समाचार यौन-शिक्षा अपराध सुरक्षा

विवाहको मण्डपवाट वेहुला वेहुली नै पक्राउ

विवाहको मण्डपवाट वेहुला वेहुली नै पक्राउ

सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका–१४ रमपुरामा बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार बेलुका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

हनुमाननगर नगरपालिका वस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका–३ का ४३ वर्षिय बेहुला बिनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न सोही ठाउँ बस्ने ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया आमालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

वाल विवाह भईरहेको सूचनाका आधारमा प्रहरी चौकी रमपुरा मल्हनियाँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
 

विशेष