समाचार

धुर्मुस सुन्तलीहरुले अपार सम्पत्ति, महल र गाडी जोडेको सुनिदैछः पुण्य गौतम (भिडियोसहित)

धुर्मुस सुन्तलीहरुले अपार सम्पत्ति, महल र गाडी जोडेको सुनिदैछः पुण्य गौतम (भिडियोसहित)

चिर्चित युवा नेता पुन्य गौतमले धुर्मुस–सुन्तली र गौतमबुद्ध क्रिकेट रंगशालाको विरुद्धमा वोल्नु आफैलाई डेन्जर जोनमा राख्नु सरह भएको वताएका छन् ।

नेपाल आजसँगको कुराकानीका क्रममा गौतमले धुर्मुस सुन्तलीले रंगशाला निर्माणमा एक्लै क्रेडिट लिन खोज्दा असफल भएको वताउँदै उनीहरुको विषमा वोल्नु खतरा रहेको वताएका हुन । ‘धुर्मुस सुन्तलीहरुले अपार सम्पत्ति जोड्नु भो। वहाँहरुले करोडौंको खेल खेल्नु भो। महल र गाडी जोड्नु भो भन्ने आवाज सुनिदैछ’ गौतमले भने–‘आज पनि कति पैसा उठ्यो, वहाँहरुको खुत्रुके ढुकुटीमा कति जम्मा भो त्यसको हिसाव किताव के हो ? त्यसको यथार्थ पारदर्शी हिसाव किताव चाहियो भनेर पनि केही मान्छेहरुले वाहिरबाट स्वर गुन्जाएको मैले सुने।’

उनीहरुले पब्लिकमा हेप्नोटिजम गरेकाले उनीहरुको विरुद्ध वोल्नु खतरा हुने गौतमको भनाई छ। ‘जादु चलाउनु भएको छ। खास गरी भन्ने हो भने यस्तो प्रोजेक्टको जिम्मेवारी सरकारले लिनुपर्छ। म अहिले पनि भन्छु, त्यो संरचनालाई भुत वंगला जस्तो अधुरो÷अपुरो छोडन हुँदैन’ उनले थपे–‘अर्को कुरा के पनि छ भने जस्तोः रंगशाला निर्माणको सवालमा वहाँहरुले को–कति कोसँग कसरी समन्वय गर्नुभो। त्यो कुरो खुलेआम वाहिर आउनुपर्छ। अर्को कुरो पनि के छ भने– त्यहाँ जसरी संरचनाहरु वनाईए, त्यहाँ ढलान गरिएको छ। त्यो कति पारदर्शी छ, कति वलियो छ, त्यसको वारेमा पनि एकदमै प्रष्ट हुनु जरुरी छ।’

रंगशाला वनाउन नसकेर धुर्मुस–सुन्तली वाहिरिएको सुनेर आफु आस्चर्यचकित भएको भन्दै गौतम भन्छन्– वहुत दुखद खवर सुनेपछि म पनि आश्चर्यचकित भएँ। ‘उदेश्य के लिनु उडी छुनु चन्द्र एक’ महाकवी लक्ष्मी प्रसाद देवकोटाले उहिल्यै मान्छेहरुले चन्द्रमामा पुग्ने लक्ष लिनु पर्छ भनिसकेपछि निल आर्मस्ट्रङले पहिलो चोटी पाईला चाल्नु भएको थियो । धुर्मुस सुन्तलीले आफनो हैसियत र औकात भन्दा निकै ठुलो सपना देख्नुभयो। वहाँहरु जव अमेरिकामा हुनुहुन्थ्यो, नेपालमा धरहरा ढल्यो, ०७२ को भुकम्पले। त्यसपछि वहाँहरुको मनको धरहरा पनि हल्लियो। र नेपालमा आएर धेरै सामाजिक सेवाका कामहरु वहाँहरुले सुरु गर्नु भयो।

