समाचार मनोरञ्जन कला साहित्य

जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लव’ फेरी सञ्चालन हुने

जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लव’ फेरी सञ्चालन हुने

हास्य कलाकार जितु नेपालको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ पुनः सुरू हुने भएको छ। चलिरहेको कमेडी क्लव केही समयअघि वन्द भएको थियो ।

जितुले मुन्द्रेको कमेडी क्लब पुनः प्रसारण होस् भन्ने धेरैको चाहना रहेकोले पुनः सुरू गर्न लागेको जनाएका छन् । केही कमीकमजोरीलाई हटाउँदै नयाँ जोश, जाँगर र उत्साहसहित आउन लागेको उनको भनाई छ।

कार्यक्रमलाई दिनेश डिसीले निर्देशन गर्ने उनले जानकारी दिए। कार्यक्रम प्रशारण हुने टेलिभिजन र मिति भने टुंगो भइनसकेको उनले बताए।

‘क्लबमा सहभागी हुने नयाँ पात्रहरु, प्रसारण हुने टेलिभीजन, मिती र समय चाँडै नै एक कार्यक्रमका बिच सार्वजनिक गर्नेछौ। सबै आदरणीय दर्शकहरुबाट पाईरहेको माया, साथ र हौसला निरन्तर मिल्नेछ भन्ने आशा लिएका छु’ उनले फेसवुकमा लेखेका छन्–‘मुन्द्रे“ केही आत्तिएला तर मात्तिने छैन। मुन्द्रेले धेरै हसाउन न सक्ला तर रुवाउने छैन। मुन्द्रेले धेरै राम्रो गर्न न सक्ला तर नराम्रो गर्ने छैन। हजुरहरुले माया गरेर नामनै परिवर्तन गरिदिनु भयो, ‘मुन्द्रे’ बनाईदिनु भयो। अनि हजुरहरुले बनाएको ‘मुन्द्रे’ निराश भएर घर बसेको हेर्न चाहनु हुन्छ त..?’