समाचार अपराध सुरक्षा

दुई जनाको हत्या गरी फरार भएका शेर्पा १६ वर्षपछि पक्राउ

दुई जनाको हत्या गरी फरार भएका शेर्पा १६ वर्षपछि पक्राउ

तेह्रथुममा दुई जनाको हत्याका आरोपीलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ ।

हत्या आरोपी तत्कालिन जिरिखिम्ति गाविस– ८ का २१ वर्षीय फुलकुमार शेर्पालाई ईलामको सुर्योदय नगरपालिका–१२ बाट पक्राउ गरिएको हो ।

शेर्पा २०६१ फागुन २२ गते जिरिखिम्तीमा पाँचथरको साविक रानीगाउँ गाविस–८का नरेन्द्र पाण्डे र तेजबहादुर नेपालीको हत्या गरी भागेका थिए ।

खेमबहादुर पाण्डेको जाहेरीका आधारमा प्रहरीले शेर्पा सहित ५ जनालाई प्रतिवादी वनाएर कर्तव्य ज्यान मुद्धाको अनुसन्धान गरेर अदालतमा पेश गरेका थियो ।

प्रतिवादी मध्येका फुल कुमार शेर्पालाई जिल्ला अदालत तेह्रथुमको २०६६ मंसीर १६ गते फैसलना अनुसार कर्तव्य ज्यान मुद्दामा जन्मकैद र चोरी मुद्दामा ६ बर्ष कैद सजाय भएको छ । शेर्पा भने फरार थिए।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमले फरार प्रतिवादी पक्राउ गर्न टोलि गठन गरेर असोज १ गते उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका इन्स्पेक्टर तेजबहादुर दाहालले बताए ।

ADVERTISEMENT