समाचार स्वास्थ्य

भारतमा निर्मित ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

भारतमा निर्मित ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

औषधि व्यवस्था विभागले कोरोना भाइरस विरुद्ध भारतमा वनेको ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

विश्वकै ठूलो औषधी तथा खोप उत्पादक भारतीय कम्पनी सेरम इन्स्टिच्युटले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेन्काले विकास गरेको खोप भारतमा उत्पादन गरिरहेको छ। भारतमा भोलिदेखि यो खोप आममानिसलाई लगाउन थालिनेछ। यो खोपलाई आपतकालीन प्रयोगका लाथि सशर्त अनुमति दिइएको विभागले जनाएको छ । 

कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । भारतले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ । नेपाल सरकारले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न अनुमति दिइएको यो पहिलो खोप हो।

खोप प्रयोगको आपतकालीन अनुमति प्रदान गरिएसँगै खोप चाँडो आउने विश्वास लिइएको छ। सरकारले निजी क्षेत्रलाई पनि खोप आयात गर्ने अनुमति दिएको छ। विभागले दुई दिन अघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो ।

सरकारले कोभ्याक्सअन्तर्गत पहिलो लटमा आउने भनिएको ३ प्रतिशत खोप आउन ढिला भए आफैं खरिद गरेर भए पनि खोप छिटो ल्याउने जनाएको छ। कोभ्याक्सअन्तर्गतको पहिलो लटको ३ प्रतिशत खोप यसै वर्षको पहिलो चौमासिकमा आउने विश्वास लिइएको छ।