स्वास्थ्य

हृदयघातका लक्षण र नियन्त्रणको उपायहरु

हृदयघातका लक्षण र नियन्त्रणको उपायहरु

निरु 

हृदयघात भनेको के हो ?

हृदयघातलाई बोलिचालिमा सामान्यत: “हर्ट अट्याक” भन्ने गरिन्छ । हृदयघात भनेको मुटुको मांसपेशीहरूले आबश्यक रगत र अक्सिजन शरीरमा पूरा गर्न पर्याप्त रगत पम्प गर्न नस्कने एक दीर्घकालीन र समय अनुरुप बढ्दै जाने अवस्था हो । मुटुको संरचनामा समस्या र मुटुले गर्नुपर्ने काममा अवरोध आयो भने हृदयघात हुने गर्दछ ।

हृदयघात कस्तो अवस्थामा देखिन सक्छ?

हृदयघात हुनुका बिभिन कारणहरु हुन्छन । जस्तै यदी हाम्रो मुटुको रगत नलिमा चिल्लो पदार्थ जम्मा भयो भने, कुनै व्यक्तिमा उच्च रक्तचापको समस्या छ भने, सुगर रोग भएका व्यक्ति, मुटुको मांसपेशी कम्जोर भएमा, मुटुको संक्रमण भएमा र बिभिन्न थरि औषधि को प्रयोग गर्ने आदि हुन्।

हृदयघातका लक्षणहरु के कस्ता हुन्छन?

हृदयघात भयो भने अचानक  छाती दुख्ने, छातीमा कसैले थिचेको महसुस हुने, सास फेर्न गाह्रो हुने, धेरै पसीना आउने, मुटु छिटो धड्किने, थकान महसुस हुने गर्दछ ।

हृदयघातको पहिचान गर्ने तरीकाहरु के हुन?

हृदयघातको पहिचान गर्नको लागी रगत को जाँच, सुगर को जाँच, पिसाब को जाँच, छातीको एक्स-रे , ई.सी.जी र ईको गर्नुपर्ने हुन्छ ।

हृदयघातको रोकथाम कसरी गर्न सकिन्छ ?

चिल्लो कम खाने: चिल्लो कम खानेकुराहरू जस्तै तेलमा डुबाएर पकाएको खाने कुरा, घिउ, बटर, चिज, तारेको मासु, रोस्टहरु सकेसम्म कम खानुपर्छ ।

व्यायाम गर्ने: हप्ता मा ४-५ दिन कम्तिमा पनि ३० मिनेट व्यायाम गर्ने जस्तै पौडी खेल्ने, छिटो छिटो हिँड्ने, दगुर्ने आदि।

तौल घटाउने: एउटा व्यक्तिको लागि स्वस्थ वजन कति हुनुपर्छ भन्ने बारे विभिन्न अवधारणाहरू छन्। एउटा मापन बिधिमा  बि. एम. आइ (BMI) लाई प्रयोग गरिन्छ। यो मापन गर्न आफ्नो तौल किलोग्राममा नाप्ने र आफ्नो उचाई मिटरमा नाप्ने र तल दिइएको सुत्र प्रयोग गरेर निकाल्न मिल्छ। यस लाई नाप्ने सूत्र  BMI= तौल (किलो ग्राम) / उचाई (मीटर) x उचाई (मीटर), सामान्यत बि. एम. आइ  १८.५ देखि २४.९ भित्र हुनुपर्छ । यदि यो भित्र पर्दैन भने,आफ्नो तौल बढाउने अथवा घटाउने गर्नुपर्दछ। कम्मरको गोलाइबाट पनि वजन सही छ कि छैन पत्ता लगाउन सकिन्छ। सामान्य पुरूषको कम्मरको गोलाइ ४० इन्चभन्दा कम हुनुपर्छ भने महिलाको कम्मरको गोलाइ ३५ इन्च भन्दा कम हुनुपर्छ।

स्वस्थ खाने कुरा खाने:  प्रशस्त मात्रामा हरियो सागसब्जी, गाजर, काक्रो, रेसायुक्त खानेकुराहरू, ताजा फलफूल र प्रशस्त मात्रामा पानी खानुपर्छl ताजा फलफूलमा पाइने भिटामिन, मिनेरल्स र फाइवरले मुटुलाई स्वस्थ राख्छ।

धेरै तनाव नलीने: नराम्रो कुरा हरु नसोच्ने , नियमित योग, ध्यान गर्नाले तनावलाई केही हद सम्म कम गर्नसक्छ ।

धुम्रपान, मदिरा, र सुर्तीजन्य पदार्थहरू सेवन नगर्ने

नियमित स्वास्थ्य जाँच गर्ने: बर्षमा २ चोटि वा १ पटक भएपनि नियमित रुपमा स्वास्थ्य जाँच गर्ने र चिकित्सकले भने बमोजिमको मात्र औषधि प्रयोग गर्नुपर्छ ।

हृदयघात भइसके पछि के गर्नुपर्छ?

हृदयघात हुने बित्तिकै बिरामीलाई तुरुन्त अस्पातलमा लग्नुपर्छ र चिकित्सकले भने बमोजिमको जाँच गर्नुपर्छ। मुटुको चिकित्सकले उक्त बिरामीलाई एंजियोग्राफी, एंजियोप्लास्टी बाइपास ग्राफ्ट हरु गराउन सुझाउन सक्दछन।

(यो सामग्री पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.org)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।)