समाचार

२४ घन्टामा ११ सय ५४ जना कोरोना संक्रमित थप

२४ घन्टामा ११ सय ५४ जना कोरोना संक्रमित थप

नेपालमा पछिल्लो २४ घन्टामा ११ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सामवारको प्रेस व्रिफिङ्गमा प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको बताए।

यस अवधिमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको गौतमले वताए ।

२४ घण्टामा १ हजार ५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४७ हजार २ सय ३८ जना पुगेको छ ।

नेपालमा हाल १७ हजार ६११ जना सक्रिय संक्रमितको छन् ।

ADVERTISEMENT