समाचार अपराध सुरक्षा

सामाजिक सञ्जालमा अश्लिल भिडियो/फोटो पठाउने एक युवक पक्राउ

सामाजिक सञ्जालमा अश्लिल भिडियो/फोटो पठाउने एक युवक पक्राउ

सामाजिक सञ्जाल मार्फत महिलालाई अश्लिल भिडियो/फोटो पठाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

परिचित महिलालाई अश्लिल भिडियो, फोटो तथा सन्देश पठाएको र यौन उत्पीडन कार्यमा संलग्न भएको आरोपमा सल्यानका सेराडाडाँका ३६ वर्षीय रवी शाहीलाई साइबर ब्यूरोले पक्राउ गरेको हो।

उनलाई जिल्ला अदालत काठमाडौको अनुमतिमा मंगलबार सोमबार पक्राउ गरिएको हो।

उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।