समाचार स्वास्थ्य

पिसिआर परिक्षणको शुल्क समायोजन गर्न सरकारको २४ घण्टे अल्टिमेटम

पिसिआर परिक्षणको शुल्क समायोजन गर्न सरकारको २४ घण्टे अल्टिमेटम

पिसिआर परिक्षणमा २ हजारभन्दा वढि शुल्क लिईरहेका प्रयोगशालालाई २४ घण्टाभित्र मुल्य समायोजन गर्न सरकारले पुनः निर्देशन दिएको छ ।

२८ भदौमा सरकारले दिएको निर्देशन विपरित स्टार अस्पतालसहित ८ वटा ल्यावले आफुखुसी शुल्क लिएपछि यस्तो निर्देशन गरिएको हो ।

८ वटा निजी प्रयोगशालालाई पीसीआर परिक्षणको शुल्क समायोजन गर्न निर्देशन दिदै त्यसो नगरे पीसीआर परिक्षणका लागि दिएको स्वीकृति खारेज गर्ने र कालोबजारीमा कारबाही गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तोकिएका ८ वटा ल्यावले हाल पिसिआर परिक्षण वापत ३ हजार ८९९ रुपैयाँ शूल्क लिने गरेका छन् ।