समाचार

रंगशाला निर्माणमा करोडौ घोटालाः बदनाम हुने डरले बाहिरिए धुर्मुस–सुन्तली ? 

रंगशाला निर्माणमा करोडौ घोटालाः बदनाम हुने डरले बाहिरिए धुर्मुस–सुन्तली ? 

जब–जब देशमा विपत्ति आउँछ, समाजसेवाको खेती मौलाउँछ। पीडामा पनि ब्यापार गर्न सक्ने समाजसेवीहरुको हुलका हुल गाउँ छिर्छ। आफ्नो होइन, अरूको गोजीको पैसा मागेर ‘समाजसेवी’ बन्न हौसिनेहरू हाम्रो आँखै अगाडि बग्रेल्ती भेटिन्छन्। 

पीडितका पीडासामु केही रुपैयाँको ‘राहत’ बोकेर गलाभरिको माला हल्लाउँदै झुल्किने र ‘मजस्तो समाजसेवी अरू को होला र?’ भन्दै फुई हाँक्दै हिडेको हामीले देखे–भोगेकै हौं। ०७२ सालको भूकम्पमा धेरैको घर उजाडियो, कतिपयको परिवारै स्वाहा भयो। तर, त्यही भुकम्पका कारण कतिका दरबार जोडिए। पीडितका अगाडि गोहीका आँसु चुहाउँदै सहयोगको छारो हान्दै हिडेको ठूलो जत्थाले आफ्नै गोजी भ-यो। यो कुनै लुकेको विषय होईन, हिसाव कितातमा तलमाथि पर्दा र आफुभन्दा अर्काले वढि कमायो भन्ने लाग्दा यिनीहरु आफु आफैमै हानाहान गरेका घट्ना पनि वाहिरिएकै हुन ।

त्यसरी आफूलाई सामाजिक अभियन्ता तथा समाजसेवीका रुपमा चिनाउँदै आएका अनि चर्चा र विवादमा आइरहने व्यक्तिहरुमा ज्वाला संग्रौला, हेमराज थापा, जेरी ताम्राकार, हिमाल उपाध्याय, पुण्य गौतम लगायतका ब्यक्तिहरु पनि छन्। त्यसमध्येमा पनि अझै भिआईपी समाजसेवीको नाम हो– सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)। 

एउटै जत्थामा भएपनि उनीहरुसँग समाजले धेरै अपेक्षा गरेको थियो । कलाकारिता क्षेत्रमा राम्रै नाम कमाएका उनीहरु कोरोना कालमा अमेरिका थिए । जव कलाकारिता थला पर्यो, उनीहरुको दिमागमा पनि ‘समाजसेवा खेती’ गर्ने भुत सवार भयो।

यो पनि

एनसेल प्रकरणमा अर्को खुलासाः नेतृत्वबाटै यौन उत्पीडन भएको आरोप

अमेरिकामा रहेका नेपालीले दिएको केही पैसा लिएर फर्केका उनीहरु काठमाडौँमा रोकिएनन्, सिधै गिरानचौर पुगेर ‘धुर्मुस–सुन्तली एकीकृत बस्ती’ वनाउन थाले । यो कामले उनीहरुलाई थप सहयोग रकम आउन थाल्यो। त्यसपछि उनीहरुले पहरी बस्ती, महोत्तरीको बर्दिबासमा एकीकृत बस्ती र रौतहटको सन्तपुरमा एकीकृत नमुना बस्ती बनाए ।

नमूना बस्ती बनाएपछि ठुलै ‘समाजसेवी’ भएको सनकमा उनीहरुले भरतपुरमा तीन अर्वको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला वनाउने योजना वनाए, त्यो पनि मागेर । ०७५ माघ १६ गते भरतपुर महानगरसँग सम्झौता गरी सुरु गरिएको उक्त रंगशाला भने धुर्मस–सुन्तलीले पुरा गर्न गरेनन्।

करिव ५ महिनादेखि निर्माण ठप्प भएको यो प्रोजेक्ट छोड्न उनीहरुले विभिन्न वहाना खोजिरहेका छन् । कोरोनाका कारण पैसा आउन छोडेको र आफै करोडौं ऋणमा डुवेको भन्दै उनीहरुले विलौना गाउने क्रम चलिहरको छ। तर, भित्री कुरा भने उनीहरुले नसकेर भन्दा पनि योजनावद्ध रुपमा प्रोजेक्ट छोड्ने योजना वनाएको जानकारहरु वताउँछन् ।

