प्रवास

चीन र भारतको सामरिक द्वन्दका वारेमा एक विर्मश

विपिन देव

चीन र भारतको सामरिक द्वन्दका वारेमा एक विर्मश

चीन र भारत विश्वका दुई उदियमान अर्थतन्त्रहरू हुन् । चीनियाँ नेता देङ्गले असीको दशकमा चिन र भारतका विच सौहाद्रता भएको खण्डमा २१ औं शताव्दीमा विश्वको नेतृत्व एसियाले गर्ने उदगार प्रकट गरेका थिए । देङ्गको सोचमा मौलिक परिर्वतन गर्दै चिनियाँ राष्ट्रपति सी चिन फिङले चीनको एकल नेतृत्वमा जोड दिदै आप्mनो सामरिक नीति अगाडि सारेका छन् । असीको दशकमा चिन र भारतको अर्थतन्त्रको आकार एक नासकै देखिन्थ्यो । तर वर्तमान परिवेशमा चिनियाँ अर्थतन्त्रको क्षमता भारत भन्दा ५ गुणा वढी देखिन्छ । भारतको अर्थतन्त्रको आकार ३ ट्रिलियन छ भने चिनको १५ ट्रिलियन रहेको छ । चीनको सैनिक क्षमता र कूटनीतिलाई चिनियाँ अर्थतन्त्रले दिशानिर्देश गरेको छ । चीन र भारतको वीच वढ्दो कटुता र रस्साकसीलाई आलोकित गर्दै भारतका पूर्वपरराष्ट्र सचिव विजय गोखलेले ‘द लौंग गेम’ नामक पुस्तक प्रकाशित गरेका छन् ।

पुस्तकमा चिन र भारतका विच सामरिक टकरहाटका कारणहरू वडो रोचक ढङ्गले प्रस्तुत गरेका छन् । चिन र भारतका विच कटुताका कारण चिनिया र भारतीय कूटनीतिको संवाद शैलीलाई उनले रेखाङ्किकित गरेका छन् । चिनका नेतृत्वपंक्ति संवाद शैलीमा भारतीयहरूभन्दा अब्वल रहेको कुरा उनको जिकिर रहेको छ । दार्शनिक हिसावले चीनिया कम्युनिष्ट पार्टी र महात्मा गान्धीको नेतृत्वमा रहेको भारतीय राष्ट्रिय काङ्ग्रेसको धरातल फरक रहेको कारणले गर्दा संवादको शैली पनि दुई देशको फरक रहेको छ । माओले वार्ता र विर्मश भन्दा शक्ति प्रयोगलाई वढि महत्व दिने गर्थे भने गान्धीको शब्द कोशमा शक्ति प्रयोगको कुनै अर्थ थिएन । चिनिया कम्युनिष्ट पार्टी र भारतीय राष्ट्रिय काङ्ग्रेसका विच केहि समय न्यायो सम्वन्ध पनि रहेको देखिन्छ । जापान विरुद्ध चिनियाहरूको संग्राममा भारतीय राष्ट्रिय काङ्ग्रेसले नैतिक सर्मथनका साथ साथै आर्थिक सहयोग पनि गरेका थिए । गोखलेले ६ वटा घटनाहरूको आधारमा के इंकित गरेका छन् भने चीनिया कम्युनिष्ट पार्टी भावनालाई उच्च महत्व दिदैन । तर भारतीय नेतृत्व भावनात्मक उद्वेग र सम्वेगवाट प्रभावित रहेको थियो किनभने जवाहरलाल नेहरु भावनात्मक रुपले चिनिया संस्कृति र इतिहासवाट सम्मोहित थिए । संसारको हरेक मञ्चमा चिनलाई अगाडि वढाउन चाहन्थे ।

