For your reference here is the Certify Code for your site (except for AMP pages, which require the code from step 2): If your site uses Accelerated Mobile Pages (AMP), add the AMP Certify Code to those pages. Learn More Hide the AMP code Make sure the following script tag appears only once in the section of your site’s AMP pages. Add this code to the section of your site’s AMP pages.
समाचार स्वास्थ्य

भारतले नेपाललाई दिने १० लाख मात्रा खोप विहिवारै नेपाल आउने

भारतले नेपाललाई दिने १० लाख मात्रा खोप विहिवारै नेपाल आउने

भारतले नेपाललाई कोरोनाभाइरसको १० लाख मात्रा खोप मात्रै अनुदानमा दिने भएको छ । खोपवारे जानकारी दिन वुधवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थय तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठीले यस्को जानकारी दिएका हुन् ।

‘भारतले १० लाख मात्रा कोभिड–१९ विरुद्धको खोप अनुदानमा उपलब्ध गराएको छ’ त्रिपाठीले भने–त्यो भोलि –विहिवार) काठमाण्डौंमा अवतरण हुँदैछ।’

भारतले दिने खोप अग्रपंक्तिमा खटिने हरुलाई दिने सबै तयारी पूरा गरिसकेको उनको भनाई छ । उनले भने, ‘सुरुमा अग्रपङ्क्तिका योद्धाहरूलाई दिइनेछ र बाँकी रहेमा जोखिममा रहेका जनसंख्यालाई दिइनेछ।’

यो खोप पर्याप्त नभएकाले खोप खरिद प्रक्रियालाई अगाडि वढाउने उनले वताए । आगामी दिनमा पनि खोप खरिदमा भारत सरकारको सहयोग महत्वपूर्ण हुने मन्त्री त्रिपाठीको भनाई छ । खोप अनुदानलाई ‘मित्रताको अनुपम नमुना’ भन्दै उनले बुधवार ’ऐतिहासिक दिन’ भएको पनि बताए।

नेपालका लागि भारतीय राजदूतले भने उडानसम्बन्धी सबै व्यवस्था मिलेमा केही दिनमा भारतले उपहारको रूपमा दिएको खोप नेपाल आइपुग्ने बताए। भारतबाहिर यो खोप प्राप्त गर्ने पहिलो देशहरूमध्ये नेपाल पनि भएको बताए।