समाचार स्वास्थ्य राजनीति

माघ १४ देखि कोरोनाको खोप लगाउने सरकारको तयारी 

माघ १४ देखि कोरोनाको खोप लगाउने सरकारको तयारी 

सरकारले माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप लगाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् । 

सशस्त्र प्रहरी बलको २०औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमडौंमा आयोजित कार्यक्रममा सम्वोधन गर्दे उनले खोप लगाउनका लागि समूह पनि तयार पारिसकेको बताए । मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

पहिलो चरणमा अग्रभागमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरे ।

प्रधानमन्त्री ओलीले शान्ति, सुरक्षा, अमन चयनलगायत विपद् व्यवस्थापन र संकटका बेला सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै समयानुसार परिमार्जित हुँदै अघि बढ्न सशस्त्र प्रहरीलाई आग्रह गरेका हुन् ।