समाचार

सर्वोच्चका श्रीमान प्रकाश राउतको यस्तो छ अप्राकृतिक यौन जिवन !

सर्वोच्चका श्रीमान प्रकाश राउतको यस्तो छ अप्राकृतिक यौन जिवन !

सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश हरिप्रसाद प्रधानले एउटा मुद्दामा फैसला लेख्ने क्रममा ‘सरकार भनेको चील हो, जनता भनेका चल्ला हुन । चीलले सधैँ कुखुराका चल्ला टिप्ने प्रयास गरिरहेको हुन्छ । अदालत भनेको कुखुराको माउ हो । माउले चीलबाट सधैँ चल्लालाई बचाउने गर्छ । चल्लाको रक्षाकवज हो अदालत’ भनेर व्याख्या गरेको न्यायिक इतिहास छ ।

२००८ साउन २६ देखि २०१३ जेष्ठ ०७ सम्म प्रधानन्यायाधिश रहेका प्रधानले निरङ्कुश पञ्चायती शासनकालमा प्रयोग गरेका यी शब्द लोकतान्त्रिक गणतन्त्रमा सरकारलाई चीलको संज्ञा दिँदात पाप्य नहोला तर अदालतको हकमा माउको भूमिका निभाउन सकेको छ कि छैन भनेर प्रश्न गर्ने ठाउँ भने अझै वढेर गएको छ। अहिले कतिपय मुद्दाको फैसला हेर्दा अदालतले माउको होइन चीलसँग सहकार्य गरिरहेको जस्तो पनि देखिन थालेको छ। माउले नै चीलसँग सहकार्य गरी चल्लालाई चीलको चारो बनाउन सहकार्य गर्छ भने चल्लाको हविगत के होला त्यो प्रष्ट नै छ ।

यतिमात्र होईन, नागरिकलाई न्याय दिलाउन वसेका न्यायाधिशहरु यो भन्दा माथि उठेर कतिसम्म गर्न सक्छन् भन्ने अहिलेको टड्कारो उठाहरण हुन– वहालवाला न्यायाधिश प्रमाशमान सिंह राउत।  उनले नागरकको त कुरै नगरौं आफनै श्रीमतीलाई समेत न्याय गर्न सकेका छैनन् । अझ भनौ, न्याय दिन पद ओगटेर वसेका उनले आफनै श्रीमतीलाई अन्याय गरेर प्रहरी हिरासतमा पठाउनेदेखि घरवाट निकालेर वेवारिसे वनाएको आरोप खेपिरहेका छन् ।

राउतकी श्रीमती हुन ललिताकुमारी। ०६१ मंसिर २९ गते विवाह उनीहरुको मागि विवाह भएको थियो । धनुषाको किसान परिवारमा जन्मेकी ललिताले दिदी लक्ष्मी चौहानको आग्रह तथा केटो भद्र र इमान्दार देखेर विवाह गर्न सहमति जनाईन। कपाल फुलेको र अनुहार चाउरी परेको भएपनि जिवन सहज हुने आशामा उनले राउतसँग विवाह गर्ने सहमति जनाएकी थिईन। तर, विवाह गरेपछि भने उनी छाँगावाट खसेझै भईन। प्रकाशले घरमा आफुलाई समय नदिएपछि वुझने क्रममा ‘वाहिर चरिखाने’ गरेको उनलाई थाहा भयो। न्यायाधिश राउत विरुद्ध अहिले पनि वेस्यालय धाउने गरेको आरोप छ। अधिकांश समय घर वाहिरै रहने र घरमा रहँदा पनि हस्तमैथुन गर्ने तर श्रीमतीलाई वास्ता नगर्ने गरेपछि उनले घर परिवारमा कुरा राखिन र सम्वन्ध विच्छेदका लागि आग्रह गरिन । 

