समाचार अपराध सुरक्षा

विश्वको तुलना गर्दा वलात्कारमा नेपाल धेरै पछाडि छः गृहमन्त्री थापा

विश्वको तुलना गर्दा वलात्कारमा नेपाल धेरै पछाडि छः गृहमन्त्री थापा

गृहमन्त्री रामवहादुर थापा (वादल) ले अमेरिकामा प्रति मिनेट सात वटा वलात्कारका घटना हुने गरेको वताउँदै त्यसका तुलनामा नेपालमा वलात्कारका घट्ना धेरै कम रहेको वताएका छन् । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा वोल्दै गृहमन्त्री थापाले वलात्कारका मामलामा विकसित मुलुकको अवस्था हेर्दा नेपाल सुरक्षित रहेको वताएका छन् ।

दक्षिण अफ्रिकामा बलात्कारका घटना धेरै हुने गरेको र अमेरिका टप टेन भित्र पर्ने गरेको उनको कथन छ।

नेपालमा बलात्कारका घटना बढे पनि चिन्ताजनक अवस्था नरहेको र विश्वका सवा २ सय देशको तुलनामा नेपाल धेरै पछाडि रहेको वताए ।

उनले वलात्कार लगायतका अपराधिक घटना न्यूनीकरण गर्न सरकारले प्रयास गरिरिहेको जनाउँदै संलग्नहरुलाई कानुनी कारवाही गर्न प्रतिवद्ध रहेको जनाए ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोसीलाई कारबाही गर्न केहि ढिलाई भएको पनि उनले वताए।