स्रोतका अनुसार रंगशाला निर्माणका क्रममा करोडौ रुपैयाँ घोटाला भएको छ। त्यसैले उनीहरु बदनामी हुने डरले बाहिरिएन खोजिरहेका छन् । कलाकारिता क्षेत्रमा राम्रो नाम कमाएका उनीहरुले एकाएक गरिवदुःखीको घरमा देखिन थालेपछि धेरै नेपालीलाई लाग्यो उनीहरु जस्ता दानविर कोही छैन। उनीहरुले माहौल नै यस्तो वनाए, जहाँ शंका गर्ने कुनै ठाउँ नै रहेन । 

हुन त सप्तरीमा बाढी आउँदा फोटो खिच्नकै लागि वाढिमा हेलेका धुर्मुस रियल लाईफमै अभिनय गर्ने कलाकार हो भन्ने भान त परेकै हो। ‘कलाकार भनेको यस्तो समाजसेबी पो हुनुपर्छ’ भन्ने माहौल बनाएपछि फोटो खिचेर टाप कसेका थिए, उनी। तर, केही राम्रा काम देखाईसकेकाले उनलाई शंकाको दृष्टिले हेर्न समाज तयार देखिएन। 

भरतपुरको रंगशालावाट हात झिक्दै गर्दा भने उनीहरुप्रति अनेक प्रश्न उठिरहेका छन् । उनका हरेक समाजसेवाका काम यतिवेला शंकाको घेरामा परेका छन् । यति मात्रै होईन, पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको हनुमान भएर उनले चितवनवासीसँग विवाद नै गरेका थिए । जसका कारण स्थानिय माओवादी कार्यकर्ताहरु पनि उनीसँग रुष्ट वने। ओली र कट्टेल दुवै झापाली भएका कारण पनि यस्तो भनिएको हुन सक्छ तर उनले रंगशाला बनाउने कुरा सुन्दानै कतिपयले ‘कुमाईको घुमाईदेखि झापाली बुद्दि’सम्म भन्न भ्याए। 

अर्कोतर्फ धुर्मुस सुन्तली कलाकार हुन– ईन्जिनियर, सिकर्मी, डकर्मी होईनन्। उनीहरु आफै बेल्चा बोक्ने पनि होईन। त्यसैले उनीहरुको अहिलेको रंगशाला खेती विावदमा परेको छ। योजनाको डिपिआर, अनुमानित लागत, कार्ययोजनालगायत सबै हावाका तालमा वनाईएको छ। कामको जिम्मा पनि निर्माण ब्यवसायीलाई दिईएन, उनीहरु आफै लागेका छने । सिमेन्ट, डन्डी, ढुङ्गा, वालुवादेखि इट्टा खरिदसम्म सवै प्रक्रियामा आफै संग्लन हुनुले पनि अनियमिताको आरोपलाई बल पुगेको छ।

हालसम्म रङ्गशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको धुर्मुसको दावी छ। कुल तीन अर्व लागत अनुमान गरिएको मध्ये ५४ करोड ६२ लाख २१ हजार खर्च भइसकेको छ । १७ करोड भन्दा वढि ऋण छ। यो सवै तथ्यांक पनि उनीहरुको भनाई अनुसार मात्रै हो। नियमनकारी निकायले अख्तियार प्राप्त निकायवाट हिसाव किताव गर्न र वास्तविक लागत, खर्च, आम्दानी सवै हिसाव गर्न वाँकी नै छ। 

त्यसैले पनि दाताले दान दिएको रकम मारवाडीको गल्ला शैलीमा हिसाब राखेर अनियमिता गरेको आरोप उनिहरुमाथि लाग्ने गरेको छ। पटक–पटक अडिटर परिबर्तन गर्नुले पनि यो आरोप आरोप मात्रै हो भन्न सक्ने ठाउँ छैन। संगशालाको लागत कति हो? कति पैसा चन्दाबाट उठाउने? धुर्मुस–सुन्तली फाउन्डेसनले कति पैसा हाल्ने? को–कोसँगे कसरी उठाईयो र कसरी उठाउने? कुनै लेखाजोखा छैन।

हुन त रंगशाला  निर्माणको काम सुरु गर्नु पुर्व र निर्माणकै क्रममा पनि धुर्मुस सुन्तलीले यो योजना पुरा गर्न सक्दैनन् भनेकै थिए । तारा बराललगायतले पटक यो विषयमा अभिब्यक्ति दिदै आएका हुन । तर, उनीहरुले हात हाले, कम पुरा गर्न सकेनन्। त्यस्ता ब्यक्तिहरुले अव उनीहरुलाई प्रश्न गरिरहेका छन्– नसक्ने काम किन आट्नु?