‘मलाई वच्चा चाहिएको थियो, मैले पटक–पटक भने। तर वहाँले वास्तै गर्नु भएन। १÷२ वजे रातीसम्म मिटिङ्गमा हिड्ने, समय नदिने गर्नुहुन्थ्यो। वच्चा हुन्छ, हतार गर्नु पर्दैन भन्नु हुन्थ्यो। त्यसको केही समयपछि मैले औषधी खाएको छ, डेढ वर्ष पख भन्नु भयो। त्यसपछि चिना÷साईत मिलाएर, राम्रो दिन पारेर राम्रो वच्चा पाउनु पर्छ, जाडो गर्मी छलेर वच्चा जन्माउनु पर्छ भन्न थाल्नु भयो’ उनी भन्छिन्–‘त्यो वहाना सकिएपछि मलाई पढ भनेर ब्यस्त वनाई दिनुभयो। एसएलसी पास गरेर विवाह गरेर आएपछि मैले आईए गरे। आरआरमा ब्याच्लर एडमिसन गराए। त्यसपछि पनि मैले वच्चाको कुरा गरे। तर, फकाई फकाई टार्दै जानु भयो।’

मागी विवाह गरेको भएपनि उनीहरुको विचमा त्यस्तो मनमोटाव थिएन। तर, वच्चा जन्माउने विषयमा भने उनीहरुको सुरु देखिनै विवाद हुदै आएको थियो । ‘यो विषयमा मैले पटक–पटक गुनासो गरे। तर, कुनै वास्तै नगर्ने। मैले अझै पनि वच्चाका लागि तागेदा गर्न छोडिन। अरुको वच्चा भएपनि हुन्छ भने । तर, वहाँ मान्दै नमान्ने’ उनी भन्छिन्–‘ओछ्यानमा पनि फेस गर्न नसक्ने अनि वाहिर पनि फेस गर्न नसक्ने भएपछि मैले आईभिएफ (इन व्रिटो फर्टिलाईजेशन–महिलाहरूमा कृत्रिम गर्भाधान गराउने स्वास्थ्य विज्ञानको एक प्रविधि।) गर्छु भने। वहाँले हुन्छ जाउ भनेपछि म दिल्ली गए। ६ महिना औषधी खाएँ तर, सही गर्ने वेलामा वहाँ जानु भएन।’

श्रीमानले नै धोका दिएपछि उनी दिल्लीमै अलपत्र परिन। उनी भन्छिन–‘मैले खाएको औषधी मेरो जिउमै रह्यो। तर, वहाले भने एक आउँदिन,  दुई आउँदिन, तिन आउँदिन भन्नु भयो। त्यसपछि म रुएर उतै वसे। म फर्केर नआएपछि कुपण्डोलमा दिदीलाई फकाउन थाल्नु भएछ। दिदीले फोन गर्दा पनि म आईन। त्यसपछि झुक्याएर फोन गर्नु भयो र अनेकन वहाना वनाएर मलाई वोलाउनु भयो। गिडगिडाएपछि मायाँ लाग्यो, लिन आउनु भने। वहाँ पुग्नु भयो। फर्किएर आयौ। ०७३ वैशाख ९ गते म फर्केर आए। आएको दुई महिनापछि औषधीको कारणले मेरो देव्रे स्तनवाट दुध आयो। चिकित्सकलाई देखाएर रोकथाम गरे। अहिले पनि मेरो स्तनको टुप्पामा मासु र टाउकोमा ट्युमर पलाएको छ।’

‘०७४ साल वितिसक्दा पनि वच्चाको विषयमा कुनै प्रगति नभएपछि मैले फेरी पनि सम्वन्ध विछेद गरौं भने। १५ वर्षसम्म जम्माजम्मी वहाँले मसँग २÷४ पटक भन्दा वढि शारीरिक सम्पर्क राख्नु भएन। अतिचार भएपछि मैले सम्वन्ध विच्छेदका लागि दवाव दिए’ उनी भन्छिन्–‘तर, यस पटक भने वहाँले मलाई फकाउने भन्दा पनि धम्की दिनु भयो। तलाई सडकमा ल्याउँछु, नांगेझार वनाउँछु भनेर धम्की दिनु भयो।’

