कभर स्टोरी भिडियो

लिपुलेकका नेपाली नै भन्छन्–हामी भारतीय हौँ !

लिपुलेकका नेपाली नै भन्छन्–हामी भारतीय हौँ !

नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र आफनो भएको दावी गर्दै नेपालको आधिकारिक नक्सा जारी गरेको छ ।

नक्सा जारी गर्ने मात्र नभई संविधान संशोधनदेखि सांसदको लोगो तथा विभिन्न ठाउँमा प्रयोग भएका साविकका नक्साहरु पनि परिवर्तन भईरहेका छन् ।

तर, सरकारले आफनो दावी गरेको क्षेत्र कालापानी, लिम्पियाधुरा र लिपुलेकका जनता भने आफुलाई भारतीय बताइरहेका छन्।

भूमिव्यवस्था, सहकारी विकास र गरिवी निवारण मन्त्रालयले छुटेको नेपाली भूमि समेटेर नयाँ राजनीतिक एवं प्रशासनिक नक्सा जारी गरे पनि त्यहाँका जनता भने आफुलाई भारतीय भएकोमै गर्व गर्छन ।

हामीलाई प्राप्त भिडियोमा लिम्पियाधुराको कुटी गाउँका एक स्थानीयले भनेका छन्, ‘ कुनै पनि हालतमा हामी नेपाल तिर जाँदैनौ, हामी यही जन्मेका हौ र यो जमिन भारतको हो।’ उनले आफु भारतमै वढेको र सरकारी जागिर खाएर रिटायर भएको पनि वताएका छन् ।

भिडियोमा करिब तीन/चार जनाले बोलेका छन् । उनीहरुको एउटै भनाई छ–‘हामी भारतीय हौँ, भारतमै रहन्छौं।’ आफुलाई नेपाली नभएको घोषणा गरेका उनीहरुले नेपाल सरकारले जे दिएपनि र जस्तो सुकै सुविधा दिएपनि भारतमै रहने वताएका छन् ।

उनीहरु मात्र होईन, सरकारले आफनो आधिकारीक नक्सा जारी गरेपछि कालापनी, लिपुलेक र लिम्पियाधुराका अधिकांश जनता उक्त क्षेत्र भारतीय भएको बताइरहेका छन्। उनीहरूको यस्तो तर्क नेपालको संविधान विपरित छ । उनीहरू देशद्रोही शैलीमा वोलीरहेको भिडियोमा देख्न र सुन्न सकिन्छ ।

ADVERTISEMENT