माथि उल्लेख भए वाहेक धुर्मुस सुन्तलीप्रति उठेका प्रश्न
१. कालाकारितामा नाम कमाएका उनीहरु कलाकारिता छोडेर मगन्ते पेशामा किन लागे ?
२. उनीहरुमा मात्रै एकाएक समाजसेवा गर्ने भावना कसरी पलायो ?
३. कलाकार भएर उनले दर्शकलाई न्याय गरे ?
४. उनिहरुको कलाकारिता हेर्ने दर्शकको ईच्छा अहिले पनि होला की नहोला ?
५. रंगशालाको स्वामित्व हस्तान्तरणको तयारी गर्दै गर्दा धुर्मुस सुन्तलीले १७ करोडभन्दा बढी ऋण तिर्न बाँकी रहेको वताईरहेका छन। कस्ले दियो उनीहरुलाई यत्रो ऋण ? यती ठुलो परिमाणको ऋण कस्ले पत्यायो उनीहरुलाई ? को हुन् ऋण लगानीकर्ता ? अहिलेसम्म उनीहरुले खुलाएका छैनन् ।
६ जानकारहरुका अनुसार बैंकले कर्जा प्रवाह गर्दा ‘फाईव ५ सी’ (क्यारेक्टर–चरित्र, क्यापासिटी–क्षमता, क्यापिटल–पूँजी, कोल्याटल–धितो, कण्डिसन–सर्त) को विश्लेषण गर्छ। ऋण भन्दा कयौ गुणा वढि धितो खोज्छ।

त्यसैले यती ठुलो ऋण आफैमा आश्चर्यको विषय हो। उनीहरुले यस्को वारेमा जानकारी दिनुपर्छ की पर्दैन ? कि उनीहरु अझै पनि गोहीको आँसु देखाएर विदेशमा रहेका नेपाली दाजुभाईसँग रकम उठाउने प्रयास गरिरहेका छन् ? 

यसो गर्दा कसो होला ?
धुर्मुस सुन्तलीको सनक भनौ अथवा सरकारको लाचारी र समाजसेवीको नगदेवाली, जेसुकै भनेपनि सुरु भईसकेको योजना अधुरो त नरहला । भरतपुर महानगरपालिकाले पनि योजनालाई पुर्णता दिन तत्परता देखाईरहेको मेयर रेणु दाहालले नै वताएकी छिन् ।

तर, अझै पनि जनस्तरवाटै उक्त रंगशाला पुरा गर्ने योजना मरिसकेको छैन। जानकारहर भन्छन्–‘टुडिखेलमा रंगशाला निर्माणको निम्ति टिकट बिक्रि गरेर कार्यक्रम गर्ने, देश बिदेशमा कार्यक्रम अयोजना गर्ने र प्राप्त आम्दानीबाट रंगशाला निर्माण गर्ने सम्भावना अझै वाँकी छन्। निर्माण सम्पन्न हुने र अनियमितता नहुने ग्यारेण्टिका लागि भरपर्दो निकाय अगाडि सरे अझै पनि रकम संकलन हुनेमा ढुक्क हुन सकिन्छ।’

यस विषयमा धुर्मस– सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले भने आफु तत्काल पारिवारीक समस्या परेकोले केही दिनपछि प्रतिक्रिया दिने जनाएका छन् । उनको प्रतिक्रिया आगामी श्रृंखलामा समावेश गरिने छ।

यो पनि
माँगेर समाजसेवी वन्न खोज्दा ओईलाएका धुर्मस–सुन्तली

एनसेल प्रकरणमा अर्को खुलासाः नेतृत्वबाटै यौन उत्पीडन भएको आरोप

धुर्मुस–सुन्तली गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला