भिडियो स्वास्थ्य समाचार

एउटै मान्छेको रिपोर्ट अस्पतालपिछे फरकः केएमसीमा पोजेटिभ, स्टारमा नेगेटिभ (भिडियोसहित)

एउटै मान्छेको रिपोर्ट अस्पतालपिछे फरकः केएमसीमा पोजेटिभ, स्टारमा नेगेटिभ (भिडियोसहित)

ललितपुर निवासी ६७ वर्षिय केशर खड्का असोज ९ गते पिसिआर परिक्षण (कोरोना जाँच) सिनामंगल स्थित काठमाण्डौं मेडिकल कलेज पुगे। विहान करिव १० वजे २ हजारको रसिद काटेर अस्पतालले स्वाव संकलन गर्यो । सोहि दिन साँझ सवा ५ वजे रिपोर्ट आयो– कोरोना पोजेटिभ।

रिपोर्ट हेर्नासाथ खड्का छाँगावाट खसे झै भए । उनको पुरै परिवार तनामा पर्यो । भारतको मेदान्त अस्पतालमा प्रोस्टेडको अप्रेसन गर्न जानुपर्ने भएका कारण रिपोर्टका लागि मात्रै उनले पिसिआर परिक्षण गराएका थिए । कल्पनानै नगरेको रिपोर्ट आएपछि तनाव हुनु स्वभाविकै थियो । उनीहरुलाई एक प्रकारको झड्का लाग्यो । पाको उमेरका कारण घरवाट कतै ननिस्केको, कोरोनाको कुनै लक्षण नै नभएको र परिवार तथा छरछिमेकमा समेत कसैलाई कोरोना नभएको अवस्थामा आफुलाई मात्र कसरी कोरोना हुन सक्छ? भन्ने चिन्ताले उनलाई पिरोलि रह्यो। 

उनले छोरा चिरन विक्रम प्रताप खड्कासँग सल्लाह गरे। फेरी पिसिआर परिक्षण गर्ने सहमति भयो । घरवाटै स्वाब संकलन गर्ने सेवा दिदै आएको ललितपुरकै सानेपा हाईट स्थित स्टार अस्पतालमा फोन गरेर स्वास्थ्यकर्मी वोलाईयो । सल्लाह अनुसार असोज ११ गते परिवारका ५ जनाले नै परिक्षण गराए। प्रति ब्यक्ति ४ हजारका दरले रसिद काटेर अस्पतालले पाँचै जनाको स्वाव लिएर गयो । असोज १२ गते केशरसहित पाँचै जनाको रिपोर्ट नेगेटिभ आयो ।

घरमा फेरी खुसीको माहौल वन्यो। तर, चिरनलाई भने यो विषयले फेरी तनाव दियो । शिव सेना नेपालका कार्य सम्पादन सदस्य समेत रहेका उनले यो विषयलाई गम्भिर रुपमा उठाएका छन् । ‘एउटै मान्छे र एक दिनको अघिपछि गराएको परिक्षणमा एउटामा पोजेटिभ अर्कोमा नेगेटिभ भसरी हुन सक्छ?’ उनी भन्छन्–‘दुई मध्ये एउटा अस्पतालको रिपोर्ट गलत छ भन्ने प्रष्ट भयो। सरकारले यस्को तथ्य पत्ता लगाएर दोसीलाई कारवाही गर्ने की नगर्ने ?’

अस्पतालले पैसा तान्नका लागि सर्वसाधारणलाई तनाव दिने गरेको उनको वुझाई छ। ‘हुदै नभएको कोरोना पोजेटिभ रिपोर्ट दिएर देशका कति नागरिकलाई तनाव दिएको होला’ उनले भने–‘सहज हुनेले पो दोहो¥याएर चेक गर्ला र नेगेटिभ रिपोर्ट आएपछि ढुक्कले वस्ला। जस्लाई खाने लाउनेको समस्या छ, ति मान्छे त हुदै नभएको कोरोनाका कारण तनावमा आएर मर्न पनि सक्ने भएनी।’ कारोना पोजेटिभ भएको सुन्ने वित्तिकै कतिपयलाई हर्टएट्याक भएर ज्यान जाने गरेको विषय कोट्याउँदै उनले भने–‘यो आतंक राज्यले कहिलेसम्म हेरेर वस्ने?’

