समाचार अपराध सुरक्षा

उदयपुरमा भरुवा वन्दुकसहित एक जना पक्राउ

उदयपुरमा भरुवा वन्दुकसहित एक जना पक्राउ

उदयपुरमा प्रहरीले भरुवा वन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

कटारी नगरपालिका १३ मयांखुका ४० वर्षिय प्रकाश कुमार राना मगरलाई वन्दुक सहित पक्राउ गििरएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले वताए ।

घरमा भरुवा बन्दुक लुकाई राखेको बिशेष सुचनाका आधारमा  जिल्ला प्रहरी कार्यलय उदयपुर र ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको बिशेष टोलीले १ नाले भरुवा बन्दुक फेला पारेको र प्रकाशलाई नियन्त्रणमा लिईएको गौतमले जानकारी दिए ।

उनलाई ईलाका प्रहरी कार्यालय कटारीमा राखी थप अनुसन्धान भईरहेको जनाईएको छ । उदयपुरमा अबैद्य हात हतियार संकलन गर्ने अभियान चलिरहेको प्रहरीले जनाएको छ ।