समाचार राजनीति

खानेपानी मन्त्रीवाट राजिनामा दिएपछि कता छिन बिना ?

खानेपानी मन्त्रीवाट राजिनामा दिएपछि कता छिन बिना ?

नेकपा प्रचण्ड–माधव समुहका ७ मन्त्रीले पुस ५ गते सामुहिक राजिनामा दिए। कतिपय मन्त्रीले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर गलत गरेको वुझाईका कारण राजिनामा दिए भने कतिपयले वाध्यताका कारण राजिनामा दिनुपर्यो ।

जे होस राजिनामा दिएपछि तत्कालिन मन्त्रीहरु प्रायः फुर्सदमा छन् । राजीनामा दिने मध्ये पुर्व खानेपानीमन्त्री विना मगर पनि फुर्सदिली देखिएकी छिन्। यहि फुर्सदको सदुपयोग गर्दै उनले गत माघ २ गते सामाजिक सञ्जालमा एउटा फोटो पोष्ट गरिन। ‘हामी पनि यता छौ है’ लेखेर पोष्ट गरिएको उक्त फोटोमा उनीसहित ३ जना वालवालिका पनि छन् । प्राईभेट गाडिमा खिचिएको फोटोमा उनी आफै ड्राइभिङ्ग सिटमा वसेकी छिन् ।

‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्ड छातिमा टाँसेर ‘प्रतिनिधि सभा विघटन’ विरुद्ध पुस १० गते माइतीघरमा सडकमै वसेका ससुरा पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको समर्थनमा हालिएको उक्त फोटोले उनलाई नराम्ररी पछ्याएको छ ।

 ‘हामी पनि यता छौ है’ भन्दै हालिएको उक्त फोटोमा राम्रा नराम्रा धेरै कमेण्ट आएका छन् । तर, अधिकांश कमेण्ट उनका लागि नकारात्मक छन्। चेतन क्षेत्रीले–‘१७/१८ वर्ष अगाडि भुटेको मकै खादै जंगल वस्ने योद्धा आज वच्चालाई पपकर्न खुवाउन दरवारमार्ग हैन किंग्सवे तिर लैजाँदै’ लेखेका छन् भने केशव वोहोराले ‘ड्रम लिनु भएन त दिदी रु मेलम्चीको पानी ल्याउनु परेन भन्या रु’ भन्दै ब्यंग्य गरेका छन् ।


अनमोल अभिनासले ‘वधाई छ कमरेड आर्थिक/सामाजिक/राजनीतिक हरेक कुरामा छलाङ्ग मार्नु भएकोमा। अँ साँची मेलम्चीलाई कता ल्याएर छोड्नु भयो त है कमरेड रु’ लेखेका छन् भने सुवास थापाले ‘राज्यको ढुकुटी दोहन गर्न सगरमाथा चढ्न भनेर पठाएको प्रचण्डको छोरा प्रकाशले सगरमाथा चढ्न भुलेर बिचैबाट... ल्याईएकी बिना मगर आज एकाएक युवराज्ञी भएकी छौ। तिमी हिजो कहाँ थियौ र आज कहाँ छौ भन्ने नेपाली जनतालाई राम्रो संग थाहा छ नकी हिजो चप्पल पड्काएर हिड्ने तिमीले आज करोडौको पजेरो चढेर हामी यता छौ भनिरहनु पर्दैन।’

पुर्व खानेपानी मन्त्री मगर कञ्चनपुरबाट प्रत्यक्ष चुनाव जितेकी तत्कालिन माओवादी केन्द्रकी सांसद हुन । ०५१ सालमा ११ वर्षको उमेरमै उनी माओवादीको बाल कलाकार बनेको माओवादी नेताहरुको दाबी छ । काठमाडौंमा माओवादी आन्दोलनमा सक्रिय रहेकै बेला ०६० सालमा उनलाई सेनाले गिरफ्तार ग¥यो र भैरवनाथ गणमा २७ महिनासम्म बन्दी जीवन बिताइन् । शान्ति प्रक्रिया प्रवेशपछि उनी फेरि अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला अध्यक्ष भइन् ।

०६४ सालको स्ववियू निर्वाचनमा उनी सरस्वती क्याम्पस लैनचौरको स्ववियू सभापतिमा विजयी भइन् । यससँगै उनी पार्टीको केन्द्रीय सदस्य बनिन् । उनी माओवादीको पोलिटब्यूरो सदस्य समेत वेनेकी थिईन ।