समाचार

मातृका यादव भन्छन्– पहाडमा थाहा छैन, मधेशमा वालविवाह गर्न पाउँनु पर्छ

मातृका यादव भन्छन्– पहाडमा थाहा छैन, मधेशमा वालविवाह गर्न पाउँनु पर्छ

नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले मधेशमा वालविवाहलाई मान्यता दिनु पर्ने माग गरेका छन् । सोमबार कानुन न्याय तथा मानवअधिकार समितिमा भएको छलफलमा सांसद यादवले पहाडमा नभए मधेशमा वालविवाहलाई वैधानिक वनाउन माग गरेका हुन ।

मुलुकी देवानी संहिता–२०७४ मा केटा र केटी दुवैका लागि विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । २० वर्षभन्दा मुनिको विवाहलाई वालविवाह मानेर कारवाही गर्ने कानुनी प्रावधान छ। तर, उनले विवाहको उमेर घटाउनुपर्ने माग गरेका छन् । ‘विवाहको उमेर घटाउनै पर्छ । पहाडमा त के हो के हो मधेसमा त उमेर घटाउनै पर्छ’ उनले भने–‘युरोपमा त पढ्छन् र ढिलो विवाह हुन्छ । हाम्रो मधेसमा त गरिबी छ । बढी उमेर भयो भने त गाह्रो हुन्छ । दाइजोलगायतले पनि गाह्रो हुन्छ । पढाउन गाह्रो छ।’

यादवको भनाइमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले पनि समर्थन जनाएका छन्। यस्तै, समितिका सभापति कृष्णभक्त पोखरेलले विद्यमान कानुनमा शारीरिक सम्पर्कका लागि १८ र विवाहका लागि २० वर्ष तोकिएकाले पनि समस्या निम्तिएको बताए । उनले यसमा केही हेरफेर हुनुपर्ने पनि बताए ।

पुर्वमन्त्री समेत रहेका नेता यादवले लिभिङ टुगेदरलाई पनि कानुनी मान्यता दिनुपर्ने बताएका छन् । ‘चोरी–चोरीकन बस्छन् र अपराध हुन्छ । यी विषयहरूलाई क्लियर गर्नुपर्छ ।’– उनले भने।

मातृका यादव वालविवाह