विचार

चीनियाँ इन्टेलिजेन्स सर्विसेज (सीआईएस)ले छिमेकमा चलाएको सुक्ष्म अप्रेशन 

नारद मधेसी

चीनियाँ इन्टेलिजेन्स सर्विसेज (सीआईएस)ले छिमेकमा चलाएको सुक्ष्म अप्रेशन 

स्लो मोसनको कथामा आधारित  फिल्मको एक उत्कृष्ट उदाहरण, तर एकै समयमा एक निश्चित अपराधीक षडयन्त्र सोभियत जासूसी फिल्ममा पहिला खुबै देखिन्थ्यो। धेरै मनपर्ने विशेष प्रभावहरू र अविश्वसनिय घटनाहरु एक्कासी सृजना हुन्थ्यो। तथापी यी चित्रहरू, जस्तैः सोभियत युगको छायांकनको अन्य उदाहरणहरू, आराम र निरपेक्ष रूपमा भोग्ने एक राम्रो तरिका हुन्थ्यो । ठिक यस्तै गतिमा चिनीयाँ जासुसी छिमेकमा बढेको छ । जुन एशियाको राजनैतिक समिकरणलाई उथल–पुथन पार्ने नराम्रो संकेत पनि हो ।

भारत र चीनको द्विपक्षीय सम्बन्ध शत्रुता, मित्रता, प्रतिस्पर्धा र सहकार्यको ढाँचाबाट अघि बढेकोलाई अन्यथा ठान्नु हुँदैन । तर दक्षिण एशियामा बढेको चीनीयाँ हस्तक्षेपले दक्षिण एशियाको  समिकरणमा अप्रत्यासित परिवर्तन आउनु स्वभावीक हो । यस अभियान अन्तर्गत चीनको कतिपय षडयन्त्रमुलक सैन्य तथा कुटनैतिक रुचिलाई छिमेकमा स्थापित गराउने कार्यमा लागेको छ–चीनिवयाँ इन्टेलिजेन्स सर्विसेज(सीआईएस)।
 
जुनसुकै मुलुक आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतीको दिशामा अग्रसर हुन्छ र उसलाई यो अधिकार पनि छ। तर त्यसको लागि छिमेकि मुलुकको सम्प्रभुता लत्याउने कुरा असह्य हुन जान्छ । अरु मुलुकमा आफ्नो सैनिक वा कुटनैतिक सम्प्रभुता जमाउन खोज्नु कुनै पनि अर्थमा उचित होइन । चिनको नेपाल, पाकिस्तान, बंगलादेश, श्रीलंका लगायतका छिमेकमा बढेको नाङ्गो हस्तक्षेपका कारण भारत र चीन सम्बन्धमा पश्चिमा शक्ति प्रवेश गर्दै गएको परिदृश्यलाई नकार्न सकिदैन । जसका कारण नेपाल लगायत साना मुलुकहरुको वैदेशिक सम्वन्ध तथा राष्ट्रिय हितका मुद्दाहरु बढी जटिल बन्नु समय सापेक्ष लिन सकिन्छ । चीनको दक्षिण एशिया लगायत छिमेकमा बढेको गुप्तचरी उदयले छिमेकी माँझ ठुलो ‘त्रास’ उत्पन्न हुनु स्वभावीक हो । चीनले बढाएको सक्रियताको बाछिटा  एसिया मोत्रै होइन विश्वका सबै लोकतान्त्रिक शक्तिहरुलाई एक थलोमा आउने बाध्यात्मक परिस्थिती पनि हो ।

यो गुप्तचरी मायाजाल भारतलाई टार्गेट गर्दै नेपाल लगायत दक्षिण एसियाका साना तथा छिमेकी मुलुकहरुमा आफ्नो ध्यान केन्द्रित गर्दै अगाडि बढेको छ । जसको परिणाम स्वरुप उसका केही अपरेशनहरु बिगतमा एक्स्पोज भएका समाचार आउन थालेपछि सिआइएस केही स्टेप पछाडि हट्यो पनि । त्यो उसको वास्वकिताको ट्रेलर मात्रै भएको कुरालाई नर्कान सकिदैन ।.