त्यो स्तुत्य थियो। चाहे पहाडी वस्तीको कुरा गरौं, चाहे मुसहर वस्तिको कुरा गरौं। हो, वहाँहरुको गोजिवाट त्यति योगदान भएन होला। देशविदेशमा रहनु भएका सवै दाजुभाईहरुले ‘आनासुकी, मानामुठी, एकले थुकी सुकी सयले थुकी नदी’ सप्पैले वहाँलाई सित उघाएर घैला भर्ने सैलीमा मद्धत गर्नु भयो। परिणाम स्वरुप ति योजनाहरु सफल भए र हरेक योजना सम्पन्न गर्दाखेरी वहाँहरुले कुनैमा २० लाख, कुनैमा ३० लाख, कुनैमा झण्डै आधा करोड÷एक करोड जती त्यहाँवाट पैसा उभियो पनि । र त्यसलाई सामाजिक सेवामा लगाउनु भयो। र आज आएर वहाँहरुले एउटा एक हिसावले भन्नु पर्दाखेरी दुस्साहसी योजना भन्छु म त्यल्लाई। एड्भान्चरीजममा जानु भयो वहाँहरु। एक हिसावले भन्नु पर्दा त्यो वहाँहरुको स्तुत्य काम भएपनि दुस्साहस थियो, एडभान्चरनै थियो। र वहाँहरुले तीन अर्वभन्दा वढि यानेकी ३ सय करोड भन्दा वढि तीन सय तीस करोडको योजना थाल्नु भयो। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत।

वहाँहरुले चितवनमा २२ विगाह जग्गा ओगटेको क्षेत्रफल ओगटेको एउटा फराकिलो ठाउँमा गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्छौ भनेर त्यो खालको अभियान सुरु गर्नु भयो। अभियान त सुरु गर्नु भयो ०७५ सालमा। विवादहरु पनि त्यत्तिकै आयो। तत्कालिन माओवादीको भातृसंस्था वाईसिएलका पदाधिकारीहरुले÷वाईसिएलका ब्यक्तित्वहरुले त्यहाँ डोजर पनि चलाउने कोशिस गर्नु भयो । रुवावासी भयो, हामीले पनि यहाँबाट खवरदारी गरेका थियौं– खवरदार, त्यो डोजर भनेको धुर्मुस–सुन्तली रंगशालामा होईन, हाम्रो छातीमा कुदेको छ भनेर हामीले पनि कडा प्रतिक्रिया दियौं। परिणाम स्वरुप वहाँहरुको काम अगाडि वढ्दै गयो। वढ्दै गयो, वढ्दै गयो। तर, मलाई जहाँसम्म लाग्छ, आज तीन वर्ष कटिसकेछ।, मैले पनि गाँस काटेर केही रकमहरु पटक–पटक गरेर त्यहाँ सहयोग गरेको छु। दुई पटक गरेर सहयोग पनि गरेको छु ।

अस्ति भखर पनि गएर सहयोग गरे। र धुर्मुस सुन्तली एक्लैले त्यो अभियान पुरा गर्नु भनेको फलामको च्युरा चपाउनु सरह थियो। किशोर नेपालको भाषा त म प्रयोग गर्न चाहान्न तर वहाँहरुले जोकरहरले रंगशाला वनाउँछन् र ? भनेर त्यतिखेर विल्ला पनि गर्नु भएको थियो, गिल्ला पनि गर्नु भएको थियो। वहाँहरुको चुट्किला वनाईएको थियो। तर, वहाहरुले जे काम आँट्नु भो, त्यसको म वहुत सह्राहना गर्छु। वहाँहरुको पक्षमा डिफेन्स गरेर वोल्ने सवैभन्दा चर्को आवाज गर्ने मान्छे मध्ये यो पुन्य गौतम पनि हो भन्ने तपाईहरुलाई थाहा छ। अनि अलिकती अगाडि दशैं तिहार छेक वहाँहरुले ‘गुहार–गुहार’ भन्नु भयो। हात ठड्याउनु भो। अव हामीले सकेनौ वावाकी दुहाई। यो रंगशाला वनाउन सकेनौं, किनकी ३ अर्व ३० करोडको प्रोजेक्ट, नट अ जोक। एउटा कुरा म तपाईलाई ख्याल गराउँछु की वहाँहरु कलाकारितामा सिक्का जमाएको स्थापित कलाकार हो। वहाँहरुको आफनै दुनियाँ थियो। दिपकराज गिरीले भन्नुहुन्थ्यो। हामीले यति ठुलो प्रोजेक्ट कसरी सम्पन्न गर्न सकौंला।

