समाचार स्वास्थ्य

भारतले अनुदानमा दिएको कोरोनाभाइरसविरूद्धको भ्याक्सिन काठमाडौं आईपुग्यो

भारतले अनुदानमा दिएको कोरोनाभाइरसविरूद्धको भ्याक्सिन काठमाडौं आईपुग्यो

भारत सरकारले नेपालीका लागि ले अनुदानमा दिएको कोरोनाभाइरसविरूद्धको १० लाख डोज भ्याक्सिन बिहीबार काठमाडौं आएको छ ।

एयर इन्डियाको जहाजबाट खोप बिहीबार बिहान त्रिभुवन विमानस्थलमा ल्याइएको छ। भारतले दिएको खोप ४ लाख मानिसलाई लगाउने सरकारको तयारी छ। सरकारले फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकहरूलाई पहिलो चरणमा खोप लगाउने जनाएको छ।

खोप लगाउने कार्यक्रम कहिलेदेखि सुरू हुन्छ भन्ने खुलाइएको छैन।  

भारतमा अहिले कोरोनाविरूद्धका दुई खोप उत्पादन भइरहेका छन्। अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ भने भारत बायोटेकको अर्को भ्याक्सिन भारतमै बनेको हो। 

नेपाल सरकारले अक्सफोर्ड(अष्ट्राजेन्काको भ्याक्सिनलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ।

अघिल्लो साता भारत भ्रमणमा गएका बेला परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि कोरोना खोपका उपलब्ध गराउनेबारे भारतीय अधिकारीहरूसँग कुराकानी गरेका थिए।