चीनीया वर्चस्वका प्रभाव
चीनको विश्वव्यापी उपस्थिती गएको केहि दशकमा नाटकीय रुपमा वढेको छ। तर, चीनियाँ इन्टेलिजेन्स एजेन्सीहरु विश्वको नजरवाट आफुलाई लुकाउन सफल भएका छन् । युद्ध संचालनको आयामबाट हेर्ने हो भन्ने चाइनिज खुफिया अभियानहरुका जानकारीको कमी बर्तमान विश्व समुदाय माझ ठुलो चुनौती भएको छ। चाइनीज इन्टेलिजेन्स सर्विसेजले (सीआईएस) अहिलेसम्म पुरै विश्वको आँखामा छारो हाल्न सफल छ। 

पारम्परिक दृष्टिकोणले सीआईएस विश्वको गुप्तचरी संस्थाहरु भन्दा फरक र पेचिलो संस्था पनि हो । यसको रणनीति रेतीलो बालुवाको हजारौ कणमा आधिरित छ। मुख्यतः यही सिद्धान्त अन्तर्गत सीआईएस आफ्नो प्रोफेस्नल गुप्चरहरुको आधारमा परम्परागत खर्चिलो जासूसी भन्दा पनि, बाहिरीया एजेन्ट र उच्च प्रविधिको माध्यमबाट डाटा सकंलन गर्ने बाटो आगाल्दै आएको छ । जसमा चाइनिज कारोबारी, नागरिक, शिक्षाविद, मोबाइल एप्स लगायत अरु पनि कतिपय श्रोतद्वारा बृहत जानकारीहरु संकल गर्ने कार्यहरु गरेको छ । विभिन्न माध्यमबाट आएका खबरलाई एक साथ मिलाएर ‘इन्टेलिजेन्स खबर’ लाई निर्माण गरिन्छ । यस्ता संकलित सुचनाहरु चीनियाँ धारणाको आलोचना र यसको रणनैतिक बिरोधी मुलुकहरुको काउन्टर र बिरोधाभासपुर्ण प्रोपोगान्डामा खास गरेर प्रयोग गरिन्छ । जस्तै सि चिन फिङको अती महत्वकांक्षी योजनाको रुपमा रहेको बिआरआईको पक्ष र यसका बिरोधमा उठने आवाजहरुलाई दबाउन विभिन्न किसिमका दुष्प्रचार चलाउने सिआईएसको एउटा महत्वपुण रणनीती रहेको छ । सीआईएस ‘मल्टीपल प्रोफेशनल सिस्टम’ ढाँचाको रूपमा पनि हेर्ने गरेको छ । जुन आन्तरिक र बाह्य दुबै तरिकाबाट आईएसआर अथवा इन्टेलिजेन्स, रिकानसेन्स र सर्विलेन्स (खुफिया, टोही र निगरानी) संचालनको सबै कामहरु गर्दछ । सिआइएसले संकल गरेको सबै सूचना प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चीनले लिने सैन्य र कुटनैतिक बिषयको निर्णयमा आधारित रहेको हुन्छ । विभिन्न बाहिरी विश्लेषणका अतिरिक्त सीआईएस निश्चित रूपमा बढाउदै आएको आफ्नो व्यावसायिक जासुसी भूमिका र परम्परागत  जासूसी चलखेलका साथै पुरानो इन्टेलिजेन्स सेवाहरुलाई समेत अपनाउदै आएको छ । चीनको एकाधिकारवादी शासन सबै क्षेत्रमा सरकारीे प्रभावको समर्थनमा आफना अजब–गजबका सिस्टमका साथ गुप्तचरी सेवा प्रदान गर्दै आएको सत्यतथ्य पनि हो ।

