समाचार

सप्तरीको रुपनी गाउँपालिका–६ का वडाध्यक्ष मगरको निधन

सप्तरीको रुपनी गाउँपालिका–६ का वडाध्यक्ष मगरको निधन

सप्तरीको रुपनी गाउँपालिका–६ का वडा अध्यक्ष ५५ वर्षिय गोबिन्द सिंह थापा मगरको सोमवार निधन भएको छ ।

लिभर सम्बन्धित समस्याका कारण उनको निधन भएको गाउँपालिकाले जनाएको छ । उपचारका लागि विराटनगर स्थित विराट नरसिङ्ग होम लाँदै गर्दा वाटोमै उनको निधन भएको गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिए ।
एक सातासम्म सोहि अस्पतालमा उपचार गराएर उनी शुक्रवार मात्रै घर फर्केका थिए । अस्पतालले उनलाई आराम गर्न र समय–समयमा स्वास्थ्य जाँच गराउन सुझाव दिएको थियो ।

डाक्टरको सल्लाह अनुसार बिहिवार चेकजाँचका लागि जानु पर्ने भएपनि स्वास्थ्यमा समस्या आएपछि अस्पताल जादैं गर्दा वाटोमै निधन भएको उनकी पत्नि प्रभा पुलामी मगरले बताईन । घरायसी समस्याका कारण तनाव भएर स्वास्थ्यमा समस्या देखिएपछि चेकजाँच गराउँदा लिभरमा समस्या देखिएको उनले जानकारी दिईन्।

मगर स्थानीय चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
 

ADVERTISEMENT