समाचार

बाढी, पहिरो र डुबानमा परेर ३१ जनाको मृत्यु, ४३ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परेर ३१ जनाको मृत्यु, ४३ जना बेपत्ता

अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर मुलुकका विभिन्न स्थानमा ३१ जनाको मृत्यु भएको छ भने ४३ जना बेपत्ता भएका छन्।

गृह मन्त्रालयका अनुसार विपदमा परेर २२ जना घाइते भएका छन । वेपत्ता हुनेको संख्या धेरै रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्ने सम्भावना छ।

हालसम्म इलाममा ७, पाँचथरमा ६, डोटीमा ७, धनकुटामा ६, सुनसरीमा २, कालीकोटमा १, डडेल्धुरामा १ सहित ३१ जनाको मृत्यु भएको छ। पहिरोले पुरेर हुम्लामा ६, बझाङमा २३, कैलालीमा ४ सहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएका छन् ।

बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएका छन्। रातिदेखि नै वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेको जनाईएको छ। 

प्रदेश १, बागमती र  गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, बागमती, गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

बाढीपहिरो