यहाँ ठुला ठुला नेताहरुले, राज्यले आँट नगरेको काम आँट्नु आफैमा साहसिक काम हो। त्यसलाई सल्युट गर्नु पर्छ, प्रशंसा गर्नुपर्छ। जहाँसम्म कुरा छ, अव त्यसको इन्जिनियरिङ, तपाईहरुले पनि सनसनीखेज रिपोर्ट वाहिर ल्याउनुभयो। त्यसको इन्जिनियरिङ गर्ने, त्यसका इन्फास्टक्चरहरु कसरी वनाउने ? हामी वहाँहरुको टाटा सफारीमा घुम्यौं। करिव करिव २२ विगाह क्षेत्रफलको पुरा गोलचक्क लगाएर हामीले घुम्यौं। क्रिकेट स्टेडियम मात्रै छैन, फुटवल रंगशाला पनि छ। अरु धेरै ब्याटमिन्टन, टेनिस कोटहरु पनि छ। वहाँहरुले वनाईरहनु भएको छ। तर, सवै संरचनाहरु अपुरो÷अधुरो छन्। कस्तो रड राख्ने, कस्तो डण्डि राख्ने, कस्तो सिमेन्ट ल्याउने। आदि इत्यादी भन्ने कुरो चै माडवारीको गल्ला शैलीमा पैसा उठाएर वहाँहरुले त्यसरी गर्नु भयो। त्यो अपारदर्शी भो भनेर तपाईहरुले पनि विषय वस्तु उठाएको मैले हेरें।

हो, केही प्रश्न उठेका छन्, केही मान्छेहरुले शंका गरे। कुसुलेहरुले, धनराज सेठहरुले भने – धुर्मुस सुन्तलीहरुले अपार सम्पत्ति जोड्नु भो। वहाँहरुले करोडौंको खेल खेल्नु भो। महल र गाडी जोड्नु भो। आज पनि कति पैसा उठ्यो, वहाँहरुको खुत्रुके ढुकुटीमा कति जम्मा भो त्यसको हिसाव किताव के हो ? त्यसको यथार्थ पारदर्शी हिसाव किताव चाहियो भनेर पनि केही मान्छेहरुले वाहिरबाट स्वर गुन्जाएको मैले सुने। 

