समाचार

पूर्बपतिले बिवाह गरेको केही दिनमै मिना ढकाललाई कस्तो संकट ?

पूर्बपतिले बिवाह गरेको केही दिनमै मिना ढकाललाई कस्तो संकट ?

हाँस्य कलाकार मनोज गजुरेलले २५ असोजमा नेपाल सरकारको न्याय सेवामा कार्यरत अधिकृत मञ्जु पोखरेलसँग दोश्रो विवाह गरे।

पूर्वपत्नि मिना ढकालसँग सम्वन्ध विच्छेद गरेको ४ वर्षपछि दोस्रो विवाह गरेका गजुरेलले त्यसको जानकारी फेसवुक स्ट्याटस मार्फत गराए । ०७४ माघ ९ गते सम्बन्ध विच्छेद गरेका मनोज र मिनाका १ छोरा र १ छोरी छन् । २०५३ सालमा प्रेम विवाह गरेका उनीहरु करिव २२ वर्ष सँगै वसेपछि आपसी सहमतिमै सम्वन्ध विच्छेद गरेर छुट्टिए।

तर, मनोजले विवाह गरेको केहि समयपछि नै मिनाले असन्तुष्टी जनाईन । मिनाले फेसवुक मार्फत आफ्नो असन्तुष्टी  सार्वजनिक गर्दै लेखिन्–‘स्टप, स्टप, स्टप योर ननसेन्स, नोम मोर इन्वक्स प्लिज।’ उनको यो स्ट्याटसले पूर्वपति गजुरेलको विवाह प्रतिको असन्तुष्टीलाई संकेत गरेको छ। तर, उनले यसमा कसैको नाम भने खुलाएकी छैनन् । मनोजले विवाह गरेको कुरा शेयर गर्ने साथीहरु प्रति पनि यो स्ट्यास लेखिएको हुन सक्छ।

मिनाले सम्वन्ध विच्छेद लगत्तै पनि मनोजले दोस्रो विवाह गर्न नसक्ने प्रतिक्रिया जनाएकी थिईन । आफुले वनाई दिएको घरमा मनोजले दोस्रो महिलालाई श्रीमतीका रुपमा भित्र्याउन नसक्ने र छोराछोरीले पनि त्यसलाई सहन नगर्ने उनको भनाई थियो ।

यति भन्दा भन्दै पनि मनोजले दोस्रो विवाह गरेपछि मिना यतिवेला तनावमा छिन् । मनोजको विवाहको प्रसंगमा अझै पनि उनका प्रतिक्रियाहरु आउन रोकिएका छैनन् । नामै तोकेर नभने पनि उनका अधिकांश अभिब्यक्ति मनोज गजुरेल प्रति नै लक्षित हुने गरेका छन् ।

पछिल्लो चरणमा भने उनी गुरुको सरणमा पुगेकी छिन् । चितवनको सौराहामा आयोजना हुने क्याम्पमा सहभागि हुन आफु त्यहाँ जान लागेको मिनाले जनाएकी छिन् । उनले टिकटक मार्फत भनेकी छिन्–‘अव करिव एक हप्ता चै मेरो टिकटक सान्त रहन्छ। किनकी म काठमाण्डौं वाहिर जाँदैछु । किन भने मलाई गुरुले वोलाउनु भएको छ। जव–जव धर्तीमा पापको जन्म हुन्छ। अनि श्री कृष्णले जन्म लिनु हुन्छ भने जस्तै। जव जव संकट आईलाग्छ। समस्या आउँछ। अनि त्यो वेला चै गुरु चाहिन्छ। गुरुको आशिर्वाद चै लिनुपर्छ ।’

त्यही भएर गुरुले वोलाउनु भएको र आफु गुरुको सरणमा जाँन लागेको उनले जनाएकी छिन् । त्यहाँ पुगेपछि समस्याको समाधान कसरी गर्ने, कसरी अघि वढ्ने लगायतका विषयमा नयाँ वाटोहरु निस्कने उनले वताएकी छिन् । 

यो पनि

मनोज गजुरेलले दोस्रो विवाह गरे लगत्तै पूर्वपत्निको यस्तो असन्तुष्टी

कलाकार मनोज गजुरेलले गरे दोश्रो विवाह, सम्वन्ध नगिजोल्न आग्रह

मनोज गजुरेल मीना ढकाल