सीआईएसको गतिविधिहरु
यसको गतिविधि ‘संचालनको महत्व केन्द्रित दायरा’ मा काम गर्ने सबै संस्थाहरुको कार्यशैलीबाट बुझ्न सकिन्छ, जसको केन्द्रमा यीनीहरुका विभिन्न व्यवसायिक प्रणालीहरु र कार्यक्षेत्रमा यसको अन्य सम्भावित प्रभाव र चाहना नै हुन्छ । यही अवधारणा सीआईएसको छद्मभेसी कामकाजलाई झल्काउने गरेको छ । जुन काउन्टर–इन्टेलिजेन्समा कतिपय व्यवसायिक सिस्टमहरुलाई प्राथमिकता दिने चलन छ । जबकी एकाधिकारवादी देशको गतिविधिहरु सम्भावित असरको नीतिगत काउन्टमा पनि समावेस गरिएको हुन्छ ।

चाइना इंटेलिजेंस सर्विसेज (सीआईएस) र यसको जासुसी महत्वको कार्यक्षेत्र
सीआईएसले आफ्नो मुख्य अनुशन्धानहरुमां सिविल र सैन्य दुबै एजेन्सीहरु जोडेको हुन्छ । सबै भन्दा महत्वपूर्ण नागरिक एजेन्सी केन्द्रीय सुरक्षा मंत्रालय (एमएसएस) हो। जसअन्तर्गत केन्द्रीय मन्त्रालय, प्रान्तीय डिवीजन र कतिपय प्रांन्तिय वा स्थानीय स्तरका एजेन्सीहरुलाई समावेश गरिएको हुन्छ । एमएसएस मुख्य रूपमा देशको अन्तरिक सुरक्षाको लागी बाहिरी र आन्तरिक खतरा पत्ता लगाउने र भविष्यको लागि सम्भावित रणनैतिक प्रोफाइल तयारी गर्नुका साथै विदेशीहरुकोे जासूसी गर्नमा केन्द्रित छ । सार्वजनिक सुरक्षा मन्त्रालय एमपीएस (मिनिस्ट्री अफ पब्लिक सिक्योरिटी) संग आन्तरिक र बाहिरी सहयोगी शाखाहरु हुन्छन् । तर यो मुख्य रूपमा घरेलु इन्टेलिजेन्समा केन्द्रित रहेको छ । यूनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टले पनि कतिपय अनुशन्धानात्मक कामहरु पनि बाहिरी तथा आन्तरिक दुबै जिम्मेवारी सम्हाल्ने गर्दछ । पिपुल्स लिबरेशन आर्मी (पीएलए) को मिलिट्री इन्टेलिजेन्स एजेन्सीहरुमा प्रमुख खुफिया इकाई पीएलए स्ट्रेटजिक सपोर्ट फोर्स हो जुन खुफिया, प्राविधिक सर्भिलियन्स, इलेक्ट्रोनिक युद्ध, साइबर अपराध र रक्षा तथा मनोवैज्ञानिक युद्धका जिम्मेवारी हेर्दै आएको छ । जनरल स्टाफ डिपार्टमेन्ट एवम जनरल पोलिटिकल डिपार्टमेन्ट पनि यसैको मुख्य कार्य भारमा पर्दछ ।

