समाचार राजनीति प्रदेश २

सिके राउत भर्सेज लालवावु राउत, मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

सिके राउत भर्सेज लालवावु राउत, मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले जसपाका नेता लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकार भ्रष्टाचारमा डुबेको भन्दै प्रदर्शन सुरु गरेको छ।

जनमत पार्टीका नेता कार्यकर्ताले सोमबार मुख्यमन्त्री कार्यालय अगाडि नाराबाजी गरेका छन्। प्रदर्शनमा ‘भ्रष्टाचारी पार्टी मधेश छोड्, भ्रष्टाचारी होशियार, भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्ट सरकार राजीनामा दे, मधेशी जनता के भन्छ– भ्रष्टाचारीलाई जेल दे भन्छ, भ्रष्टाचारी मुख्यमन्त्री राजीनामा दे’ जस्ता नारा लगाइएको थियो।

नाराबाजी गर्दै उनीहरू मुख्यमन्त्री कार्यालय भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो। प्रदेश सरकारले गरेको अनियमितताकै कारण अख्तियारले छापा मारेको भन्दै जनमतका नेताहरुले भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने माग गरेका छन्। 

उनीहरूले जनकपुरधाम उपमहानगरपालिका र खानेपानी कार्यालयमा समेत तालाबन्दी गरेका छन्। जनकपुर उपमहानगरपालिकामा उनीहरुले तोडफोड समेत गरेका छन् । न्यायिक समितिको कार्यकक्षमा तोडफोड भएको छ।

सिके राउत जनमत पार्टी लालबाबु राउत प्रदेश २ भ्रष्टाचार