समाचार

सप्तरीमा ६२ वर्षिया कोरोना संक्रमित महिलाको मृत्यु

सप्तरीमा ६२ वर्षिया कोरोना संक्रमित महिलाको मृत्यु

कोरोना संक्रमणका कारण सप्तरीमा थप एक महिलाको मृत्यु भएको छ । 

विष्णुपुर गाउँपालिका–३ कि ६२ वर्षिया महिलाको आईतवार साँझ मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि महिलालाई असोज २ गते राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो।

अस्पतालले उनलाई निमानियाँ भएको आशंकमा प्रिआईसोलेसनमा राखि उपचार सुरु गरेको थियो । असोज ३ गते स्वाव संकलन गरी परिक्षण गर्दा ४ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीतकुमार झाले जानकारी दिए ।

संक्रमण पुष्टि भएपछि राजविराजमै रहेको साईकृष्ण आईसोलोसनमा रेफर गरिएको जानकारी दिएका उनले सोहि क्रममा साँझ करिव ७ वजे महिलाको मृत्यु भएको वताए ।

‘आईसोलेसनमा पुर्याएर एम्वेलेन्सवाट उतार्ने क्रममा उनलाई स्वास प्रस्वासमा समस्या भयो, उनी वेहोस भईन’ झाले भने–‘स्वास्थ्यकर्मीको टोलीले प्रयास गर्दा गर्दै पनि उनलाई वचाउन सकिएन।’

योसगै सप्तरीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।
 

ADVERTISEMENT