समाचार अपराध सुरक्षा

११ वर्षिया वालिका वलात्कार गरेको आरोपमा विरगञ्जवाट भारतीय नागरिक पक्राउ

११ वर्षिया वालिका वलात्कार गरेको आरोपमा विरगञ्जवाट भारतीय नागरिक पक्राउ

आफनै साथीकी ११ वर्षिया छोरी वलात्कार गरेको आरोपमा विरगञ्जवाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारत विहारस्थित पलनवा ग्राम पंचायत लौकरिया– घर भई पर्साको बीरगञ्ज महानगरपालिका– १ मा वस्दै आएका ३५ वर्षिय अरुणायन (नाम परिवर्तन) की छोरीलाई वलात्कार गरेको आरोपमा पश्चिमी चम्पारण स्थित चनपटिया ग्राम पंचायत टिकुलीया–१३ का ३४ वर्षिय नेहाल मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

माघ ९ गते कोठा खोज्दै अरुणायनको कोठामा पुगेका नेहाल राती उनकै घरमा सुतेका थिए । उनले राती करिव साढे १० वजे अरुणायनकी ११ वर्षिया छोरीलाई वलात्कार गरेको र वालिका कराएपछि त्यहाँवाट फरार भएको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।