समाचार स्वास्थ्य

राष्ट्रिय सभाका १ सांसदसहित ६ जनालाई कोरोना

राष्ट्रिय सभाका १ सांसदसहित ६ जनालाई कोरोना

राष्ट्रिय सभाका १ सांसदसहित ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

शुक्रबारदेखि सुरु हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशन अघि बिहीबार कोरोना परीक्षण गरेकामध्ये १ सांसद र ५ जना कर्मचारीलाई संक्रमण पुष्टि भएको हो ।

बिहीबार ४१ सांसदसहित ९७ जनाको कोरोना परीक्षण गरिएको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

राष्ट्रिय सभाको अधिवेशन आज साँझ ४ बजेदेखि सुरु हुन लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शुक्रबार ४ बजेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी थिइन् । प्रतिनिधिसभा भने पुस ५ गते नै विघटन भइसकेको छ ।