अर्कोतर्फ समुदायमा कोरोना फैलिनुमा पनि यस्तै अस्पतालको हात रहेको पनि खड्काले जिकिर गरे । ‘स्टार अस्पतालले रिपोर्ट नेगेटिभ दिएपछि हामी ढुक्क भएर हिडिरहेका छौं। यदि काठमाण्डौं मेडिकल कलेजकै रिपोर्ट सहि रहेछ भने त मेरो पुरै परिवार पोजेटिभ हुने भयो’ उनले थपे–‘हाम्रो कारणले समाजमा कति जनालाई संक्रमण फैलिएको होला, त्यस्को जिम्मा अस्पतालले लिने की सरकारले ?’

अस्पतालका दुई खाले रिपोर्टका विषयमा आफुले कानुनी र सामाजिक दुवै उपचार खोज्ने उनले वताए । ‘यो अस्पतालको मात्रै समस्या होईन। यो वातावरण वनाउन सरकारले पनि भुमिका खेलेको छ। सरकारले मापदण्ड वनाउन सकेन र ब्यवस्थापनमा पनि ध्यान दिएन’ उनले थपे–‘यसका विषयमा अव म जनताको विचमा जान्छु ।’

यो समस्या आफनो मात्रै नभएर र जनताको समस्या भएकाले शिव सेनाले यस विषयमा लड्ने उनले वताए । ‘अव यो मेरो मात्र होईन, जनतको समस्या हो । यसका विषयमा शिवसेनाले लड्छ’ उनले भने–‘हामी कानुनी प्रोसेसमा पनि जान्छौ ।’

सरकारकै संरक्षणमा अस्पतालले कोरोना आतंक मच्चाएको दावी गरेका खड्काले दिर्घरोगीहरु उपचार नै नपाई मर्ने अवस्था श्रृजना गरेको वताए । ‘अस्पताल जान पनि समस्या छ, ठुला रोग भएकाले पनि सहेर वस्नु पर्ने भयो’ उनले भने–‘यसरी कहिलेसम्म र कसरी चल्छ ।’


सरकार नै संख्या वढाउन लागि परेको छ

खड्काले सरकारले नै नेपालामा कोरोना संक्रमित वढाएको आरोप पनि लगाए । मन्दिरमा हुने पुजा पाठ, धर्म कर्मका काममा हस्तक्षेप गर्ने सरकारले अस्पतालमा हुने गतिविधि नियन्त्रण नगरेकोमा उनको चिन्ता छ । ‘पहिला पहिला दशैंको वेला तिब्वतवाट भेडा च्याङ्ग्रा वेच्न ल्याउने चलन थियो । अस्पतालमा अहिले त्यस्तै अवस्था छ। अस्पतालमा चाहि कोरोना सर्दैन?’ उनको सरकारलाई प्रश्न छ–‘यसको ब्यवस्थापनमा प्रहरी किन नखटाएको ?’


मानव अंग चोरेको आशंका

सरकारको मौनता र अस्पतालको ब्ववहार हेर्दा कोरोनाका नाममा मानव अंग चोरी भईरहेको पनि हुन सक्ने उनको आशंका छ । 

मर्ने जतिलाई कारोना पोजेटिभ भनेर परिवारका मान्छेलाई छेउमै जान नदिने र पोको पारेर शव ब्यवस्थापन गर्नुले पनि सरकारप्रति शंका गर्नु पर्ने अवस्था आएको उनले वताए ।

अर्कोतर्फ युट्युव लगायतका सामाजिक संजालमा अस्पतालले मानव अंग चोरी गरेको भन्दै प्रचार गरिरहँदा सरकार चुपचाप वस्नुले पनि शंका गर्नु पर्ने अवस्था आएको खड्काले वताए । ‘अंग चोरी भएको विषयमा सामाजिक संजालमा ब्यापक चर्चा छ। तर, यस विषयमा सरकार वोल्दैन’ उनले भने–‘गतल प्रचार हो भने त्यस्तो प्रचार गर्नेलाई कारवाही किन नगर्ने ?’

यस्तै अवस्था रहने हो भने ठुलो दुर्घना हुने उनले वताए । ‘अवका दिनमा कोरोना लागेर मरेका भएपनि परिवारका सदस्यलाई देखाएर मात्र शव ब्यवस्थापन गर्नु पर्छ । पोको पारेर लाने अनि कसैलाई नदेखाई गाड्ने गर्न पाईदैन ।’

अस्पतालै पिछेका कोरोना रिपोर्टलगायत समसामयिक विषयमा शिव सेना नेपालका कार्य सम्पादन सदस्य चिरन विक्रम प्रताप खड्कासँग नेपाल आजले गरेको विशेष कुराकानी हेर्न भिडियोमा क्लिक गर्नुहोस।

ADVERTISEMENT