समाचार राजनीति

सूर्य चिन्ह हामीले नपाए देशमा आँधिहुरी आउँछः प्रचण्ड

सूर्य चिन्ह हामीले नपाए देशमा आँधिहुरी आउँछः प्रचण्ड

नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्घिणी र जोकरको उपमा दिदै ओलीमा मान्छेलाई भ्रममा पार्ने कला रहेको बताएका छन्।

काठमाडौं जिल्ला भेलालाई बुधवार सम्बोधन गर्दै प्रचण्डले यस्तो वताएका हुन् । प्रचण्डले सूर्य चिन्ह नपाए देशमा ‘कयामत’ आउनले चेतावनी पनि दिए । उनको चेतावनी निर्वाचन आयोग र सर्बोच्च अदालतप्रति लक्षित थियो ।

सूर्य चिन्ह र पार्टीको आधिकारिकता आफनो पक्षमा नभए ‘कयामत’ आउने र यो देशमा आँधिहुरी आउने उनले वताए । प्रधानमन्त्रीले झै अरु संवैधानिक निकायले पनि त्यसै गरे भने जनता हेरेर नबस्ने उनको भनाई थियो ।

प्रचण्डले हतरपतर पार्टी एकता गरिएकाले फुट आएको भन्ने भ्रममा नपर्न पनि आग्रह गरे । ‘पार्टी एकता गर्दा विचारमा पर्याप्त संवेदनशीलता देखाएको हो’ उनले भने–‘तर अहिले कतिपय नेताहरु पोलिटिकल जोक्कर जसरी प्रस्तुत हुन थालेका छन्। विछिप्त मानसिकताको उपज हो कि भनेर किन प्रश्न नगर्ने ?’