चिनलाई स्वतन्त्र राष्ट्रका रुपमा घोषणा गरेर दौत्य सम्वन्ध अगाडि बढाउने मुलुकको अग्रपंक्तिमा भारत नै थियो । तर कालान्तरमा नेहरुले सन् १९६२ को युद्ध चिनसँग वेहर्नु प¥यो । चिन र भारतको विचको सामरिक द्वन्दलाई उजागर गर्दै भारतका पूर्व परराष्ट्र सचिव शिवशंकर मेननले पनि एक रोचक पुस्तक सार्वजनिक गरेका छन् । “इण्डिया एण्ड एसियन जि.ओ पोलटिक्स” नामक पुस्तकमा चिन र भारतका विच रहेका विवादको वारेमा व्यापक चर्चा गरिएको छ । मेननका अनुसार चिन र भारतका विचमा सम्वन्ध संतुलन गर्न भारतले आप्mनो आर्थिक वृद्धि दरमा छलाङ्ग लगाउनु पर्दछ । सन् २००८ को विश्व आर्थिक मन्दीलाई अवसरको रुपमा लिदै चीनले आप्mनो आर्थिक वृद्धि दरमा कायापलट गर्यो। भूमण्डलीकरण र खुला अर्थतन्त्रलाई पूर्ण रुपमा दोहन गर्दै अमेरिका र यूरोपको बजार र प्रविधिलाई प्रयोग गर्दै चिन आर्थिक महाशक्ति हुने वाटोमा रहेको मेननको भनाइ रहेको छ । मेननका अनुसार चिनले आप्mनो आर्थिक गतिविधिलाई बढाउँदै आप्mनो सामर्थ्य र शक्तिलाई आक्रामक ढङ्गले बढाइरहेको छ । तदनुरुप जापानसंग सिकाकु टापुको विवाद, दक्षिण चिन सागरमा आसियानको मुलुकहरूसंग विवाद, भारतसंग सीमा विवाद र अमेरिकासंग व्यापारिक युद्ध जस्ता घटनाहरूले चिनको नीतिलाई जाहेर गरेको छ ।

चिनिया कम्युनिष्ट पार्टीको सोच र प्रस्तावनालाई खारेज गर्दै मेननले प्रष्ट भनेका छन् कि विश्वका मुख्य आठवटा अर्थतन्त्रहरूमध्ये सातवटा अर्थतन्त्रहरू प्रजातान्त्रिक शैलीवाट नै अगाडि वढिरहेको छ । चिनिया कम्युनिष्ट पार्टीले आप्mनो प्रस्तावनामा नै उल्लेख गरेको छ कि प्रजातान्त्रिक पद्धतीवाट आर्थिक रुपान्तरण सम्भव छैन । मेननले चिनिया महत्वाकाक्षालाई प्रश्नको घेरामा राखेका छन् । अर्थात् चिनले आप्mनो एकल नेतृत्व विश्वको वदलिदो अवस्थामा अगाडि वढाउन सक्दैन । चिनको आर्थिक विकासका साथ साथै चिनको छिमेकीहरू दक्षिण कोरिया जापान, भारत र आसियानका मुलुकहरू पनि प्रगतिका धावकहरू हुन् । चिनका सामरिक साझेदार पाकिस्तान लगायत अन्य मुलुकहरू प्रगति र विकासका धावक नभएको उनको भनाई रहेको छ ।

मेननले अमेरिका, यूरोपेली यूनियन, भारत, अष्ट्रेलिया, जापान लगायत अनेकौ प्रजातान्त्रिक मुलुकहरू चीनको वढ्दो आक्रामकताका कारणले विभिन्न समीकरण र गठवन्धन गर्दै चीनलाई सामरिक रुपले घेरिरहेको अवस्था छ । क्वाड (अमेरिका, भारत, जापान र अष्ट्रेलियाको गठवन्धन) ओक्स (अष्ट्रेलिया अमेरिका र व्रिटेनको गठवन्ध) र इण्डोप्यासिफिक रणनीति यसका प्रतिनिधि उदाहरणहरू हुन् । मेननले आप्mनो पुस्तकमा भारतले आप्mनो नीतिमा परिर्वतन ल्याउन पर्ने जोड दिएका छन् । अर्थात् भारतले आप्mनो सम्वन्ध अमेरिकासंग घनिभूत गर्दै आप्mनो पुरानो र वलियो सामरिक साझेदार रसियासंग पनि आप्mनो सौहद्रतामा जोड दिनु पर्दछ । साथ साथै इरानसंग पुरानो सम्वन्धलाई पनि भारतले उच्च महत्व दिनु पर्ने तर्क मेननको रहेको छ । मेननले भारत र चिन विच सीमा टकरहाट भए तापनि भारत र चीनको व्यापारिक सम्वन्ध १०० विलियन डलर भन्दा माथि गएको वर्तमान अवस्थामा समेत चीन भारतको सबभन्दा ठुलो व्यापारिक साझेदार रहेको छ । एक व्याख्यान ग्लावान घाटीको द्वन्द सामाधानको विषयमा मेननले प्रष्ट रुपमा के भनेका छन् भने चिनको सैन्य भण्डारण र सैनिक तैनातीको कारण चिनिया कम्युनिष्ट पार्टीको दिशानिर्देश रहेको  छ ।