सीआईएसको कार्यक्षेत्र दायरामा विभिन्न क्षेत्रका कामलाई आवरण बनाएर जासुसी समेस गरिएको हुन्छ । जसले खुफिया जानकारी संकलन गर्ने गर्दछ । उसको अन्य संस्थाहरुमां शिन्हा, न्यू चाइना न्यूज एजेन्सी जस्ता सरकारी मिडिया तथा व्यापारिक संस्थान समेत  सामिल रहेका छन् । जुन यस्ता सरकारी मिडिया सेन्टर तथा व्यापारी संस्थानहरु आफ्नो चार्टरमा खुफिया गतिविधि सम्बन्धी जानकारीलाई लुकाएर मात्र प्रकाशित गरेका हुन्छन् । विदेशमा चाइनाले खोलेका विकास निर्माणका कार्यलय, एनजिओ, मैत्री संस्थान तथा शिक्षा मन्त्रालय अन्तर्गत जस्ता अन्य विभागका समेत विदेशीलाई चीनियाँ नागरिकहरुसँग सम्पर्क राख्दै खुफिया गतिविधिहरुमा सहभागीता गराएको हुन्छ। चीनकोे वैज्ञानिक र प्राविधिक सूचना संस्थानले चीनको आन्तरिक इन्टेलिजेन्स प्रसारलाई सुगम बनाउनका लागि विदेशी टेक्नोलोजिकल प्रकाशनहरुलाई संकल गर्ने एउटा औपचारिक प्रणाली स्तम्भको रुपमा स्थापित रहेको छ । सबै भन्दा महत्वपुर्ण कुरा यो छ कि, चाइना  सरकार आफ्ना छिमेकी तथा विदेशी मुलकहरुमा आर्थिक जासूसी गर्नको लागि स्वदेसी व्यापारी तथा कारोबारीहरुलाई प्रोत्साहन राशी दिने गरेको छ । नेपालमा आउने हरेक चाइनिज नागररिकलाई सरकारले ५ करोड रुपैयाँ विना व्याज व्यापार गर्न दिने नियम छ । चाइनिज कम्पनीहरु यो रणनीतिक गतिशीलता शुरूमा पहिला इन्टेलिजेन्स कामसँग जोडिएको थिएन, तर सन् २०१७ मा नेशनल इन्टेलिजेन्स कानुनद्वारानै यस्तो गर्ने बाध्यता वनाईयो। जसको अनुच्छेद ७ र १४ मा स्पष्ट रुपमा भनिएको छ– चाइनिज कम्पनी र नागरिकहरुले आवश्यक्ता परेको बेला, देशको इन्टेलिजेन्स सेवालाई साथ दिनु पर्दछ । यो कानुनलाई व्यापकता दिन चाइनिज टेलीकम्युनिकेशनको प्रसिद्ध कम्ंपनी हुआवेईको विरोध पछाडिको मुख्य कारण यो नै हो ।

संयुक्त राज्य अमेरिकाले कतिपय चाइनिज एजेन्टहरुलाई पक्राउ गरि दोषी ठहर गरेको छ । माइक्रोसफ्टद्वारा पेश गरिएको अनलाइन प्रोफेशनल नेटवर्किङ प्लेटफार्म लिंकडइनसँग जोडिएको कारण थियो । ‘ग्रेट फायरवाल’ को कामलाई  आगाडी बढ़ाउदै, जुन चीनमा आउने डेटाको सेन्सर गर्दछ, चीनले त्यसको जासुसीका लागि अर्को नयाँ सिस्टम बनाएको छ। जसलाई ‘ग्रेट कैनन’ भनिन्छ। जुन रणनीतिक रूपमा चीनबाट निश्चित स्थानमा डेटालाई बाहिर प्रवाह गर्छ । त्यसलाई मालवेयरको हमला र डिनायल अफ–सर्विस (सामान्य कामकाजलाई अवरोध पुर्याउने र यूजर्सले प्रयोगलाई रोकनु नै हो) को लागि लागु गर्न सकिन्छ । 

