समाचार

छट्टु रवीले थपे शब्दकोशमा दुई शब्द

छट्टु रवीले थपे शब्दकोशमा दुई शब्द

चर्चित टेलिभिजन प्रस्तोता रवी लामिछाने टेलिभिजन स्टुडियोमा उभिएर स्पष्ट रुपमा आफना कुरा राख्न सक्ने, वुझाउन सक्ने र जस्तो सुकै समस्यामा पनि चलाखीपुर्ण प्रस्तुती दिन सक्नेमा पर्छन। यही क्षमताका कारण उनलाई छट्टु पत्रकारका रुपमा पनि चिनिन्छ।

एनसेल प्रकरणमा अर्को खुलासाः नेतृत्वबाटै यौन उत्पीडन भएको आरोप

तर, भाषा प्रयोगका विषयमा भने रवीको क्षमता माथि प्रश्न उठेको छ। उनले प्रयोग गरेका शब्दलाई ब्यंग्य गर्दै अहिले सामाजिक सञ्जालमा भिडियोहरु अपलोड भईरहेका छन् । उनले नेपाली र अंग्रेजी मात्रै होईन, सम्भवतः कुनै शब्दकोशमा नभएका शब्द प्रयोग गरेपछि उनलाई ब्यग्य गर्ने क्रम वढेको हो।

लामिछानेले एउटा कार्यक्रममा ‘अड्कलाईजेसन र अन्दाजिफिकेसन’ भन्ने दुईटा शब्द प्रयोग गरे। हुन त उनको प्रस्तुती अलि वढी नै आक्रमक हुन्छ। तर, यो एपिसोडमा भने उनले स्ट्यान्डअप कमेडी सैलीको प्रस्तुती देख्न पाईन्छ।

‘दरवार हत्याकाण्ड आफनै आँखाले देखेको जसरी, आफनै अगाडि चै दिपेन्द्रलाई मुकुण्डो लगाई दिए जसरी अड्कलाईजेसन गर्ने अनि यो प्रचण्ड र ज्ञानेन्द्रको मिटिङमा आफैले चिया दिए जसरी अन्दाजी फिकेसन गर्ने। रातभरी तीन सिसी जाँड खाएर एमसीसीको पक्ष÷विपक्षमा मान्छे कुटुँला झै कुर्लनेहरुको भर नपर्नुहोला’ उनले भनेका छन्– ‘विकासको खाका नभएका डाकाहरु सत्तामा पुगे भने अहिले भएकाले भन्दा बढी लुट्छन। तिनलाई युट्युवतिरै अर्को ५ वर्षजती विजी गराउन पनि उत्तिकै जरुरी छ। यता ५ वर्ष टिकेछन र विकेछन् भने यता विचार गरौंला।’

उनले प्रयोग गरेको भाषाका सन्दर्भमा अन्नपूर्ण टुडे राष्ट्रिय साप्ताहिकमा कार्तिक २३, २०७४ मा छापिएको शरदचन्द्र वस्ती विचार स्तम्भका केही कुरा यहाँ उल्लेख गर्नु उपर्युक्त छ। ‘भाषा बिगार्दै मिडिया’ शिर्षकको विचारमा वस्तीले मिडियामा भाषिक क्षमता कमजोर भएका ब्यक्तिहरुको प्रवेशले नेपाली भाषा विगार्नमा मद्दत पुर्याईरहेको वताएका छन् ।

उनी भन्छन्– ‘पत्रकारिता भनेको भाषाको मैदानमा खेलिने खेल हो । सञ्चारमाध्यमलाई वर्गीकरण गर्दा ‘छापा’ र ‘विद्युतीय माध्यम’ भन्छौँ । यो त प्राविधिक वर्गीकरण मात्रै हो । वास्तविक सञ्चारमाध्यम भनेको भाषा मात्रै हो । भाषा राम्रोसँग बुझ्ने र प्रयोग गर्ने मान्छे मात्रै पत्रकार हुन सक्छ ।’

‘पत्रकारितामा भाषिक क्षमता सामान्यभन्दा राम्रो हुनुपर्छ । तब मात्रै पत्रकारिता गर्न होइन, पढ्न लायक ठानिने परम्परा छ, विदेशमा । १०औं वर्ष काम गरेका मान्छेहरू पनि भाषामा कमजोर भए पनि उनीहरूलाई पत्रकारितामा ल्याइएको देखिन्छ । यसमा सम्पादक र समाचार प्रमुखको दोष छ । किनकि त्यस्ता व्यक्तिहरूलाई सम्पादक र समाचार प्रमुखले ल्याउने गर्छन’ उनले भनेका छन्–‘भाषाको फैलावटमा पत्रकारिताको योगदान भए पनि पत्रकारको भाषाचाहिँ एकदमै कमजोर छ । यस हुनुको पछाडि भाषिक क्षमता कमजोर भएका मान्छेहरूले पत्रकारितामा प्रवेश पाउनुले हो । भाषिक क्षमता कमजोर हुने मान्छेको पेसा नै होइन पत्रकारिता । पत्रकारितामा फिट हुने मान्छे नै होइन ऊ ।’

र यो पनि, 

रवी लामिछाने