समाचार कभर स्टोरी प्रदेश ७

माओवादीको सुदूरपश्चिम कमिटी चयनमा असन्तुष्टि, समानान्तर कमिटी गठन हुन सक्ने

माओवादीको सुदूरपश्चिम कमिटी चयनमा असन्तुष्टि, समानान्तर कमिटी गठन हुन सक्ने

नेकपा माओवादी केन्द्र सुदूरपश्चिमा प्रदेश कमिटी चयन गर्दा पदाधिकारी चयनमा चर्काे असन्तुलन देखिएको छ । प्रदेश कमिटीको पदाधिकारी चयन पुर्वाग्रही, अवैज्ञानिक र असन्तुलित भएको भन्दै पार्टीको एउटा खेमा असन्तुष्ट भएको छ ।

पार्टीका सिनियर नेताहरुलाई प्रदेश कमिटी सचिवालयमा नसमेटीएको, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकलौटी रुपमा जम्बो प्रदेश कमिटी सचिवालय विस्तार गरेको तथा बुहारी विना मगरको बारेमा फरक मत राख्ने नेताहरुलाई अघोषित कारबाही गरेको भन्दै माओवादी पंक्तिभित्र तिव्र असुन्तुष्टि चुलिएको छ ।

पार्टीमा योगदान भएका, सिनियर नेताहरुलाई प्रदेश कमिटी सचिवालयमा नसमेटेर एउटा गुटलाई मात्र हाबी गराएको भन्दै सुदूरपश्चिम प्रदेशमा समानान्तर कमिटी विस्तार हुन सक्ने संकेत केही माओवादी नेताहरुले देखाएकाछन् । आइतबार नेकपा माओवादी केन्द्रको स्थायी कमिटीले सुदूरपश्चिमबाट पार्टीमा प्रतिनिधित्व गर्ने १३ जना केन्द्रिय सदस्य मध्ये ९ जना केन्द्रिय सदस्यलाई प्रदेश कमिटी पदाधिकारीमा चयन गरेको थियो ।

पार्टीको स्थायी कमिटीले ईन्चार्जमा खगराज भट्ट, सह–ईन्चार्जमा लक्ष्मण दत्त जोशी, तारामान स्वार, नेप बहादुर चौधरि, त्रिलोचन भट्ट, बिना मगर, बिरमान चौधरी अध्यक्षमा सरद सिह भण्डारी र सचिब देबिलाल चौधरीलाई चयन गरेको थियो । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने ९ जना केन्द्रिय सदस्यलाई प्रदेश कमिटीको विशेष जिम्मेवारी दिएर जम्बो प्रदेश कमिटी घोषणा गर्दै गर्दा ४ जना केन्द्रिय सदस्यहरु भने प्रदेश कमिटीको दाधिकारी भित्र अटाउन सकेनन् । केन्द्रिय सदस्यहरु देविराज रेग्मी, रेणु चन्द, नरेन्द्र कुवँर र रुपा चौधरीभने प्रदेश कमिटी सचिवालयमा परेनन् ।

अहिले चयन भएका सात जना सह इन्चार्ज मध्ये देवराज रेग्मी सबैभन्दा सिनियर नेता हुन् । नरेन्द्र कुवँर पार्टीको सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षको दाबेदार थिए । तर हालै विस्तारीत प्रदेश कमिटी सचिवालयमा यी दुवै जनाको नाम अटाउन सकेन । ‘माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा प्रचण्ड बुहारी विना मगर आकांक्षी थिइन् । उता नरेन्द्र कुवँर पनि अध्यक्षको दावेदार थिए । देवराज रेग्मी लगाएत केही नेताहरु पार्टी जोगाउने भए नरेद्र कुवरलाई प्रदेश कमिटी अध्यक्ष बनाउनु पर्छ भनेर प्रचण्डलाई भेटेका थिए । जसले विनालाई प्रदेश कमिटी अध्यक्ष बनाउनु पार्टीको लागि उपर्युक्त हुँदैन भनेर फरक मत राखेका थिए उनिहरुलाई नै जिम्मेवार विहिन बनाएर अघोषित कारबाही गरको छ ।’ एक जना माओवादी नेताले भने ।