सीआईएसले नेपाल लगायत दक्षिण एशियासी गरिब मुलुकहरुमा दलका राजनेता लगायत विभिन्न सुरक्षा अधिकारीहरु माझ आफ्नो व्यापक हितैसी स्थापित गरेको छ । जसले राज्यको सुरक्षा जानकारी लगायत चीनको विस्तारवादी सोच र कुटनैतिक आवरणमा सैन्य अवधारणलाई कमिशनको बलमा लागू गर्ने षडयन्त्रमा मलजल गर्ने काम गरेका छन् । परमाणु हतियार, मिसाइल प्रणाली, आईटी क्षमता, अन्तरिक्ष र उपग्रह अनुसन्धान कार्यक्रमका विकासलगायत सबैखाले सुरक्षा प्रणालीमा आँखा गाड्नुका साथै अन्य विषयहरुमा पनि उनीहरुको निगरानी छ। सीआईएसले आफ्नो क्षमता र रुचीको क्षेत्रमा निर्णय लिने सूचना दिने गरेको छ । यो मायाजालबाट यो वुझन सकिन्छ कि सीआईएसले वास्तवमा आफ्ना साना छिमेकी मुलुकहरुलाई हतियार बनाएर भारत माथी  ध्यान केन्द्रित गरिरहेको छ। यो त केवल फिल्मको  ट्रेलर मात्र हो । भारतीय समाचार रिपोर्टोहरुमा २०१३ र २०१८ मा समातिएका केहि परम्परागत जासूसी गतिविधिहरुलाई दर्शाउने भारत भित्र सीआईएसको केन्द्रित पेशेवर प्रणालीहरुको उपस्थिती हो । नेपालका कतिपय बैकहरुको सरबरलाई ह्याक गरेर करोडौ रुपैया निकाल्नेदेखि सुन तस्करी तथा राजधानीको ठमेल एरियालाई अपराधीक अखडा बनाउने सिआईएसको मायाजाल नै हो । तिब्बती सरणार्थी रहेका ठाउँहरुमा आफनो एजेन्ट बनाउनुदेखि लिएर मधेसका हरेक ब्यापारिक शहरहरुमा उद्योग सञ्चालनको कभरमा गरिएको चीनिया गुप्तचरी आउने समयका लागि ठुलो चुनौती नै हो । 

भन्निछ– यसको दुरगामी हस्तक्षेपले अधिक अप्रत्यक्ष सम्बन्धको साथ नेपाल लगायत दक्षिण एशियाका मुलुकहरुमा हुने सबै  साइबर हमलाहरुको  एक तिहाई चीनबाट उत्पन्न गरिन्छ । अर्कोतर्फ चिनबाट उत्पादित सबै लोकप्रिय मोबाइल एप्सले मुलुकका सुरक्षा संस्था तथा पदाधिकारीहरुलाई खुफिया जानकारी जुटाउने गरेको छ । २००९ मा भारतिय विभिन्न मिडियाहरुको चिन्ता थियो– इन्टेलिजेन्स जुटाउनु र नेपालमा भारतीय सिमानाका २४ भन्दा बढी ठाउँमा चाइना स्टडी सेन्टरको स्थापना एवम लगभग ३० भन्दा बढी व्यवसायीक कम्पनीहरुको सञ्चालन सम्भवतः नेपालमा चीनको प्रभाव बढ़ाउनु नै हो ।

चीनको एकाधिकारवादी संस्कृती वैश्विक साकारात्मक प्रतिस्पर्धा भन्दा पनि बढि राम्रो गुप्तचरी जुटाउने तरीमा सक्षम देखिएको छ । र समान प्रतिस्पर्धात्क खेल मैदानको कमी दक्षिण एशिया लगायत विरोधी मुलुकहरुको लागी चिन्ताजनक परिदृश्य हो । चीनले एक देशको रूप दिने ‘पैनोपान्टिक (एक ठाउँवाट सवै ठाउँ देख्नु) वा ‘सर्विलियन्स’ (निगरानी गर्नु) जस्तो पछिल्लो उदाहरणहरु तिब्र रुपमा देखिएको छ । उदार, खुला र लोकतान्त्रिक समाजमा चीनको खुफिया प्रणालीले कसरी काम गरिरहेको छ भन्ने बुझन जÞरूरी छ । छिमेकी र दक्षिण एशियाली मुलुकहरुको लागि आफ्नो अस्तित्व बचाउनलाई पनि अनिवार्य नै बनेको छ । जसले षडयन्त्रहरुको प्रभावकारी जवाफ दिन सकियोस। जसरी चीनको अति–आक्रामकता विश्वका लोकतान्त्रिक मुलुकहरुका लागि कड़ा प्रतिरोध उत्पन्न गरिरहेको छ । बेईजिङको राज्य शक्तिको गुप्त उपकरण माथी पनि निर्भरता अन्तर्राष्ट्रिय राजनीतिको लागि गम्भिी नतीजाका साथ अरु बढ़ने सम्भावना छ । बेलैमा चेतौं ...

नारद मधेसी