भर्भराउँदो जोवन हुँदा विवाह गरेर यत्रो समय विताई सकेपछि उनलाई पनि पति छोड्ने इच्छा त थिएन तर दवाव दिदा एउटा वच्चा पाईन्छकी भन्ने आशामा उनले प्रकाशलाई कहिले फकाउने र कहिले सम्वन्ध विछेदको कुरा निकालेर धम्क्याउने गरिरहिन। तर, कुनै उपाय नचलेपछि उनले अर्का कै वच्चा भएनी एडप्ट गरौं भन्ने प्रस्ताव राखिन। उनको यो प्रश्तावमा प्रकाशले सहमति जनाए । ‘मैले दाजु भाउजुलाई वच्चा पाईदिन भने। वल्ल वल्ल वहाँहरु वच्चाको लागि ओके हुनुभयो। ८ महिनाको गर्भ भएपछि मैले भाउजुलाई डिल्ली वजारमै ल्याएर स्याहार गरे। साउनमा वच्चा हुने भएपछि वहाँले नै गाडि दिनु भयो र केएमसी अस्पताल लगेर वच्चा जन्माईयो’ उनले थपिन–‘वच्चा मैले लिए। अस्पतालमा मेरै रेकर्ड उल्लेख भयो। वहाँले नागरिक्ताको फोटोकपी दिएर नामै काफी छ भन्नु भएको थियो । त्यसपछि केहिदिनपछि म वच्चा हुर्काउन सहयोगी सहित म जनकपुर (माईती) गए। असोज १० गते कटारी ननगरपालिका ३ मा वच्चाको जन्मदर्ताका लागि फर्म भरें र ११ गते जन्मदर्ता भयो। बाबु प्रकाशमान सिंह राउत र आमा ललिताकुमारी राउत, बाजे बलबहादुर राउतको नाम उल्लेख गरियो।’

त्यसपछि भने प्रकाशले सम्वन्ध विच्छेदका कुरा गर्न थालेको ललिता वताउँछिन् । ‘असोज २५ गते तिर वहाँले रिटायर्ड डिआईजी उत्तम कार्की र किशोरजंग कार्कीलाई डिभोर्सका लागि दिदीकोमा पठाउनु भएछ। दिदीले किन यस्तो गर्न लागेको भन्दा ‘वच्चा एडप्ट गरेर केरियर खराव भयो भन्ने कुरा आयो’ उनले भनिन्–‘पहिला मैले भन्दा चै टेरपुछर लगाउनु भएन। जव म ४२/४३ वर्षको भएँ। वहाँकै लागि आफनो जवानी सिद्याएँ। त्यसपछि सम्वन्ध विच्छेदको कुरा गर्दा कस्तो भयो होला ?’


त्यसपछि आफु ०७५ असोज ३० गते फुलपातीको दिन काठमाण्डौ पुगेको तर प्रकाशले आफुलाई घरमा छिर्न नदिएको वताईन । ‘प्रहरीले घरमा छिर्न दिएन। वहाँले कसैलाई छिर्न नदिनु भन्नु भएको रहेछ। दिनभर गेटमा वसे। त्यसपछि वहाँ आएर पनि मलाई वास्ता नगरी भित्र छिर्नु भयो’ उनी भन्छिन्–‘यो सवै वहाँको योजना नै रहेछ। म ट्रयापमा परे। वच्चाको कारणले मेरो केरियर खराव भयो भनेपछि सवै रेकर्ड मेटाउन थाले। अस्पतालको रेकर्ड मेटाए। कटारी नगरपालिकाको रेकर्ड पनि मेटाउन गएको वेला मसहित मेरो दाजु भाउजु सवैलाई पक्राउ गरियो ।’

उदयपुर प्रहरीले ललिता, उनका दुई दाजु बाबुराम चौहान, शिवशंकर चौहान, भाउजू बुनु चौहान र भोजकुमारी पोखरेललाई पक्राउ गरेको थियो । 

