समाचार

इपानको अध्यक्षमा आचार्यलाई सर्वसम्मत निर्वाचित गराउन उर्जामन्त्री पुनले चलखेल गरेको आरोप

इपानको अध्यक्षमा आचार्यलाई सर्वसम्मत निर्वाचित गराउन उर्जामन्त्री पुनले चलखेल गरेको आरोप

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) को अध्यक्षमा कृष्णप्रसाद आचार्यलाई सर्वसम्मत निर्वाचित गराउन उर्जामन्त्री वर्षमान पुनले चलखेल गरेको आरोप लागेको छ । 

तत्कालिन एनेकपा माओवादीसँग नजिक र पहिलो संविधान सभा निर्वाचनमा सोहि पार्टीवाट सभाषदमा निर्वाचित आचार्यलाई मन्त्रीकै चलखेलमा इपानको अध्यक्ष वनाईएको आरोप लागेको हो । जसका लागि आर्चाले मन्त्रीका प्रेस सल्लाहकार दयानिधि भट्टसँग सम्वन्धित देउराली मिडियालाई डिस होमको एजेन्सि उपहार स्वरुप भेट चढाएको आरोप छ ।

बिन्दवासिनी हाइड्रो पावर कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष आचार्य निर्माणाधीन १ सय ५५ मेगावाटको धुन्साखोला (तेह्रथुम), ४८ दशमलव ८ मेगावाटको खिम्ति–२ (दोलखा), २० मेगावाटको लाङटाङखोला (रसुवा) र व्यवसायिक उत्पादनमा रहेको मोदी खोला–१ (पर्वत) हाइड्रो पावरसँग सम्वद्ध छन् ।

उनीमाथि हाइड्रोपावर ओभर रनको आरोप समेत लाग्ने गरेको छ । हाइड्रोपावर निर्माणको समयअवधि बढाउने र सोहि अनुपातमा लागत बढाउने तथा चाहिनेभन्दा धेरै लागत बढाएर चरम भ्रष्टाचार गर्ने गरेको उनीमाथि आरोप छ । निर्माणका क्रममा हुने ढिलासुस्ति र अनावश्यक लागत वढाउँदै जाने परिपाटीले नागरिकको लगानी जोखिममा पर्ने सम्वन्धित क्षेत्रका ब्यक्तिहरु वताउँछन्।

उर्जामन्त्रीका वर्षमान पुनका प्रेस सल्लाहकार दयानिधि भट्टले पनि इपानको निर्वाचन विशुद्ध ब्यवसयीहरुको चासोको विषय भएकाले त्यसमा पार्टीको कुनै सम्वन्ध नहुने वताए ।

आफुहरुले सहयोग गरेर आचार्यलाई सर्वसम्मत निर्वाचित गराएको भन्नु गलत भएको उनको भनाई छ । आचार्यलाई अध्यक्ष वनाउन डिसहोमको एजेन्सि मिलाई दिने विषय पनि गलत भएको उनको भनाई छ । आफुसँग कुनै एजेन्सी नै नभएको उनको तर्क छ ।

आचार्य गत साउन ३२ गते सम्पन्न इपानको भेलाद्वारा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्।