समाचार कभर स्टोरी प्रदेश ७

बझाङमा पर्यटन मन्त्री आलेमाथि ऐन महरको साइबर आक्रमण !

बझाङमा पर्यटन मन्त्री आलेमाथि ऐन महरको साइबर आक्रमण !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तत्कालिन समयमा प्रधानमन्त्रीहुँदा ओलीका समर्थकको गतिविधि र उनीहरुले सामाजिक सञ्जालमा प्रकट गर्ने अभिव्यक्तिले अनेक किसिमका संज्ञा पाउने गरेका थिए । दुईतिहाइ नजिकको संसदीय बहुमतसहित ओली प्रधानमन्त्री बनेपछि उनका समर्थकहरूलाई अरिगांल तथा साइबर सेना भनेर पर्यावाचि दिइन्थ्यो ।

तत्कालिन समयमा सत्ताको वचावट गर्दै आएको ओलीको साइवर सेना उनको विल्लीबाँठ भएसँगै कुप्रचार अर्थाथ साइबर हमलामा सक्रिय भएको छ । जसको उदाहरण हालसालै बझाङमा विद्यार्थी नेता ऐन महरले प्रर्दशन गरेकाछन् ।

नेकपा एमालेको विद्यार्थी संगठनका नेता ऐन महरले पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आलेमाथि अहिले बझाङबाट साईबर हमला गरेको आलोचकहरुको आरोप छ । ‘पर्यटन मन्त्री आलेले बझाङको हवाईजहाज सुविधा बन्द गर्छु भनेर धम्की दिएर गएको’ भन्दै सामाजिक सञ्जालमार्फत कुप्रचार गरेको अर्थात साइबर आक्रमण गरेको महरको आलोचना गर्ने पंक्तिको ठहर छ । महरले ‘पर्यटन मन्त्री आलेले बझाङको हवाईजहाज सुविधा बन्द गर्छु भनेर धम्की दिएर गएको’ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । त्यस लगत्तै महर निकट कार्यकर्ताहरुले सोही आसयको फेसबुक स्टाटस लेखिरहेकाछन् ।

पर्यटन मन्त्री आलेले बाढी पहिरोको कारण बझाङको सडक अवरुद्ध भएको हुँदा जनताको सेवाको लागि अर्काे प्लेन सुचारु गर्ने बताएका थिए । तर, महरको सक्रियतामा त्यसलाई कुप्रचार गरिएको बझाङका एकजना पत्रकारले बताए । महर लगाएत केही पत्रकारहरुको सक्रियतामा पर्यटन मन्त्री आलेमाथि साइबर हमला भएको प्रत्यक्षदर्शीको विश्लेषण छ ।

मन्त्री आलेले हवाई सुविधा बन्द गर्ने नभएर थप प्लेन थपेर व्यवस्थित गर्ने भनेको थिए । तर त्यसैलाई कुप्रचार गरियो भन्दै मन्त्री आलेसँग प्रत्यक्ष संवाद गरेका इन्जिनियर डिबि बोहराले  फेसबुकमा लेखेकाछन्, ‘कसले कति बेला भन्यो कुरै नबुझी सम्बन्धित ठाउँमा उपस्थित नभइै हावाको भरमा कुप्रचार भयो । एउटा हवाईजहाजले बझाङ्गी यात्रुलाइ धान्न सक्दैन अर्को पेलेनको पनि ब्यवस्था गर्नु पर्छ । भाडादर पनि घट्नु पर्छ भन्दा हवाइजहाज बन्द रे । सकिन्छ भने भाडादर घटाउने समाचार लेखौ टिकटको ब्यवस्थापन गरौ कुप्रचार नगरौं ।’

जनता घरबार बिहिन भएकाबेला महर कुप्रचार र राजनिति गर्न लागेको भन्दै बझाङबासी युवाले सामाजिक सञ्जालमा रिष आक्रोस पोखेकाछन् । महरको साइबर हमलालाई लक्षित गर्दै जनक मण्डेल नाम गरेका फेसबुक प्रयोगकर्ताले ‘ओलीका कुलंगारहरु, थुक्क’ भन्दै लेख्छन्, ‘यो विपतको बेलामा ओलीका छाउडाहरुलाई राजनीतिक गर्नु पर्या छ । थुक्क ! बझाङ नै शोकमग्न छ, यति बेला समिट एयरको प्लेन बन्द गर्ने धम्कि दियो भनेर कुप्रचार गर्दैछन् । छि लाजनिति ! ओलीका कुलङ्गार छाउडाहरु हो अलि कति त लाजमान !’