माओवादी अध्यक्ष प्रचण्डले पार्टीलाई २०६४ कै अवस्थामा ल्याउनु पर्छ भनेर भन्दै गर्दा यस्तो स्वेइच्छाचारी प्रवृतीले पार्टीले गति लिन नसक्ने माओवादी केन्द्रका बझागं जिल्ला अध्यक्ष मिन बहादुर कुवरको भनाइ छ । उनि भन्छन्, ‘पार्टीभित्र निकै अन्याय भएको छ । पार्टी भित्रका पाका व्यक्ति देवराज रेग्मी, सुदूरपश्चिम भरिनै एउटा मात्र प्रत्यक्ष निर्वाचित नेतृ देवकी मल्ल, नरेन्द्र कुवर, रुपा चौधरी, रेणु कुवरलाई प्रदेश कमिटीको कुनै भुमिकामा नराखेर दण्डित गरिएको छ । प्रचण्ड बुहारी विना मगरको बारेमा फरक मत राख्ने व्यक्तिहरुलाई अघोषित रुपमा कारबाही गरेको देखियो । यो तरिकाले पार्टीका लागि सेवा गर्ने, पार्टीको लागि खट्ने मान्छेहरु विचलित भएकाछन् ।’

देवराज रेग्मीलाई बझागं जिल्ला इन्चार्जको जिम्मेवारी दिइएकोमा रेग्मीले राजिनामा दिने घोषणा गरिसकेकाछन् । पार्टीले स्वेइच्छाचारी ढंगले काम गरेकोहुँदा दशै लगत्तै समानान्तर प्रदेश कमिटी गठन हुनसक्ने एक जना माओवादी नेताले जानकारी दिएकाछन् । प्रदेश सचिवालयको चयन पार्टीको स्थायी कमिटीले टुंगो लगाउने भएपनि स्थायी कमिटीको जानकारी बिना नै अध्यक्ष प्रचण्डले बुहारी विना मगरको प्रभावमापरी पदाधिकारी सिफारिस गरेको आरोप समेत लागेको छ ।

प्रदेश कमिटीका पदाधिकारी चयनको विवादास्पद निर्णयको असर कार्यकर्तासम्म पुगेको छ । माओवादी कार्यकर्ता हर्क कुवरले लेखेकाछन्, ‘ नेकपा (माओवादी केन्द्र) केन्द्रिय कमिटीमा सुदुरपस्चिम प्रदेशका १३ जना केन्द्रिय कमिटी सदस्यहरु मध्येबाट १० जना इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचीवमा मनोनीत हुँदा ३ जना नरेन्द्र कुवर देबराज रेग्मि र रुपा थारु किन अटाएनन्? त्यो संरचना भित्र, कुन मापदण्डको अधारमा अरु अटाए र उहाँहरु अटाएनन्? यसको जवाफ आम कार्यकर्ताले खोज्नुपर्छ । तदर्थबादी सङ्गठनात्मक संरचनाको परिपाटी अन्त्य नहुन्जेल माओवादी केन्द्रको हरेक तहका कमिटीमा चयन हुने प्रक्रिया यस्तै हो र यसले पार्टीलाई कहाँ पुर्याउछ सहजै अनुमान गर्न सकिन्छ ।’

सहइन्चार्जमा रेणु चन्दलाई सिफारिस गरिएको चर्चा भएपनि उनि नपरेको बताइन्छ ।

यस्तै माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य रामचन्द्र रोकायाले पनि प्रदेश कमिटीको पदाधिकारी चयन सम्बन्धि विवादमा असन्तुष्टि व्यक्त गरेकाछन् । फेसबुकमा उनि लेख्छन्, ‘स्वच्छचारी प्रवृतीले पार्टी बनाउदैन बरु भत्काउछ । पुस छ गते देखि जुन प्रबृतिका बिरुद्ध लडियो आज त्यो प्रवृती अखिल क्रान्तिकारी हुँदै सुदुरपश्चिम प्रदेशको पार्टी जिम्मेवारी बाडफाडसम्म देखा परेको छ । टुटफुट र बिभाजनले थला परेको माओवादी आन्दोलन ससक्त रुपमा माथि उठाउन हनुमानहरुले मात्र सक्दैनन् आम नेता कार्यकर्ताको आबस्यकता पर्छ । जब अन्याय हुन्छ त्यो ठाउमा बिद्रोहको विगुल बच्छ ।’

माओवादीभित्र असन्तुष्टि