई छोडेर नीजि संस्थालाई चै वजेट बाडन थालेको केन्द्रका पदाधिकारीहरुको गुनासो छ। प्रदेश–२ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले १० लाख रुपैया जानकी मन्दिरमा स्थापना गरिएको निजि स्तरको पसललाई सहयोग गरको उनीहरुले वताए ।