समाचार मनोरञ्जन कला साहित्य

नेपाली पर्वतारोही निर्मल पुर्जाको जीवनीमा आधारित फिल्म नेटफिल्क्समा रिलिज

नेपाली पर्वतारोही निर्मल पुर्जाको जीवनीमा आधारित फिल्म नेटफिल्क्समा रिलिज

 

नेपाली पर्वतारोही निर्मल पुर्जाको जीवनी माथि आधारित फिल्म ‘ फोर्टिन पिक्स ः नथिङ इज इम्पोसिबल’  आजबाट नेटफिल्क्समा रिलिज भएको छ । ३१ ओटा भाषमा डब भएको फिल्ममा निर्मलले ६ महिनाभित्रै संसारका ८ हजार मिटरमाथिका अग्ला १४ हिमाल कसरि  चढे भन्ने देखाइएको छ । 
गतसाता नेपालमा यस फिल्मको प्रिमियर गरिएको थियो ।  प्रिमियरमा निर्मल पनि सहभागि थिए भने फिल्मलाई राम्रो प्रतिक्रिया मिलेको थियो ।
निर्मालले पोसिबल अभियान अन्र्तगत रहेर २०७६ बैशाख १० गतेबाट अग्ला हिमाल चढने अभियान शुरु गरेका थिए । सो अभियान २०७६ कात्तिक १२ गते चीनको सिसापांगा हिमाल आरोहण गरे सँगै सकिएको थियो ।
सन २०१२  बाट उनले पर्वतारोहणको यात्रा शुरु गरेका थिए । म्याग्दीमा जन्मिएका निर्मल ३८ वर्षका भएका छन् । उनि ब्रिटिस आर्मी समेत हुन , सन २००३ देखि उनि ब्रिटिस सेनामा सेवारत छन् ।


 

#nirmalpurja #14peaks #netflix