समाचार पर्यटन

भारतीय रेल मन्त्रीको ट्वीटः रेल सित्तैमा पाको कि अरवौं तिरेको ?  

भारतीय रेल मन्त्रीको ट्वीटः रेल सित्तैमा पाको कि अरवौं तिरेको ?  

असोज २ गते नेपालको धार्मीक एवम् पर्यटकिय नगरी जनकपुरधाममा रेल प्रवेश गर्दै थियो । नेपाली जनता रेल हेर्न तँछाड–मछाड गर्दै थिए ।

यसै वेला भारतीय रेल मन्त्रीको एउटा ट्वीट सार्वजनिक भयो। मन्त्री पियुस गोयलको ट्वीटरमा लेखिएको छ– ‘नेपाल के साथ हमारे प्राचीन सांस्कृतिक और सौहार्द्रपूर्ण संबंध रहे हैं। अपने इसी संबधोंको नयाँ आयाम देते हुए रेलवेद्वारा नेपाल को २ डेमो ट्रेन सेट दिये गये। इनका उपयोग जयनगर, बिहार से कुर्था, नेपाल तककी रेलयात्रा के लिये किया जायेगा, जिससे दोनो देशोंके नागरिकों को लाभ होगा।’

भारतीय मन्त्रीको यो टुवीटले शुक्रवार जनकपुर आएका दुई थान रेल भारतीय सहयोगमा प्राप्त भएका हुन् । भारत सरकारले नेपाली मात्रका लागि नभई भारतको जयनगर, विहार हुँदै कुर्थासम्मका भारतीय नागरिकलाई लक्षित गरी यि रेल नेपाललाई उपलब्ध गराएको हो । भारतीय रेलमन्त्रीको ट्वीटले समग्रमा यिनै कुरालाई संकेत गर्छ ।

तर, नेपाल सरकार र जिम्मेवार निकायहरुले भने अरवौं खर्च गरेर रेल किनेको भन्दै प्रचार गरिरहेका छन् । रेल विभागका महानिर्देशक वलराम मिश्रले नेपाल आएका रेल भारतको मद्रासस्थित इन्टिग्रल कोक्स नामक कम्पनीसँग १ अर्बको लागतमा खरिद गरेको वताएका छन्। ती रेल सेटहरुको आपुर्ती कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेडले गरेको हो । जुन रेल कुर्था–जनकपुरधाम–जयनगरसम्म सञ्चालनको तयारी छ । 

रेल ट्रयाक र स्टेशनहरुको निर्माण काम भने भारत सरकारको सहयोगमा भएको उनले जानकारी दिए । 

भारतीय रेल मन्त्री र नेपालका रेल विभागका महानिर्देशकको कुरामा कतै पनि तालमेल नदेखिएपछि सर्वसाधारणले आफनै सरकारप्रति आशंका ब्यक्त गर्न थालेका छन् ।

संष्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले रेलका फोटोसहित सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभिब्यक्ति पछि नेपाली जनतामा सरकारप्रति अझै अविस्वास वढेको छ । भट्टराईले आफनो फेसवुकमा लेखेका छन्– ‘सपना बिपनामा परिणत हुँदा को पो बेखुशी हुन्छ र ? यो त सानो थालनी हो, अझ धेरै गर्नु छ, गर्नु पर्छ ।’

मन्त्री भट्टराईको यो अभिब्यक्तिले पनि सरकारले ठुलै योजना पुरा गरेको भान हुन्छ। । यदि सरकार सहि छ सरकारका मन्त्रीहरुले यसको जस लिने हो भने नेपाली नागरिकलाई भारतीय रेल मन्त्रीको ट्वीटको अर्थ र उनको आसयलाई स्पष्ट पार्नु पर्ने सर्वसाधारणले अपेक्षा गरेका छन्।