समाचार विदेश Breaking News मुख्य समाचार राजनीति

 भारतसँगको झडपमा १०० चिनियाँ सेना मारिएको पुष्टि

 भारतसँगको झडपमा १०० चिनियाँ सेना मारिएको पुष्टि

नयाँ दिल्ली  १५ जुनमा भारतीय सेनासँग भएको झडपका क्रममा एक सय चिनियाँ सेना मारिएको तथ्या सार्वजनिक भएको  छ । चिनियाँ सञ्‍चारमाध्यमहरुमा यससम्बन्धी बहसहरु सुरु भएका छन् । 

चीनले गल्वान उपत्यकाको संघर्षमा आफ्नो फौजबाट मारिएका सेनाहरुको संख्या लुकाउन ठूलो प्रयास गरे पनि त्यो सफल हुन सकेन छ । यससम्बन्धी नयाँ-नयाँ प्रमाणहरु फेला पर्न थालेका छन् । 

गलवान भ्यालीमा मारिएका सेनाको संख्या सार्वजनिक भएमा सुपर पावर बन्‍ने स्वघोषित ट्यागको आलोचना हुने त्रास चीनलाई छ । जुन १५ मा एलएसी पार गरेर चिनियाँ सेना भारतीय सीमा क्षेत्रमा प्रवेश गरेपछि १५ जुनमा उक्त झडप भएको थियो । 

एक चिनियाँ सैनिकको चिहान चिनी सोशल मिडिया प्लेटफर्म वेइबोमार्फत सार्वजनिक भएको थियो । जसमा भारतीय सेनासँगको झडपमा मारिएका चिनियाँ सेना रहेको उल्लेख गरिएको थियो । उक्त झडपमा भारततर्फबाट २० जनाले ज्यान गुमाएका थिए । 

विवोमार्फत पनि दुई अन्य चिनियाँ सेनाको चिहानबारे उल्लेख गरिएको छ । म्यान्डारिनमा लेखिएको थियो, "१५ जुनमा भारतीय सेनासँगको झडमा सीमा सुरक्षाका क्रममा बलिदानी दिइयो ।"

चिनियाँ सरकारले गालवान संघर्षमा मारिएका आफ्ना सैनिकहरूको परिवारलाई दफन र अन्त्येष्टि समारोह नगर्न दबाब दिइरहेको अमेरिकी संवेदनशील रिपोर्टले दाबी गरेको छ । यसले थप आफ्नो गल्तीलाई छोप्‍नका लागि उनीहरुको परिवारलाईसमेत अन्त्यष्टीमा सहभागी नगराइएको बताइएको छ ।

अमेरिकी गुप्तचर मूल्यांकनले दाबी गरेको छ कि गल्ती ठानिएको घटनालाई लुकाउन उक्त झडपमा आफ्ना सेना नमारिएको जनाएको छ ।

https://kreately.in/evidences-out/