अर्थात् चिनिया कम्युनिष्ट पार्टीको २० औं काङ्ग्रेस अधिवेशनपछि नै चिनले आप्mनो सैन्य र सामरिक नीतिमा परिर्वतन ल्याउने मेननको आशंका रहेको  छ । वर्तमान परिवेशमा भारतलाई दवावमा राखेर चिनले दक्षिण एशियाका मुलुकहरू भुटान लगायत अरुलाई के संकेत गर्न खोजेको छन् भने भारतले दक्षिण एसियामा अभिभावकीय भूमिका खेल्न सामरिक रुपले सवल रहेको छैन । अर्थात् ग्लवान घार्टीमा चिनको सैनिक तैनातको कारण दक्षिण एसियाको नीति पनि रहेको मेननको तर्क रहेको छ । विजय खोखलले र मेनन भन्दा पृथक् दृष्टिकोण राख्दै सिंगापुर लि क्यावन विश्व विद्यालयका सामरिक जानकार कान्ति वाजपेयीले पनि एक रोचक पुस्तक सार्वजनिक गरेका छन् । इण्डिया एण्ड चायन क्याननेभर वि फ्रेण्डस” रहेको पुस्तकले चिन र भारत विचको कटुतालाई उजागर गर्ने प्रयास गरेका छन् । कान्ति वाजपेयीले चिन र भारतका विच चारवटा मानक भिन्नताका कारणहरूलाई व्याख्या गरेका छन् । पहिलो कारण हो “दृष्टिकोण” । चिनियाहरू १९ औं शताब्दीदेखि नै भारतेलीहरूलाई हेपहा दृष्टिकोणले हेर्ने गर्दछ । विट्रिश उपनिवेशवादमा लामो समय रहेको कारणले गर्दा भारतेलीहरू अमेरिकी र यूरोपेलीहरूप्रति वढि आकर्षण रहेको चिनिया कम्युनिष्ट पार्टीले चीनिया मानसपटलमा एउटा भाष्य निर्माण गरेको छ । चिन र भारतका विच अर्को कटुताको कारण तिब्वत रहको कुरा वाजपेयीको तर्क रहेको छ । तिब्वतेलीहरू प्रचूर मात्रामा भारतमा शरण लिनु दलाई लामा भारतमा वस्नु, अमेरिका र यूरोप तिब्वतको मामिलामा भारतसंग सम्र्पक र सम्वन्ध बढाउन खोज्नु जस्ता घटनाले चीन भारतसंग चिढिएको छ । वाजपेयीले तेस्रो कारणका रुपमा भारतीय लोकतन्त्रलाई पनि अगाडि सारेका छन् । चीनमा भारतीय लोकतन्त्र प्रति नकारात्मक छाप रहेको कुरा वाजपेयीको सोधले जाहेर गरेको छ । चौथो कारणमा चीन र भारतका विच आर्थिक विकासको खाडलले गर्दा पनि सामीप्यता अगाडि नवढेको वाजपेयीको तर्क रहेको छ ।

वास्तवमा भन्ने हो भन्ने भारतको लागि सवभन्दा ठुलो चूनौती नै चीनिया आक्रामकतालाई सन्तुलन गर्नु हो । भारतले दक्षिण एसिया आप्mनो व्यापारिक नीतिमा आमुल परिर्वतन ल्याउनु पर्दछ । प्रविधि र भूगोलको कारणले भारत दक्षिण एसियाको व्यापारिक ट्रान्जिट वन्न सक्दछ । संस्कुति र लोकतन्त्रले गर्दा दक्षिण एसिया र पूर्वी एसियामा व्यापार घनीभूत रुपले अगाडि बढन सक्दछ । अर्थात् भारतको प्रजातान्त्रिक पद्धतिको कारणले गर्दा पूर्वीय एसिया र मध्य एसियामा सम्वन्ध सघन भएको कारणले गर्दा जनसांख्यिक लाभांष, खुलाअर्थतन्त्र, उदीयमान वजारलाई आधारस्तम्भ बनाई आर्थिक रुपान्तरण गर्दै चीनसंग राम्रो सम्वन्ध बनाउ‘नु भारतको प्रमुख चूनौती र अवसर समेत रहेको छ ।