दाजुभाउजुको बच्चालाई आफ्नो बनाएर नक्कली जन्मदर्ता गरेको आरोपमा उदयपुर प्रहरीले पक्राउ गरेको थियो । न्यायाधीश राउतका बुवा बलबहादुर राउतले किर्ते गरेर जन्मदर्ता बनाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । न्यायाधीश राउत कटारीका स्थायी बासिन्दा हुन् ।

कीर्ते सही छाप ल्याप्चेसमेत लगाई नवजात शिशु दक्ष्य राउतको जन्मदर्ता बनाएको ललितादेवि र उनका दाजु भाउजुलाई प्रहरीले आरोप लगायो । उनीहरुलाई २२ दिनपछि उदयपुर जिल्ला अदालतले मंसिर ५ गते थुनाबाट मुक्त गर्न आदेश दिएको थियो ।  

पिडित ललितादेविले श्रीमानकै सल्लाहमा दाजू भाउजुको बच्चा एडप्ट गरेको र उनकै निर्देशनमा कागजात बनाएको जिकिर गरेकी छिन् । ‘मलाई किर्ते कागजात बनाएको आरोप लगाएर घरबाट बाहिर निकालियो । तर, १५ वर्षसम्म बच्चा नभएपछि उसकै सल्लाहमा दाजू भाउजुको बच्चा अडप्ट गरेको हो’–उनले भनिन् । अहिले उनिहरुको सम्वन्ध विच्छेद भईसकेको छ।

सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा विरुद्ध अहिले आन्दोलन चलिरहेका वेला श्रीमान प्रकाशमानसिंहको विषयमा पनि आवाज उठिरहेको छ। चालेन्द्रले मन्त्रिपरिषदमा भाग खोजेर आचार विपरित काम गरेको आरोप लगाउने उनै श्रीमानले पनि आफनो पदको दुरुपयोग गरी श्रीमतीलाई दिएको दिएकाले उनले पनि राजिनामा दिनुपर्ने कतिपयले कुरा उठाईरहेका छन् । ‘वहाँले त झन सामान्य नागरिकले पनि गर्न नमिल्ने गैरकानुनी काम गर्नु भएको छ। वहाँले आफै श्रीमतीलाई दुःख दिएर महिला हिंसा गर्नु भएको छ’ श्रोत भन्छ–‘त्यसमाथि वेस्यालय धाउने गरेको भनेर सामाजिक मर्यादा विपरित काम गरेको आरोप लागिसमेपछि वहाँले पदमा वसिरहनु उपर्युक्त हुँदैन।’

यो पनि 

नेपाल वारको आन्दोलनमा भाडाका वकिल, क्लाईन्ट पाईने लोभमा चोलेन्द्र विरुद्ध नारा

आन्दोलनरत १९ मध्ये ५ न्यायाधिश इजलाशमा फर्किने

प्रधानन्यायाधीश भन्छन्–वार्तामा वसौं, कानुन ब्यवसायी भन्छन्– राजिनामा दिनोस

न्यायालयका विचौलियाको नामै तोकेर सुवाष ढकालले भने ‘जावा फट्याङ्ग्रा’

राजनीतिक विवादलाई अदालतले फैसला गर्नु गलत थियोः वरिष्ठ अधिवक्ता न्यौपाने

आन्दोलनमा रिपोर्टिङ गर्न सहभागी हुने प्रत्येक पत्रकारलाई दस हजार !

नेतृ तारा वरालमाथि वरिष्ठ अधिवक्ताको योजनामा वकिलले गरे हातपात

चोलेन्द्रलाई किन राजिनामा गराउन चाहान्छन् प्रचण्ड ?

वकिलको धर्ना छलेर प्रधानन्यायाधिशले तोके ८ वटा इजलाश

एनसेलको प्रायोजनमा प्रधानन्यायाधिश विरुद्ध आन्दोलन !

सर्वोच्च अदालत प्रमाशमान सिंह राउत