समाचार Breaking News मुख्य समाचार देश राजनीति

गृह जिल्लामै बिना मगरको पुत्ला दहन

गृह जिल्लामै बिना मगरको पुत्ला दहन

काठमाडाैँ । नेकपा प्रचण्ड-माधव नेपाल समुहकी नेतृ तथा पूर्व मन्त्री बिना मगर आफ्नै गृहजिल्लामा पुत्ला दहन गरिएको छ ।

कार्यक्रममा सम्बाेधन गर्न कंचनपुर गएकी बेला स्थानीयहरूले बिना मगर मुर्दावाद भन्दै चर्काे नाराबाजी लगाएका थिए।

स्थानीहरूले टायर बालेर कालाे झन्डा समेत देखाएका छन्।

कालोझण्डा देखाउने स्थानीय र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो।

प्रचण्ड-माधव नेपाल समुहकाे पछिल्लाे रवैयामाथि असन्तुष्टि जनाउँदै स्थानीयहरूले चर्काे नाराबाजी गरेका हुन्।