भ्रष्टाचार भएकै होकी ?
म त्यता तिर जान्न। यो सम्वन्धित निकायको चासो जानु पर्ने कुरा होला। म एउटा पब्लिक फिगरको हिसावले के भन्न चाहान्छु भने वहाँहरुले गरेको कामलाई म हेर्छु। त्यो काम आफैमा स्तुत्य छ, प्रसंशायोग्य छ, राम्रो छ, असल छ। केही महिना अघि मैले भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालसँग पनि कुरा गरें। स्थानीय सरकारको प्रतिनिधिको हिसावले। भरतपुर महाँनगरपालिकाको मेयर रेणु दाहालले पनि स्पष्ट रुपमा प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो। की महानगरपालिकाले पनि वजेट ब्यवस्था गरेको छ। तर, धुर्मुस सुन्तलीले एक्लै क्रेडिट लिन खोज्नु भयो, त्यहाँ हाम्रो पनि कन्ट्रिब्युसन छ भनेर भन्नु भएको थियो। त्यसैगरी तत्कालिन ३ नम्वर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलसँग वहाँकै कार्यकक्षमा हामीले वातचित गरेका थियौं। ति भिडियोहरु रेणु दाहलजीसँग र डोरमणीजीसँग गरेका कुराकानीका भिडियोहरु अहिले पनि साक्षि छन् । वहाँहरुको पनि त्यही गुनासो थियो। यो योजना भनेको असाध्यै राम्रो छ। नेपालमा अन्तराष्ट्रिय सुविधा सम्पन्न क्रिकेट रंगशाला वनाउनु पर्छ। क्रिकेट हव वनाउनु पर्छ, क्रिकेट वर्ल्र्डकपको ट्रफी चुम्न नेपाल आतुर छ तर, त्यो धुर्मुस सुन्तलीले एक्लै गरेको जस्तो, एउटा चुकेल्याङले एकै रातमा एउटा शहर निर्माण गरेजस्तो अथवा एक हिसावले भन्नु पर्दा पिसी सरकारले जादुको छडि घुमाएजस्तो वहाँहरुले एक्लै गरेको होईन, संघीय सरकार यानेकी केन्द्रीय सरकार, प्रदेश सरकार र महानगरपालिकाको ज्वाईन्ट भेन्चर गरेर त्यसलाई सम्पन्न गर्नुपर्छ। वहाँहरुले सक्नुहुन्न होला भनेर वहाँहरुले त्यतिखेर पनि भन्नु भएको थियो र प्रदेश सरकारको तर्फवाट पनि काफी हदसम्म वजेटिङ गरिएको थियो।

त्यसो त तत्कालिन सरकारका प्रतिनिधि प्रधानमन्त्री केपी शर्मा ओलीको क्यारिकेचर गरेर वहाँ अगाडि वढ्नु भो र गृह जिल्लाको पनि हुनुहुन्थ्यो। त्यसकारण त्यतिखेर साथ सपोर्ट थियो। त्यसैले गर्दा त्यो रंगशाला वन्छ, वन्छ भन्ने मान्छेहरुलाई लागेको थियो। तर, प्रकारान्तरले के भईदियो भने अव प्रदेश सरकार, संघीय सरकार र स्थानीय सरकारसँग पनि त्यति राम्रो कोअर्डिनेसन भएन। अव वहाँ देउसी भैलो खेल्दै। केही मानिसहरुको भाषा यस्तो पनि थियो। देउसी भैलो खेल्दै, फेरी लगाउँदै, गुहार–गुहार, वचाउ–वचाउ भन्ने शैलीमा मेची–काली अभियान पनि सुरु गर्नुभो। तर, त्यतीले के हुन्थ्यो र?

धुर्मुस सुन्तलीले झण्डै साढे तीन अर्वको योजना वनाउनु पनि आफैमा संकास्पद रहेको उनको भनाई छ।  यो चै कुसल विज्ञ इन्जिनियरहरुले नक्सा वनाएर सप्पै खर्चवर्चहरु निकालेर सम्पुर्ण कुराहरुको फाँटवारी तयार गरेर यो काम अगाडि वढाईएको होईन रहेछ भन्ने कुरो चै अहिले पनि हामीले वुझिरहेका छौं । त्यस कारणले यहाँ जोखिम छ हेर्नोस, सेलिव्रेटी हुनुहुन्छ वहाँहरु । वहाँहरुले गरेका कतिपय कामहरु धेरै राम्रा छन्। त्यस कारणले गर्दा खेरी त्यो विषयमा हामीले छिद्रान्वेषण गर्नु अथवा त्यसको पाटो पक्षमा वृहंगम समिक्षा गर्नु भनेको आफु पनि डेन्जर जोनमा पर्नु हो। तर, प्रश्नहरु त जवर्जस्त उठेका छन् ।

