समाचार राजनीति

रामचन्द्रलाई उचालेर कांग्रेसमा खेल्न खोजेपछि प्रचण्ड र देउवाको सम्वन्ध चिसियो

रामचन्द्रलाई उचालेर कांग्रेसमा खेल्न खोजेपछि प्रचण्ड र देउवाको सम्वन्ध चिसियो

सत्ता गठवन्धनका दुई प्रभावशाली नेता पुस्पकमल दाहाल ‘प्रचण्ड’ र शेरवहादुर देउवाविच खटपट सुरु भएको छ। वरिष्ठ नेता राचन्द्र पौडेललाई उचालेर कांग्रेसमा खेल्न खोजेपछि देउवा प्रचण्डसँग वटारिन थालेका छन् ।

प्रचण्डको षडयन्त्र वुझेपछि देउवा टाढिन थालेको र सोही झोकका प्रचण्ड आफैले वनाएको देउवा सरकार ढाल्न कसरत सुरु गरेको स्रोतको दावी छ।  प्रचण्ड जसरी केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकार विरुद्ध लागेका थिए अहिले त्यसैगरी देउवा विरुद्ध लागेको स्रोतको भनाई छ।

‘प्रधानन्यायाधिश चोलेन्द्र प्रकरण देखीनै देउवा प्रचण्ड सँग झस्किएका थिए। प्रधानन्यायाधिश चोलेन्द्र शमशेरका जेठान गजेन्द्र हमाललाई प्रचण्डको समेत विशेष जोडबलमा मन्त्री बनाइएको थियो’ वालुवाटार निकट उच्च स्रोत भन्छ–‘पछि यसैलाई निहुँ बनाएर चोलेन्द्रलाई हटाउँन प्रचण्डले डबल रोल खेलेपछि देउवा झस्किएका हुन ।

अहिले प्रचण्ड कुनै पनि हालतमा चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधिशबाट हटाउँनै पर्ने भनिरहेका छन् भने देउवा त्यो कुरा कुनै पनि हालतमा मान्न तयार छैनन्। यसमा पनि प्रचण्डले रामचन्द्र पौडललाई प्रयोग गरेको स्रोतको दावी छ । प्रधानन्यायाधिशको लाइनमा रहेका वरिष्ठतम न्यायाधिश दीपक कार्की रामचन्द्र पौडल निकट व्यक्ति हुन। त्यसैले कार्कीलाई प्रधानन्यायाधिश वनाउन चोलेन्द्रलाई हटाउनु पर्ने मुडमा प्रचण्ड रहेको वताईन्छ।

सोही कुरालाई बुझेर देउवा चोलेन्द्रलाई हटाउँन तयार नभएको स्रोत वताउँछ। तर, प्रचण्ड भने रामचन्द्रलाई उचालेर देउवालाई चेपुवामा पार्ने दाउमा छन् । रामचन्द्र पौडल मार्फत नेपाली काग्रेस भित्र दवाव बढाउँने र राजिनामा नदिए महाअभियोग लगाएर भए पनि चोलेन्द्रलाई सर्वोच्च अदालतबाट निकाल्ने गरी प्रचण्डले रोडम्याप बनाएको वताइन्छ।

देउवा प्रचण्डसँग रिसाउँनुको अर्को कारण ‘सरकार संचालन सम्बन्धी समन्वय संयन्त्र’ पनि हो। संविधानलेनै नचिन्ने सुपर सरकार चलाउँन प्रचण्डले पहिले देखिनै भन्दै आएका थिए। तर, प्रचण्डको कुरालाई देउवाले सुरु देखि नै वेवास्ता गर्दै आएका थिए ।

‘प्रचण्ड उच्च स्तरिय सरकार संचालन संयन्त्र बनाउँने र त्यसको संयोजक आफु बनेर देउवालाई चलाउँने सोचमा थिए। तर, त्यो अवस्था नदेखे पछि उनले रामचन्द्र पौडललाई अघि सारेर देउवालाई कमजोर वनाउन खोजे’ स्रोत भन्छ–‘त्यसले दुवैको सम्वन्धमा झनै चिसोपन आयो।’

पौडललाई प्रचण्डकै जोडबलमा सरकार संचालन समन्वय समितको संयोजक बनाए पछि देउवा फायर भएको स्रोत बताउछ। देउवाको चाहना देउवाले यस्तो संयन्त्र केहि समयका लागी मात्रै हो भनेर सार्वजनिक रुपमा बोलीसकेका छन् । त्यसैले पनि संयन्त्र उनको इच्छा अनुसार होईन भन्ने पुष्टि हुन्छ। 

नेपाली काग्रेसको रामचन्द्र पौडल समूहले आगामी निर्वाचनमा काग्रेसले रुखमै भोट हाल्न पाउँनु पर्छ भन्दै क्याम्पेनिङ गर्न थाले पछि प्रचण्डले पौडलको मुख बन्द गराउँन संयन्त्रको संयोजक बनाउँन जोड गरेको स्रोत बताउँछ ।
 

पुस्पकमल दाहाल ‘प्रचण्ड’ शेरबहादुर देउवा