समाचार अपराध सुरक्षा

१३ वर्षिया छोरी वलात्कार, ५ महिनाको गर्भपतन गराउन जाँदा अस्पतालवाट पक्राउ

१३ वर्षिया छोरी वलात्कार, ५ महिनाको गर्भपतन गराउन जाँदा अस्पतालवाट पक्राउ

वलात्कार गरिएकी १३ वर्षकी छोरीको गर्भपतन गराउन विराटनगर पुगेका एक वावुलाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारबाट बसेको करिब पाँच महिनाको गर्भ पतनका लागि अस्पताल लगिएपछि करणीको रहस्य खुलेको हो ।
गर्भ गर्भपतन गराउन छोरी लिएर नोबेल मेडिकल कलेज विराटनगर गएका बेला सुनसरीको बराहक्षेत्र नगरपालिका– ९ का ५० वर्षका पुरुष पक्राउ परेका हुन ।

गाउँमै गर्भपतनको प्रयास गर्दा छोरीको अवस्था नाजुक वन्दै गएपछि शुक्रबार विराटनगर ल्याईएको थियो । वालिकालाई गर्भपतनका लागि ल्याएपछि स्वास्थ्यकर्मीले आशंका गरेर केरकार सुरु गरेका थिए । सोहि समयमा वावुले वलात्कार गर्दा गर्भ रहेको जानकारी प्राप्त भएपछि स्वास्थ्यकर्मीले प्रहरीलाई खवर गरेका थिए ।

ति पुरुषले पनि आफुले नै छोरी वलात्कार गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ । प्रहरीले गर्भपन गरिएको बच्चाको डीएनए जाँचका लागि पठाइएको जनाएको छ ।