डेन्जर कोसँग छ?
पब्लिकमा हेप्नोटिजम गर्नु भएको छ, जादु चलाउनु भएको छ। खास गरी भन्ने हो भने यस्तो प्रोजेक्टको जिम्मेवारी सरकारले लिनुपर्छ। म अहिले पनि भन्छु, त्यो संरचनालाई भुत वंगला जस्तो अधुरो अपुरो छोडन हुँदैन। र अर्को कुरा के पनि छ भने जस्तो रंगशाला निर्माणको सवालमा वहााहरुले को कति कोसँग कसरी समन्वय गर्नुभो त्यो कुरो खुलेआम वाहिर आउनुपर्छ। अर्को कुरो पनि के छ भने । त्यहाँ जसरी संरचनाहरु वनाईए, त्यो कंक्रिट त्यहाँ अव ढलान गरिएको छ। त्यो कति पारदर्शी छ, कति वलियो छ, त्यसको वारेमा पनि एकदमै प्रष्ट हुनु जरुरी छ। र डेढ अर्व चानचुनमा रंगशाला तयार हुन्थ्यो भने तीन अर्व/साढे तीन अर्वको लागत स्टिमेट कष्ट किन वनाईयो ?

र त्याहाँ भित्र तपाईहरुले अर्को कुरा के उठाउनु भएको थियो भने आफुलाई टाट पल्टिएको घोषणा गर्दै धुर्मुश सुन्तलीले ४० करोड जति ऋण छ भनेर भन्नु भो। कुन वैंकवाट वा फाईनान्सले वहाँहरुलाई कुन धितोमा त्यति ठुलो लोन प्रवाह गर्यो। ऋण दियो। ३०/४० करोड ऋण दिनु भनेको त कम्ती होईन, त्यस कारणले गर्दाखेरी यि कुराहरु पनि अपार्दर्शी भए भनेर तपाईहरुले रिसर्चवाट विषय वस्तु तयार गर्नु भएको छ। त्यो विचारणीय छ। म यती भन्न चाहान्छुकी धुर्मुस सुन्तलीले आँटेको काम असाध्यै राम्रो, त्यसलाई सल्यूट गर्नु पर्छ। धेरै राम्रो काम आँट गर्नु भएको छ, धुर्मुस सुन्तलीले।

तर, त्यसलाई पुरा गर्न फलामको च्युरा चपाए सरह हो। त्यो काम संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले मिलेर पुरा गर्नुपर्छ। वजेटिङ गर्नु पर्छ र यो विषय अहिले जवर्जस्त रुपमा उठ्यो। र मलाई जहाँसम्म लाग्छ, वहाँहरुले हात ठड्याईसकेको अवस्था छ। वहाँहरु वाहिर निस्किसकेको अवस्था छ। वाँकी अधुरो काम छोड्नु हुँदैन। 

हात ठड्याएर वाहिर निस्कन पाईन्छ र ? १६/१७ करोड ऋण चै कस्ले तिर्छ ?
यो मलाई थाहा छैन, वहाँहरुले कसरी तिर्नु हुन्छ। वहाँहरुको आम्दानीको श्रोत के छ ? त्यति ऋण लागेको हो की होईन? कतिले त करोडौंको गाडि वंगला जोडेको भनेर पनि होहल्ला गरिरहेका छन् । रियालिटीको विषयमा वहाहरुले एक/एक स्वेत पत्र हिसाव किताव पारदर्शी ढंगले पब्लिकलाई दिनुपर्छ।  

युवा नेता पुण्य गौतमसँग नेपाल आजले गरेको कुराकानी हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस।

यो पनि

पुण्य गौतमले दुई महिनामै टिकटकबाट कमाए लाखौं रकम

पुण्य गौतम धुर्मुस सुन्तली फाउण्डेसन

विशेष